Thursday, August 20News That Matters

स्वास्थ्य

नेपालमा थप ३०९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३०९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ४  नेपालमा आज थप तीन हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक लाख ३९ हजार एक सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार आठ सय ६१ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय आठ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९६ हजार ६ सय नौ पुगेको छ । अब नेपालमा ४१ हजार सात सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।...
कोरोनाबाट चितवनमा थप १ जनाको मृत्यु

कोरोनाबाट चितवनमा थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक ४ कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका–१० का ६७ वर्षीय पुरुषको मृत्यु भएको कलेजले जनाएको छ । निमोनियाका कारण असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको कलेजले जनाएको छ । आजै चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैंडाकोट नगरपालिका–७ का कोरोना संक्रमित ५० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।...
मेयरसहति ४ जनामा कोरोना संक्रमण पुष्टि

मेयरसहति ४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ४ उदयपुरको कटारी नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेयर, प्रमुख प्रशासकिय अधिकृत, इलाका प्रशासन कार्यालय कटारीका प्रमुखसहति ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यहि कार्तिक २ गते स्वाब संकलन गरेर परिक्षणको लागी विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएकामध्ये ४४, ५२, ४१ र ५० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । मयेरलाई कुनै लक्षण नदेखिएको छैन । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बसिदिन हुन अनुरोध गरेको छ । योसँगै जिल्लामा संक्रमितको सख्ंया २ सय ४ पुगेको छ ।...
विश्वमा कोरोनाबाट निको हुनेको संख्या ३ करोड नाघ्यो

विश्वमा कोरोनाबाट निको हुनेको संख्या ३ करोड नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ४  विश्वमा कोरोना सङ्क्रमण पुष्टि भई निको हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएको छ भने ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वल्ड्रोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका छन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित छन् । जसमध्ये १ प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ । ११ लाख २२ हजारको भने कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् । २ लाख २५ हजारको भने मृत्यु भएको छ । त्यस्तै ७५ लाख ९४ हजार सङ्क्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् । १ लाख १५ हजारको मृत्यु भएको छ ।...
उदयपुरमा बैंकका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

उदयपुरमा बैंकका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ३ उदयपुरमा रहेको एक बैंकका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुका गाईघाटमा रहेको नेपाल बैंक शाखामा कार्यरत दुई पुरुष र दुई महिला गरी चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । गत शुक्रबार छ जना कर्मचारीको स्वाब संकलन गरी परिक्षणको लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा चार जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ । संक्रमित हनेमा ३६, ३६ वर्षिया महिला र २५ र ३२ वर्षिय पुरूष रहेको जनाईएको छ । बंैकका कर्मचारीलाई संक्रमन देखिएपछि सेवा पुर्ण रूपमा बन्द गरिएको छ भने एटीएम सेवा अन्य बैंकबाट पनि लिन सकिने नेपाल बैंक शाखा कार्यालय गाईघाटले जनाएको छ । जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ सय पुगेको छ ।...
यातायात मन्त्रीलाई कोरोना सङ्क्रमण पुष्टि

यातायात मन्त्रीलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ३ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्रिले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराउनुभएको छ । आफ्नो सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यको ख्याल गर्नसमेत मन्त्रिले आग्रह गर्नुभएको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो ।  ...
नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ३ नेपालमा आज थप तीन हजार सात सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १५ हजार सात सय १४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ३५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९४ हजार पाँच सय एक पुगेको छ । अब नेपालमा ४० हजार सात सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ७० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।...
अग्रज व्यावसयी राईको निधन अघि कोरोना पुष्टि

अग्रज व्यावसयी राईको निधन अघि कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ३ उदयपुरको सदरमुकाम गाईघाटका प्रथम व्यावसायी कमानसिंह राईको निधन हुनु अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा व्यावसायी राईलाई विराटनगरमा कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई थप उचारका लागी काठमाण्डौँ लैजाने क्रममा बाटोमै निधन भएको परिवारले जनाएको छ । संक्रमण पुष्टि भएपछि निधन भएका व्यावसायी राईको शव नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार नेपाली सेनाले व्यावस्थापन गरेको जनाईएको छ । उनी खोटाङको साविक चिप्रिङ गाविसमा २००० साल जेठ १६ गते जन्मेका थिए । उनको ७७ वर्षको उमेर निधन भएको हो । गाइघाट बजारको स्थापना र विस्तारमा स्वर्गीय राईको ठूलो योगदान रहेको छ । उनी लाहुरेको जागरी छाडेर व्यावसायमा होमिएका थिए । जिल्लाकै पहिलो क्याम्पस त्रियुगा जनता बहुमुखी क्याम्पस स्थापना गर्नमा पनि उहाँको ठूलो योगदान रहेको छ । उनी ब्यापारिहरुको सस...
दशैँमा खानपिनसँगै सर्तकता जरुरी

दशैँमा खानपिनसँगै सर्तकता जरुरी

स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २ नेपालीहरुको महान चाड दशैँलाई मिठो खाने र राम्रो लगाउने चाडका रुपमा हेरिन्छ । तर यस वर्ष कोरोना महामारी फैलिएका कारण दशैमा खानपिनमा मात्र हैन सुरक्षाका अन्य सर्तकतामा समेत विशेष ध्यान दिन जरुरी देखिन्छ । नेपालीहरुले दशँैमा मान्यजनबाट टिका तथा आर्शिवाद ग्रहण गर्ने परम्परा रहेको छ । यसका साथै मिठो परिकार र नयाँ लुगा दशैंको विशेषताका रुपमा पनि हेर्ने गरिन्छ । त्यसैले दशैंको समयमा माछामासु, फलफुल, मिठाई लगाएत खानेकुराको उपाभोग धेरै हुन्छ । पछिल्लो समयमा आएर दशैँमा रमाईलो गर्नका लागि साथीभाई आफन्तसंग बसेर मदिराको सेवन गर्ने चलन समेत बढेको पाईन्छ । तर दशैँमा रमाईलो गर्ने नाममा साथीभाई इष्टमित्र भेला गरी धरै जनासंगै बसी मदिरा सेवन लगाएतका क्रियाकलापले कोरोनाको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् । दशैँमा आफ्नो स्वास्थ्यको ख्याल नगरी मासु तथा चिल्लो पदार्थ बढि भएका परिका...
नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २ नेपालमा आज थप दुई हजार नौ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा दुई हजार तीन सय २६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९२ हजार एक सय ६६ पुगेको छ । अब नेपालमा ३९ हजार तीन सय ४१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ३९ पुगेको मन्त्रालयले जनाएको छ ।...