Tuesday, August 18News That Matters

आर्थिक

आज सुनचाँदीको भाउ यतिले घट्यो

आज सुनचाँदीको भाउ यतिले घट्यो

आर्थिक, समाचार
पुर्णपुष्टि,असोज २८  सुनको भाउ आज तोलामा ६ सय रुपैयाले घटेको छ । हिजो तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन आज ९४ हजार ५ सय रुपैयाँमा किनबेच भईरहेको छ । यता चाँदीको भाउ पनि तोलाको २० रुपयाँले घटेको छ । हिजो चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।  आज तोलामा २० रुपैयाँले घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको भाउ घटबढ भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
आज नेप्से ९.४२ अङ्कले घट्यो

आज नेप्से ९.४२ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २७ आज शेयर बजारको कारोबार मापक नेप्से परिसूचक करिब ९.४२ अङ्कले घटेको छ । सोमबार सामान्य बढेको परिसूचक मङ्गलबार ९.४२ अङ्कले घटेर १५ सय ६८ दशमलव ५९ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । व्यापार, उत्पादन र म्युचल फण्ड बाहेकका समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४ सय ८७.४१ अङ्कले घटेको छ भने उत्पादनमूलक समूहको उपसूचक १०.८४ अङ्कले सुधार भएको छ । एक अर्ब ८१ करोड ९६ लाख रुपैयाँ बराबरका ६७ लाख ८२ हजार कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको मङ्गलबार सबैभन्दा धेरै ११ करोड २६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । परिसूचक घटे पनि ज्योति विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले ४.८३ प्रतिशत कमाएका छन् । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने ८.७२ प्रतिशत गुमाएका छन् ।...
सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २७ आज सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो स्थिर रहँदै सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय २५ रुपैयाँमा झरेको छ ।
नेप्से सामान्य अङ्कले बढ्यो

नेप्से सामान्य अङ्कले बढ्यो

आर्थिक, समाचार
पुर्णपुष्टि, असोज २६ आज नेप्से परिसूचक सामान्य बढेको छ । हिजो १३.३७ अङ्कले घटेको नेप्से आज १.७४ अङ्कले बढेर १५ सय ७८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । त्यस्तै ’क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३७ अङ्कले बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ७९.१२ अङ्कले बढेको छ । बैंक, व्यापार, होटल र माइक्रोफाइनान्स समूहमा पनि सुधार आएको छ । दिनभर एक अर्ब ९४ करोड ९० लाख रुपैयाँ बराबरका ६८ लाख १५ हजार कित्ता शेयर किनबेच भएका छन् । सोमबार मुक्तिनाथ विकास बैंक लिमिटेडको सबैभन्दा धेरै १६ करोड ५० लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । बजार सामान्य बढेको दिन मुक्तिनाथ विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले भने ६ प्रतिशत गुमाएका छन् ।...
लिम्चुङबुङ गाउँपालिकाको संक्षिप्त परिचय

लिम्चुङबुङ गाउँपालिकाको संक्षिप्त परिचय

आर्थिक, लिम्चुङबुङ डायरी
लिम्चुङबुङ गाउँपालिका नेपालको प्रदेश नं= १ को उदयपुर जिल्लाको पश्चिम–उत्तर हिस्सामा अवस्थित रहेको  छ । यस गाउँपालिकाको नाम साबिकको सुनकोशी भएता पनि स्तानीय सरकार संचालन  एन २०७४, बमोजिम गाउँपालिकको सिफारिसमा लिम्चुङबुङ गाउँपालिका रहन पुग्यो । यस  गाउँपालिकामा हाल बाँस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गरि जम्मा ५ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको केन्द्र बाराहामा अबस्थित रहेको छ । यस गाउँपालिकामा कुल क्षेत्रफल १०६=८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ ।...
१८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

१८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २६  आज नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकामध्ये ३ अर्बको ट्रेजरी बिल नयाँ हो भने १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो । बैंकले ३ सय ६४ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ३ अर्ब बराबरको नयाँ र १५ अर्ब २५ करोड रुपैयाँ बराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ । यो ट्रेजरी बिल बोलकबोल विधिमार्फत् बिक्री हुनेछ । यसअघि राष्ट्र बैंकले गत मंगलबार १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।...
दशैँका लागी नयाँ नोट सटही नगरिने

दशैँका लागी नयाँ नोट सटही नगरिने

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २५ यो वर्षको दशैँमा नयाँ नोट सटही नगरिने भएको छ । आज नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना महामारीले गर्दा यो वर्षका चाडबाडमा नयाँ नोट वितरण नहुने जनाएको हो । नयाँ नोट सटहीका क्रममा भिडभाड हुन सक्ने र कोरोना सङ्क्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २५ आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २३ आज सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा २ सय रुपैयाँ घटेकोे सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
दाल, तेल र गेडागुडीको मूल्य बढ्यो

दाल, तेल र गेडागुडीको मूल्य बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २३ दशैँको नजिकिएसँगै खाने तेल, दाल र गेडागुडीको भाउ बढेको छ । दालमा प्रतिकिलो १० रुपैयाँ, हरियो केराउमा ३५ रुपैयाँ तर तेल प्रतिलिटरमै १५ रुपैयाँभदा धेरैले बढेको खुद्रा व्यापार संघले जनाएको छ । लकडाउनले उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकाले भाउ बढेर आएको होलसेलले बताउने गरेको संघले जनाएको छ । लकडाउनअघि १५ सय ८० रुपैयाँमा पाइने एक दर्जन सनफ्लावर तेलको मूल्य अहिले १६ सय २० रुपैयाँ नाघेको छ । पहिले एक लिटर तेलका लागि १ सय ५६ रुपैयाँ पर्नेमा अहिले होलसेलले १ सय ६३ रुपैयाँ नघाएको संघले जनाएको छ । यस अघि २ सय ५५ रुपैयाँ प्रतिलिटरमा पाइने तोरिको तेलको मूल्य २ सय ६५ सम्म पु¥याइएकोे छ । तेलको प्याकेटमा एमआरपी २ सय ७० लेखेका कारण धेरै ठाउँमा सोहीअनुसार मूल्य कायम भएको हुन सक्ने संघको अनुमान छ । १ सय ६० रुपैयाँमा पाइने भटमासको तेलको भाउ लिटरमै पाँच रुपैयाँ ...