Monday, August 17News That Matters

आर्थिक

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २८  आज सुनको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार भाउ बढेर तोलामा ८६ हजार ८ सय रुपैयाँमा पुगेकोमा आज फेरि ६ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
एभरेष्ट बैंकको १०२ औँ शाखा गाईघाटमा विस्तार

एभरेष्ट बैंकको १०२ औँ शाखा गाईघाटमा विस्तार

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २६ एभरेष्ट बैँकले आफ्नोे शाखा गाईघाटमा पनि विस्तार गरेको छ । बुधबार एक कार्यक्रमको बिच गाईघाट शाखा कार्यलयको उद्घाटन गर्दै १०२ औँ शाखाको रुपमा गाईघाटमा विस्तार भएको हो ।देशकै अन्य बैँकहरु मध्य सबैभन्दा कम निष्क्रिय कर्जाको रुपमा यस बैँकले आफुलाई स्थापित गरेको एभरेष्ट बैंकका डि.जि.एम सन्धिर कुमारले बताउनुभयो । उहाँले हाल ११ लाख भन्दा बढी ग्राहकहरुले यस बैंकबाट देशका बिभिन्न ठाउँबाट प्रत्यक्ष रुपमा गुणस्तरीय सेवा लिरहेको समेत बताउनुभयो । बिगत ३६ बर्ष लामो समयदेखि निरन्तर ग्राहकहरुको गुणस्तर सेवामा विश्वास दिदै आएको यस बैंकले देशको करिव ३१ ओटा काउन्टरहरुबाट नेपाल सरकारको राजश्व समेत संकलन गर्दै आएको उहाँले बताउनुभयो ।सरकारको केन्द्रिय बैंकको निर्देशन र निति अनुरुप दिगो दरिलो र विश्वासिलो भन्ने नारालाई आत्मा साथ गर्दै यस बैंकले सामाजिक उत्तरदायीत्वमा समेत ध्यान पुराउँदै आ...
नेप्से परिसूचकमा सामान्य घट्यो

नेप्से परिसूचकमा सामान्य घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २६ आज सेयर बजार परिसूचक नेप्से ३.४ अंकले घटेको छ । दोस्रो बजारमा कारोबार भएका १२ उपसमूहमध्ये ७ वटा सूचक बढे पनि लघुवित्त र जीवन बिमा उपसमूह नेगेटिभ बन्दा बजार झिनो अंकले घटेको छ । यसले बजारलाई ‘पर्ख र हेर’को अवस्थाको संकेत गर्छ । मंगलबारको तुलनामा आज कारोबार रकम ६५ करोडले घटेर ४ अर्ब १० करोडमा सीमित भएको छ । २ सय ५ कम्पनीको ७८ लाख १६ हजार १४ कित्ता सेयर ४६ हजार ९४ पटक दोस्रो बजारमा कारोबार भएको थियो । मंगलबार दोस्रो बजारमा १२ करोड ४८ लाख २४ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री भएको थियो । लगानीकर्ताहरुको खरिद बिक्री चाप बुधबार नेपाल टेलिकम, पूर्वाधार विकास बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमा रह्यो । चन्द्रागिरी हिल्स, नेपाल आइड्रो डेभलपर्स र घलेम्दी हाइड्रो डेभलपर्स कम्पनीका सेयरधनी बजारमा धेरै कमाउने लगानीकर्ता रहे भने रैराङ हाइड्रोपावर, म...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २६ आज सुनको भाउ बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ८६ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार ७५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।...
नेप्से २३ अङ्कले घट्यो

नेप्से २३ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २५  आज शेयर बजार परिसूचक नेप्से २३ अङ्कले घटेको छ । होटल, जलविद्युत् र म्युचल फण्डबाहेक अन्य सबै समूहको शेयर घटेपछि नेप्से २३.२२ अङ्कले घटेर २४ सय ६१.८८ विन्दुमा झरेको छ । बैंकिङ समूहको शेयर झण्डै २२ अङ्कले, व्यापारको ५० अङ्कले, फाइनान्सको साढे चार, निर्जीवन बीमाको एक सय १४, उत्पादनको ८९, अन्यको २०, माइक्रो फाइनान्सको ४७ र जीवन बीमा समूहको शेयर दुई सय एक अङ्कले घटेको छ । कारोबार रकम पाँच अर्ब रुपैयाँमा भन्दा कममा सीमित भयो । दुई सय १० कम्पनीका एक करोड २४ लाख ८२ हजार कित्ता शेयर चार अर्ब ७५ करोड २७ लाख रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ६५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो । सर्पोट माइक्रो फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा घटेको छ । समग्र बजार घटे पनि हिमालयन ऊर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो, रैराङ हाइड्रो र युनाइटे...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,फागुन २५  आज सुनको भाउमा गिरावट आएको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो सुन बजारमा प्रतितोला ८६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । आज चाँदीको भाउ १० रुपैयाँले घटेर १ हजार २ सय ५५ कायम भएको छ । हिजो चाँदी तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।...
सुनको भाउमा वृद्धी

सुनको भाउमा वृद्धी

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २४ आज सुनको भाउमा सामान्य वृद्धी भएको छ । आज सुनको भाउमा १ सय रुपैयाँले वृद्धी भएर ८६ हजार २ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ८६ हजार १ सयमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको भाउमा पनि वृद्धी भएको छ । हिजो चाँदी प्रतोलामा १ हजार २ सय ५० रुपैयाँ कारोबार भएकोमा १५ रुपैयाँले वृद्धी भएर १ हजार २ सय ६५ पुगेको महासंघले जनाएको छ ।...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,फागुन २३ आज सुनको भाउमा बृद्धी भएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ सयमा कारोबार भएको थियो । शुक्रबार १ हजार २ सय ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ घटबढ नभएको महासंघले जनाएको छ । ld...
आज शेयर बजार ९० अङ्कभन्दा धेरैले बढ्यो

आज शेयर बजार ९० अङ्कभन्दा धेरैले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २० आज नेप्से परिसूचक ९० अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ९०.२७ अङ्कले बढेर २ हजार ५ सय ६.२८ अङ्कमा पुगेको छ । जीवन बीमा समूहको शेयर ५ सय ७१.९५ अङ्कले, निर्जीवन बीमा समूहको शेयर ३ सय २४ अङ्कले र ट्रेडिङको दुई सय ५६.७१ अङ्कले बढेको छ । २ सय ६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७ सय ६३ कित्ता शेयर ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ५३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भयो । सूर्याेदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनएमबी ५० का लगानीकर्ताले भने ३ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २०  आज सुनको भाउ घटेको छ । सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ८६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।