Monday, June 22News That Matters

स्वास्थ्य

विराटनरमा १ कोरोना संक्रमितको मृत्यु

विराटनरमा १ कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
वैशाख ९  मोरङको विराटनगरमा वस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बिहीबार करिब साढे ११ बजे मोरङको कटहरी गाउँपालिका–४ घर भएका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुषमा तीन दिन अघि संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा बिहीबार साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि ति पुरुषलाई वैशाख ६ गते भर्ना गरिएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएका पुरुषमा दिर्घरोगको समस्या थिएन । अस्पतालमा अहिले २३ जना कोरोना सङ्क्रमित उपचाररत छन् । योसँगै प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राति धरान उपमहानगरपा...
नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ८  नेपालमा थप दुई हजार तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आठ हजार आठ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २० जनामा र आठ सय तीन जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जना गरी २३ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८९ हजार नौ सय १८ पुगेको छ । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार पाँच सय ८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।...
नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख ८ बितेको २४ घण्टामा नेपालमा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाईरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ८ हजार ८ सय ४४ जनामा पीसीआर परीक्षण गर्दा २ हजार २ सय २० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ३१ गरी जम्मा २ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ । मन्त्रालयका अनुसार सोमबरदेखि आजसम्म २३ हजार ९०० जनामा  परीक्षण गर्दा ५ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।...
कोरोना संक्रमित पत्रकारसहित दुईको ज्यान गयो

कोरोना संक्रमित पत्रकारसहित दुईको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख ८ कोरोना भाईरस कोभिड–१९ संक्रमणको कारण दाङमा एक पत्रकारसहित दुईको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१७ का ४० पुरुषको काठमाडौंमा मंगलबार राति ज्यान गएको हो । केही हप्ता पहिले टाइफाइड देखिएका उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि काठमाडौं लगिएको थियो । त्यसैगरी भेरी अस्पताल नेपालगन्जमा उपचाररत बांकेको नेपालगन्ज–१२ का एक पुरुषको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छ । ७० वर्षीय ती पुरुषको उपचारकै क्रममा मंगलबार राति १२ बजे ज्यान गएको अस्पतालले जनाएको छ । उनमा चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनी अस्पताल भर्ना भएका थिए ।...
भारतमा एकैदिन ३ लाख जनामा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ३ लाख जनामा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
बैशाख ८  भारतमा एकैदिन झन्डै ३ लाख जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २ सय ९० जनामा सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट दैनिक ज्यान गुमाउनेको संख्यामा पनि बृद्धि भएको छ । गत २४ घण्टामा २ हजार २१ जनाको ज्यान गएको छ । भारतको महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तर प्रदेशलगायत राज्यमा कोरोना तीव्र गतिमा फैलिइरहेको छ । भारतमा अहिलेसम्म १ करोड ५६ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने अहिलेसम्म १ लाख ८२ हजार भन्दा धेरैको ज्यान गएको छ । विश्वमा अहिले सबैभन्दा धेरै भारतमा सङ्क्रमण फैलिरहेको छ । गत २४ घण्टामा अमेरिकामा ६० हजार २ सय ८२ जनामा र ब्राजिलमा ७३ हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएको छ । अमेरिका विश्वमै कोरोनाबाट प्रभावित देशको पहिलो स्थानमा छ भने भारत दोस्रो र ब्राजिल ते...
नेपालमा थप १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ७ नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आठ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय ६७ र ६ सय ८३ जनामा एन्टिजेन परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८७ हजार पाँच सय ६७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ । थप दुई सय ५१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार आठ सय ६ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ६ सय ५९ रहेको छ ।...
नेपालमा थप ११ जनाको कोरोनाबाट मृत्यु

नेपालमा थप ११ जनाको कोरोनाबाट मृत्यु

समाचार, स्वास्थ्य
बैशाख ७  नेपालमा आज कोरोना भाइरस सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई जना पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै  गत २४ घण्टामा १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आठ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय ६७ र ६ सय ८३ जनामा एन्टिजेन परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८७ हजार पाँच सय ६७ पुगेको छ । थप दुई सय ५१ जना निको भएसँगै सङ्क्रमणमुक्त हु...
पूर्वराजा ज्ञानेन्द्रको दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि

पूर्वराजा ज्ञानेन्द्रको दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ७ पूर्वराजा ज्ञानेन्द्र शाहको दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर गत आइतवार मात्रै नेपाल फर्किएका पूर्वराजा शाह र रानी कोमलमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भएको जनाईएको छ । भारतका विभिन्न राज्यले कुम्भमेलामा सहभागीलाई अनिवार्य क्वरेण्टीनमा बस्न निर्देशन दिएका छन् ।...
अस्पताललाई बिरामीको उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन

अस्पताललाई बिरामीको उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन

समाचार, स्वास्थ्य
बैशाख ७  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल आइपुगेका बिरामीहरूको उपचारका लागि राम्रो व्यावस्था मिलाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले आज एक विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचारका लागि पुगेका बिरामीले सास्ती भोग्नुपरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । कोरोनाको बढ्दो सङ्क्रमणसँगै अस्पतालहरूको नियमित तथा आकस्मिक सेवा प्रवाहमा नागरिकले सास्ती भोग्नुपरेको गुनासो आएकाले बिरामीको उपचारमा राम्रो व्यवस्था मिलाउन सबै अस्पताललाई मन्त्रालयले निर्देशन दिएको हो । अस्पताल आइपुगेका बिरामीहरूको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितताको समन्वय गरेर मात्रै पठाउन अस्पतालाई निर्देशन रहेको छ ।...
कर्मचारीमा कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द

कर्मचारीमा कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द

समाचार, स्वास्थ्य
वैशाख ७ बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का ६ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा कार्यालयको ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर गर्दै वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडा कार्यालयले जनाएको छ । दुई जना कर्मचारीको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ । अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने नै अवस्था आएमा त्यसको वैकल्पिक बाटो खोजिने जनाएको छ । दुई जना कर्मचारीको रिपोर्ट शनिबार र चार जनाको रिपोर्ट सोमबार राति आएको जनाएको छ । संक्रमण पुष्टि भएका सबै जना कर्मचारी होमआइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।...