Monday, August 17News That Matters

आर्थिक

आज नेप्से साढे १४ अङ्कले बढ्यो

आज नेप्से साढे १४ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १०  आज शेयर बजार परिसूचक नेप्से साढे १४ अङ्कले बढेको छ । नेप्से १४.५७ अङ्कले बढेर २५ सय २८.९५ विन्दुमा पुगेको हो । मङ्गलवार व्यापार समूहको शेयर तीन सय ४६ अङ्कले, होटल तथा पर्यटन समूहको एक सय ५५ अङ्कले, जलविद्युत् समूहको शेयर एक सय २९ अङ्कले, निर्जीवन बीमा समूहको एक सय ७६ र माइक्रो फाइनान्स समूहको शेयर ६९ अङ्कले बढेको छ । बैंक, विकास बैंक, फाइनान्स, होटल, उत्पादन, जीवन बीमा र अन्य समूहको शेयर भने घटेको छ । दुई सय आठ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब १४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै निफ्राको ५२ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ । मङ्गलवार साल्ट ट्रेडिङ र चन्द्रागिरि हिल्ससहित आठ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । चन्द्रागिरि हिल्सको शेयर प्रतिकित्ता १७ सय १९ रुपैयाँ पुगेको छ । समग्र बजार बढे पनि पञ्चकन्यामाई जलविद्युत् ...
शेयर बजार २४ अङ्कले घट्यो

शेयर बजार २४ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ९  आज शेयर बजार परिसूचक नेप्से २४ अङ्कले घटेको छ । होटल तथा पर्यटन र व्यापारबाहेक अन्य सबै समूहको शेयर ओरालो लागेपछि नेप्से २४.८ अङ्कले घटेर २५ सय १४.३९ विन्दुमा झरेको छ । सोमवार बैंकिङ समूहको शेयर २१ अङ्कले, विकास बैंकको १९ अङ्कले, फाइनान्स समूहको आठ, माइक्रो फाइनान्सको ९२, उत्पादनको एक सय २९, अन्यको ३०, जीवन बीमाको तीन सय १५ र निर्जीवन बीमा समूहको शेयर एक सय ८३ अङ्कले घटेको छ । दुई सय ११ कम्पनीका एक करोड नौ लाख ३१ हजार कित्ता शेयर पाँच अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ४६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रुडेन्टियल इन्स्योरेन्स र सपोर्ट लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी जलविद्युत् र चन्द्रागिरि हिल्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ९ आज सुनको भाउ घटेको छ । सुन तोलाको दुई सय रुपैयाँले घटेर तोलाको ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ८७ हजार २ सय रुपैयाँ थियो । त्यस्तै चाँदी भने आज तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सरकारले साढे ९० अर्ब आन्तरिक ऋण लियो

सरकारले साढे ९० अर्ब आन्तरिक ऋण लियो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ८  सरकारले चालु आर्थिक वर्षको सात महिनामा साढे ९० अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको छ । चालु आव साउनदेखि माघ मसान्तसम्म ९० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण सरकारले लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सङ्घीय सरकारले २० अर्ब पाँच करोडको ट्रेजरी बिल र ७० अर्ब रुपैयाँको विकास ऋण पत्र गरी कुल ९० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको बैंकले जनाएको छ । चालु आवको लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेकोमा राजस्वबाट आठ अर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ बेहोर्ने उल्लेख गरेको थियो । अपुग रकममध्ये वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ र दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने बजेटमा उल्लेख छ । दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य रहेकोमा सरकाले सात महिनामा ९० अर्ब ५० करोड रुपैयाँ लिइसकेको...
शेयर बजार झण्डै ४३ अङ्कले बढ्यो

शेयर बजार झण्डै ४३ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ५ आज शेयर बजार परिसूचक नेप्से बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से बिहीवार ४२.९५ अङ्कले बढेर २४ सय ७५.० नौ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर २६ अङ्कले, होटल तथा पर्यटनको एक सय १२, विकास बैंकको २४, जलविद्युतको तीन, फाइनान्सको १४, माइक्रो फाइनान्सको एक सय दुई अङ्कले, जीवन बीमाको चार सय १५, निर्जीवन बीमाको एक सय ९१, उत्पादन समूहको शेयर एक सय ६२ र लगानी समूहको शेयर झण्डै दुई अङ्कले बढेको छ । दुई सय १३ कम्पनीका एक करोड १६ लाख ५७ हजार कित्ता शेयर चार अर्ब ६६ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ७७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । युनाइटेड मर्दी र ग्रीन लाइफ हाइड्रो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि जोशी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा ...
नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ३ ओरालो लागिरहेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से २.५६ अङ्कले बढेर २३ सय ९१.७४ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर साढे ३ अङ्कले, होटल तथा पर्यटन समूहको ८६ अङ्कले, उत्पादनको २३, माइक्रो फाइनान्सको २७, जीवन बीमा समूहको २ सय ३० र लगानी समूहको शेयर ०.२ अङ्कले बढेको छ । व्यापार, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा र अन्य समूहको शेयर भने घटेको छ । २ सय १६ कम्पनीका ९० लाख १२ हजार कित्ता शेयर ३ अर्ब ३७ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको १८ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । चन्द्रागिरि हिल्ससहित ५ कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर भने सबैभन्दा धेरै झण्डै ९ प्रतिशतले घटेको छ ।...
नेप्से परिसूचक घट्ने क्रम जारी

नेप्से परिसूचक घट्ने क्रम जारी

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत २  आज पनि सेयर बजार ओरालो लागेको छ । आइतबार ५१ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि १८ अंकले घटेको छ । होट तथा पर्यटन, व्यापार, उत्पादन र लगानी समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ भने अधिकांशको सेयर मूल्य घटेको छ । नेप्से परिसूचक १८.०७ अंक्ले घटेर २ हजार ३ सय ८९.१९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.०७ अंकले घटेको छ । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सूस्ताएको छ । आइतबार करिब ५ अर्ब रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब करिब २५ करोड रुपैयाँ मात्रैको सेयर कारोबार भएको छ । दिनभर भएका ५२ हजार ३ सय ९ कारोबारबाट २ सय १२ कम्पनीको ९६ लाख ४ हजार ५ सय २९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको कारोबार भएको छ ।...
आठ महिनामा विकास खर्च साढे २२ प्रतिशत मात्रै

आठ महिनामा विकास खर्च साढे २२ प्रतिशत मात्रै

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १ चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा सरकारले पुँजीगत विकास खर्च न्युन भएको देखिएको छ । आठ महिनाको अन्त्यसम्म विनियोजनको २२.५८ प्रतिशत मात्र विकास खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । यस वर्ष पनि गत वर्षहरु झैँ असारमा नै ठूलो रकम विकासका लागि भन्दै खर्च हुने दोहोरिने सम्भावना बढेको छ । कोरोना भाइरसको महामारी साम्य भएर आर्थिक गतिविधि बढेको र निर्वाचनबारेको अन्यौल हटेपछि पनि सरकार पुँजीगत खर्चको दर बढ्न नसकेको देखिएको छ । यो वर्ष सरकारले कुल ३ खर्ब ५२ अर्ब २९ करोड रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ । यो लक्ष्यलाई बजेटको मध्यावधि समीक्षाबाट व्यापक कटौती गरिएको छ । आठ महिनाको अन्त्यसम्म ७९ अर्ब ६९ करोड रुपैयाँ मात्रै कुल विकास खर्च भएको देखिएको छ । सरकारले हरेक महिना औसत १० अर्ब रुपैयाँ मात्र विकास खर्च गरेको तथ्याङ्कले देखाएको छ...
नेप्से परिसूचक ५१ अंकले घट्यो

नेप्से परिसूचक ५१ अंकले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १  आज सेयर बजार ५१ अंक भन्दा धेरैले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूह घटेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ५१.२३ अंकले २ हजार ४ सय ७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १०.१० अंकले ४ सय ३५.१३ अंकमा झरेको छ । कारोबार रकम ५ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ६० हजार ९ सय ७३ कारोबारबाट २ सय ११ कम्पनीका ९९ लाख ३ हजार ७ सय ४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १ सय ९५ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १ आज सुनको भाउ बढेको छ । सुन आज  तोलामा चार सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।