पूर्णपुष्टि, भदौ २
आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँ बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको जनाएको छ ।
पूर्णपुष्टि, भदौ १
आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १०.७५ अंकले बढेको छ । हिजो १७.३३ अंकले घटेको परिसूचक आज झण्डै ११ अंकले बढेर १४ सय २.२१ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
हिजो परिसूचक १७.३३ अंकले घटेको थियो । जलविद्युतबाहेक सबै समूहको उप–सूचक बढेका छन् । सबैभन्दा धेरै नीर्जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ६२.१३ अंकले बढेको छ । दिनभर १ सय ८४ कम्पनीका १ अर्ब रुपैयाँभन्दा धेरैका ३५ लाख ९१ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम हिजोको तुलनामा कम हो ।
हिजो १ अर्ब २५ करोड रुपैयाँ बराबरका सेयर कारोबार भएको थियो । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ७ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज साधना लघुवित्त वित्तिय संस्था लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । चाँदनी हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ४ प्रत...
पूर्णपुष्टि, भदौ १
आज सुनचाँदीको भाउ घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
पूर्णपुष्टि, साउन ३२
गत आर्थीक वर्षमा नेपाल विद्युत् प्राधिकरणको नाफा ११ अर्ब रुपैयाँ नाघेको छ । गत आव २०७६/०७७ मा प्राधिकरणले ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको हो ।
अघिल्लो प्राधिकरणले नौ अर्ब ८१ करोड नाफा कमाएकोमा एकैवर्ष झण्डै एक अर्ब २५ करोड रुपैयाँ धेरै नाफा थपिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै प्राधिकरण अब सञ्चित नाफामा पनि गएको छ । प्राधिकरणले गत आवमा चार अर्ब सात करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आर्थिक वर्ष २०६७/०६८ सम्मको सञ्चित घाटा झण्डै २७ अर्ब रुपैयाँ अपलेखन गरिदिएपछि प्राधिकरण घाटामा गइरहेको थियो । आव २०७२/०७३ मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आर्थिक वर्षमा निरन्तर घटाएर प्राधिकरण गएको आर्थिक वर्षबाट मुनाफा कमाउन सफल भएको हो ।
आव २०७२/०७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । प्राधिकरणले...
पूर्णपुष्टि, साउन ३२
आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १७.३३ अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक १७ अङ्कभन्दा धेरैले घटेर १३ सय ८१.४६ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
व्यापार समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् । व्यापार समूहको सूचक भने झण्डै ११ अङ्कले बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७६.८७ अङ्कले घटेको छ ।
दिनभर एक अर्ब २५ करोड ९३ लाख रुपैयाँ बराबरका ४३ लाख ७१ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको आठ करोड १४ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले आइतबार झण्डै १० प्रतिशत कमाएका छन् भने आँखु खोला जलविद्युत् कम्पनीका शेयर लगानीकर्ताले ७ .४१ प्रतिशत गुमाएका छन् ।...
पूर्णपुष्टि, साउन ३२
कोरोना भाइरस सङ्क्रमणको महामारीपछि वाणिज्य बैंकहरुमा निकै ठूलो असर देखिएको छ । गत आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकको कुल खुद नाफा १२ प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक वर्षमा ती बैंकहरुको नाफा २५ प्रतिशत बढेको थियो । वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्दै लकडाउनले असर पारेको जनाएको छ ।
लकडाउनका बेलामा व्यापार व्यवसाय ठप्प भएपछि त्यसको असर बैंकमा पनि देखिएको हो । ऋणीले किस्ता र ब्याज समेत तिर्न पाएनन् । समयमा तिर्न नसकेपछि सरकारले मौद्रिक नीतिमार्फत ऋणको किस्ता र ब्याज तिर्ने समय सारेको छ ।
गत आवको नाफा घट्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ, स्ट्यान्डर्ड, नेपाल बैंक, सिद्धार्थ, एभरेष्ट, नेपाल बंगलादेश, हिमालय लगायतका वाणिज्य बैंक रहेका छन् । त्यस्तै प्रभु, कुमारी, ग्लोबल आइएमई, एनएमबी, प्राइम, एनआइ...
पूर्णपुष्टि, साउन ३०
आज सुन चाँदीको भाउ बढेको छ । सुन तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९८ हजार ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदी आज तोलामा ६० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
पूर्णपुष्टि, साउन २९
आज शेयर बजार परिसूचक नेप्से साढे १६ अङ्कले घटेको छ । नेप्से १६.५३ अङ्कले घटेर १४ सय ८.७९ अङ्कमा झरेको हो ।
व्यापार बाहेक अरु सबै समूहको शेयर ओरालो लागेको छ । जीवन बीमा समूहको शेयर ९९ अङ्कले, निर्जीवन बीमा समूहको ७६ अङ्कले, उत्पादन समूहको ३२ र माइक्रोफाइनान्स समूहको शेयर २७ अङ्कले घटेको छ । एक अर्ब सात करोड ४३ लाख रुपैयाँ बराबरका ३४ लाख नौ हजार कित्ता शेयर किनबेच भएका छन् ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ६७ लाख र एनआईसी एसिया बैंकको ६ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडका शेयरधनीले साढे पाँच प्रतिशतभन्दा धेरै गुमाएका छ्न् ।
समग्र शेयर बजार घटे पनि दिव्येश्वरी हाइड्रोपावरका शेयरधनीले दश प्रतिशत कमाएका छन् ।...
पूर्णपुष्टि, साउन २९
आज सुनको भाउ बढेको छ । सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।...
पूर्णपुष्टि, साउन २९
यो वर्ष नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७ सय ३८ हेक्टर बढी क्षेफलमा धान रोपाइँ भइसकेको हो ।
बेलैमा पानी परेको र कोरोना भाइरसले मानिसहरू ग्रामीण क्षेत्र फर्किएकाले धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो । अहिलेसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
बेलैमा पानी पर्नु र पर्याप्त जनशक्ति उपलब्ध भएकालो गत वर्षभन्दा तीन प्रतिशत भन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको जनाईएको छ । नेपालको मुख्य खाद्यान्न बाली धान खेतीको कुल क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफल रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये यो वर्ष १३ लाख ४६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा धान लगाइएको छ । यो कुल क्षेत्रफलको ९८.१९ प्रतिशत हो । धान रोपाइँ क्षेत्रफल...