पूर्णपुष्टि, चैत १६
आज सुनको भाउ बढेको छ । सुन दुई सय रुपैयाँले बढेर तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको जनाईएको छ ।
पूर्णपुष्टि, चैत १६
आज नेपाल राष्ट्र बैंकले ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
२८ दिने अवधिका लागि झण्डै पाँच अर्बको ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । यो बिल आउँदो वैशाख १४ गते परिपक्व हुनेछ । त्यस्तै १० करोडको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो ।
यो बिल आउँदो असार १५ गते परिपक्व हुनेछ । त्यस्तै एक सय ८२ दिनका लागि तीन अर्ब रुपैयाँ बराबरको बिल बिक्री गरिनेछ । यो बिल आउँदो असोज १२ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले गत चैत ९ गते १५ अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।...
पूर्णपुष्टि, चैत्र १३
आज बाँडफाँड भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाट १२ लाख बढीको हात खालि भएको छ । यस कम्पनीको आईपीओमा अहिलेसम्मकै धेरै १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियो । त्यसबाट ४४ हजार ६ सय ४५ जनाको आवेदन रद्द भएको हो । १७ लाख ९७ हजार ८ सय ३५ जनामा गरिएको बाँडफाँटबाट भाग्यशाली आवेदकले आईपीओ हात पारेका हुन् ।
यस कम्पनीको आईपिओ भाग्यशाली ५ लाख ९४ हजारले प्राप्त गरेको छ । उनीहरुको भागमा १०/१० कित्ता शेयर परेको छ ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले बाँडफाँटको जिम्मा लिएको थियो । ज्योती लाइफले कुल ६६ लाख कित्ता सर्वसाधारणका लागि छु्ट्याएको थियो । ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर मात्र सार्वजनिक निष्कासनमा आईपीओमार्फत बिक्री गरिएको हो । ज्योती लाइफको आईपीओ परे–नपरेको ‘मेरो शेयर...
पूर्णपुष्टि, चैत १३
आज सुनको भाउ घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । सुनको भाउ आज तोलामा ८६ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यसैगरी आज चाँदीको भाउ १ हजार २ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
पूर्णपुष्टि, चैत १३
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सर्वसाधारणसहित सरोकारवालाबाट सुझाव माग गरेको छ । आगामी आवको बजेट तर्जुमा सम्बन्धी काम शुरु भएसँगै मन्त्रालयले सुझाव माग गरेको हो ।
यसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा ५ वैशाखसम्म सुझाव पठाउन सकिने छ । संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारमाध्यम र आम सर्वसाधारणबाट बजेटबारे सुझाव संकलनको तयारी अर्थले गरेको छ ।
अर्थको वेवसाइटमा गई बजेट सुझावसम्बन्धी ट्वावबाट बजेटबारे सुझाव दिन सकिने भएको छ । अर्थको कार्यतालीका अनुसार १५ चैतसम्म विभागीय मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयबाट बजेट तथा कार्यक्रम पेश गर्नेछन् । त्यसपछि अन्तर मन्त्रालय छलफल शुरु हुने छ ।
यस छलफलमा सरोकारवाला निकायबाट आएका सुझावलाई समेत अर्थले संकलन गर्नेछ । त्यसपछि भने बज...
पूर्णपुष्टि, चैत ११
आज शेयर बजार परिसूचक नेप्से ४१ अङ्कले बढेको छ । जलविद्युतबाहेक सबै समूहको शेयर बढेपछि नेप्से ४१.३ अङ्कले बढेर २५ सय ७०.२५ विन्दुमा पुगेको छ ।
बुधवार बैंकिङ समूहको शेयर साढे २२ अङ्कले बढेको छ । यस्तै व्यापार समूहको तीन सय ८१ अङ्कले, होटल तथा पर्यटनको एक सय ७८, विकास बैंकको २१, फाइनान्सको २२, माइक्रो फाइनान्सको एक सय २२, जीवन बीमाको एक सय ४१, निर्जीवन बीमाको दुई सय २१, उत्पादनको ५१, अन्यको २० र लगानी समूहको शेयर झण्डै पाँच अङ्कले बढेको छ ।
बुधवार दुई सय आठ कम्पनीका एक करोड ६९ लाख कित्ता शेयर ६ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ६५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन, चन्द्रागिरि हिल्सहित पाँच कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि माथिल्लो तामाकोशी, रैराङ र सान्जेन जलविद्युत् ...
पूर्णपुष्टि, चैत १०
आज शेयर बजार परिसूचक नेप्से साढे १४ अङ्कले बढेको छ । नेप्से १४.५७ अङ्कले बढेर २५ सय २८.९५ विन्दुमा पुगेको हो ।
मङ्गलवार व्यापार समूहको शेयर तीन सय ४६ अङ्कले, होटल तथा पर्यटन समूहको एक सय ५५ अङ्कले, जलविद्युत् समूहको शेयर एक सय २९ अङ्कले, निर्जीवन बीमा समूहको एक सय ७६ र माइक्रो फाइनान्स समूहको शेयर ६९ अङ्कले बढेको छ । बैंक, विकास बैंक, फाइनान्स, होटल, उत्पादन, जीवन बीमा र अन्य समूहको शेयर भने घटेको छ ।
दुई सय आठ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब १४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै निफ्राको ५२ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
मङ्गलवार साल्ट ट्रेडिङ र चन्द्रागिरि हिल्ससहित आठ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । चन्द्रागिरि हिल्सको शेयर प्रतिकित्ता १७ सय १९ रुपैयाँ पुगेको छ । समग्र बजार बढे पनि पञ्चकन्यामाई जलविद्युत् ...
पूर्णपुष्टि, चैत ९
आज शेयर बजार परिसूचक नेप्से २४ अङ्कले घटेको छ ।
होटल तथा पर्यटन र व्यापारबाहेक अन्य सबै समूहको शेयर ओरालो लागेपछि नेप्से २४.८ अङ्कले घटेर २५ सय १४.३९ विन्दुमा झरेको छ ।
सोमवार बैंकिङ समूहको शेयर २१ अङ्कले, विकास बैंकको १९ अङ्कले, फाइनान्स समूहको आठ, माइक्रो फाइनान्सको ९२, उत्पादनको एक सय २९, अन्यको ३०, जीवन बीमाको तीन सय १५ र निर्जीवन बीमा समूहको शेयर एक सय ८३ अङ्कले घटेको छ ।
दुई सय ११ कम्पनीका एक करोड नौ लाख ३१ हजार कित्ता शेयर पाँच अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ४६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रुडेन्टियल इन्स्योरेन्स र सपोर्ट लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी जलविद्युत् र चन्द्रागिरि हिल्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।...
पूर्णपुष्टि, चैत ९
आज सुनको भाउ घटेको छ । सुन तोलाको दुई सय रुपैयाँले घटेर तोलाको ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ८७ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी भने आज तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पूर्णपुष्टि, चैत ८
सरकारले चालु आर्थिक वर्षको सात महिनामा साढे ९० अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको छ ।
चालु आव साउनदेखि माघ मसान्तसम्म ९० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण सरकारले लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सङ्घीय सरकारले २० अर्ब पाँच करोडको ट्रेजरी बिल र ७० अर्ब रुपैयाँको विकास ऋण पत्र गरी कुल ९० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको बैंकले जनाएको छ ।
चालु आवको लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेकोमा राजस्वबाट आठ अर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ बेहोर्ने उल्लेख गरेको थियो । अपुग रकममध्ये वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ र दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने बजेटमा उल्लेख छ ।
दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य रहेकोमा सरकाले सात महिनामा ९० अर्ब ५० करोड रुपैयाँ लिइसकेको...