Thursday, May 7News That Matters

बिचार

माओवादी केन्द्रले जनताको पक्षमा काम गरे एकाता गर्छौ : विप्लव

माओवादी केन्द्रले जनताको पक्षमा काम गरे एकाता गर्छौ : विप्लव

Breaking News 3, बिचार, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक २८ नेकपाल कम्युनिष्ट पार्टी (विप्लव) ले माओवादी केन्द्रले जनताको पक्षमा काम गरेमा आफुहरु एकतामा जाने जनाएको छ । माओवादी केन्द्रले व्यक्तिगत सर्तमा पार्टी र जनतालाई प्रयोग गरे यो सम्भव नरहेको समेत जनाए । धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनमा पार्टीका माहासचिव नेत्र विक्रम चन्दले माओवादी केन्द्र सँग एकता सम्भव रहेको तर त्यसका लागि जनताको पक्षमा काम पर्ने सर्त राखेको छ । हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं ’ त्यसको लागि जनताको पक्ष र राष्ट्रको पक्षमा निश्वार्थ निष्पक्ष काम गर्नु पर्छ माहासचिव चन्दले भने । उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षणसमेत गराएका छन् । गठबन्धन सरकारसँग ती सर्तहरू पूरा गर्न आग्रह गरिररहेको उनले बताए । हालै सरकारले पेट्रोलियम पदार्...
नियात्रा मिरिक-दार्जिलिङ्ग संक्षिप्त यात्रा : सघनअनुभूति

नियात्रा मिरिक-दार्जिलिङ्ग संक्षिप्त यात्रा : सघनअनुभूति

Breaking News 1, बिचार
पुण्य कार्की मेरा निम्ति त्यहाँको झील र जंगल प्रकृतिका अद्भूत सिर्जना थिए । धुपी सल्लाको घारीमा पसेर केहीक्षण ध्यानमग्न बनेँ । आनन्दको अर्कै दुनियाँमा हराएँ । धुपी सल्लाको निश्चल शान्तिले म भित्र पनि शान्ति र ध्यानको वीज रोपिदियो । लाग्यो घन्टौ त्यहि जंगलमा हराऔँ । घण्टौँ तपस्यामा लीन रहूँ । तर, मलाई त्यसको लागि अवकाश थिएन । साथी पछयाउनुको वाध्यता र हतारो थियो । यहाँबाट दार्जिलिङ्ग साठी किलोमिटर दूर छ । यहाँका मनरम र कलात्मक चियावगान सुन्तलावगैँचा, हरियाली वनपर्वत, तलाउ र पोखरी जतिघुमेर पनि म अघाएको थिइनँ । मिरिक लेकनामको प्राकृतिक तालमा नौकाविहार चलिरहेको छ । धुपी–वृक्ष वनको वीचभागमा अवस्थित यस तलाउको वरिपरि साढे तीनकिलोमिटर घेराबन्दी छ । जहाँ तरहतरहका घोडाहरु तैनाथ छन् घोडसवार गर्नेका लागि । हामीले हिँडेरै आनन्द लियौँ । त्यहाँको रमिते डाँडाबाट नयनाभिरामहिमशृङखलाको दृश्य देखिँदो रहेछ । द...
अन्तरजाति डोने आदिबासीलाई एउटै सजातिय जनजाति बनाउने दुस्प्रयास

अन्तरजाति डोने आदिबासीलाई एउटै सजातिय जनजाति बनाउने दुस्प्रयास

Breaking News 1, बिचार
बैज्ञानिक तबरको अनुशन्धानले यी फरक तीन अन्तरजातिलाई फरक जाति जनजातिको सुचिकरण गरिनुको अर्को बिकल्प हुदैन । तर एउटै कित्तामा राखेर सजातिय जात-जाति बनाउँदा वा हो भनि एउटै बिल्ला भिडाउँदा पुर्खा र प्रागऐतिहासिक (लिखित अलिखित) कथनहरुका कत्लेआम हुनेछ । फरक जाति समुदायको आदिबासी बिराजमान बिशेषताको खिल्ली उड्नेछ । अनि फरकपनको पहिचान र अस्तित्वको आदिबासी जनजातिको पुर्खालाई एउटै जाति अथवा सजातिय जाति बनाउनु र हो भन्नु भनेको पशुवत स्तरमा पुग्नु सरह हो । त्यसैले एउटै आमाबाबुबाट जन्मिएको सन्तानबीच बैबाहिक नातामा गाँसिनु भनेको पशुपंक्षीको जीवनचक्र चल्नु जस्तै हो । – यमन राईडोने बिषय प्रबेशः अभियान जारी छ, जारी छ । डोने मातृभाषी एक हौ, एक हौ ।। १२ औं राष्ट्रिय जनगणना सफल पारौं, सफल पारौं ।।। मातृभाषी डोने समाज एकता जिन्दाबाद ,जिन्दाबाद ।।।। यही मूल नारालाई केन्द्रबिन्दुमा राख्दै, मातृभाषा जहा...
उदयपुरको सहित प्रदेश नं १ मा बाढी पहिरोमा परि २२ जनाको मृत्यु

उदयपुरको सहित प्रदेश नं १ मा बाढी पहिरोमा परि २२ जनाको मृत्यु

Breaking News 1, बिचार
पूर्णपुष्टि, कार्तिक ३ प्रदेश नं १ मा लगतारको बर्षा सँगैको बाढीपहिरोमा परि २२ जनाको मृत्यु भएको छ । प्रदेश नं १ को उदयपुर सहित बिभिन्न जिल्लाहरु इलाम, सुनसरी, पाँचथर धनकुटा लगायत पहाडी जिल्ला र तराई जिल्ला गरी बाढीपहिरोमा परी २२ जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले जानकारी दिए । बिसीका अनुसार पहाडी जिल्लाहरुमा २० जना र तराईमा २ जनाको बाढी पहिरोमा परि ज्यान गएको हो । पहिरोमा परी धनकुटामा ६ जना, पाँचथरमा ६ जना, इलाममा ७ जना, सुनसरीमा २ जना र उदयपुरमा १ जनाको ज्यान गएको हो ।  ...
लिम्चुङबुङ जिरोदेखि हिरो कसरी ?

लिम्चुङबुङ जिरोदेखि हिरो कसरी ?

Breaking News 1, बिचार
पूर्णपुष्टि, असोज २८ । लिम्चुङबुङ जिरोदेखि हिरोको अवस्थामा आइपुगेको सो पालिकाका अध्यक्ष मेजरकुमार राईको दावी छ । हिजो विकास, शिक्षा, स्वास्थ्य आदिको हिसावले अन्धकारमय रहेको पालिका आज उज्यालो बन्नुका साथै विकास पूर्वाधारको हिसावले अगाडी बढेको उनको भनाई छ । उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा उल्लेखनीय सफलताको वयान गरेका छन् । सडक, विजुली, संचार, खानेपानी, इन्टरनेट र भौतिक पूर्वाधारहरु निर्माण भएको मात्र हैन एम्रेष्ट भ्यूटप, लिम्चुङबुङ–सोलु बैकल्पिक राजमार्ग, सुनकोशी लिफ्टिङ खानेपानी आयोजनाले सम्भावनै सम्भावना जन्माएको बखान गरेका छन् । पूर्णपुष्टि संवादमा अध्यक्ष राईले लिम्चुङबुङको बहुआयामीक थुप्रै सफलताहरुको स–विस्तार राखेका छन् ।  -संवादको पूराअंश हेर्न  भिडियोको लिंकमा जानुहोला । https://youtu.be/UV9-8PzsXII...
खोजीखाने, खोसी खाने र खोस्री खाने (व्यङ्ग्यनिबन्ध)

खोजीखाने, खोसी खाने र खोस्री खाने (व्यङ्ग्यनिबन्ध)

Breaking News 1, बिचार
खोसीखाने वर्गको मान्छे यस्तो मसाल्चीहो । उसको हातमा हमेसा एक दनदनाउँदो मशाल रहन्छ । जब कहीँ मौरीले मह जम्मा गरेको गन्ध थाहा पाउँछ । एक झमटमा त्यहाँ पुगेर मौरीको घारमा मशाल झोस्छ । मौरीलाई पनि डढाएर सोत्तर पार्छ । मह पनि आफ्नो कब्जामा लिएर तनतनी पिउन थाल्छ । भनेको मतलब मौरीरूपी खोस्री खाने वर्गका मान्छेलाई खोसी खाने मसाल्चीले युगयुगदेखि जनगणको घारमा पुल्ठो झोस्तै आएका छन् । मह चाट्दै आएका छन् । – पुण्य कार्की           बन्दाबन्दीको यो फुर्सदी क्षणमा को को के के खाएर, कसरी कसरी बाँचेका रहेछन् मान्छे ? यस विषयमा मन्थन गर्दा तीनखाले मान्छेका मुहारहरू मेरो मस्तिष्कमा उत्रे । एकथरी मान्छे खोजीखाने मान्छे छन्, दोस्रो थरी मान्छे खोसी खाने छन् र तेस्रो थरी मान्छे खोस्री खाने छन् । मेरो गाउँ समाज मात्रै होइन, संसारैभरि जहाँतहीँ यिनै तीनवर्गका मान्छेको व्याप्ति देख्छु । जति नै पेसा, व्यवसाय र ...
खरिजुकाहरु

खरिजुकाहरु

Breaking News 1, बिचार, समाचार, साहित्य
खरीजुकालाई थाहा छ, कसलाई लक्कुले हानेर लडाउनु पर्ने हो, कसलाई पक्कुले पेट सुमरो बनाइदिनुपर्ने हो, कसलाई चक्कुले च्वास्सच्वास्स घोच्नु पर्ने हो । लडाई लड्ने लडाकुले टिकट पाउँदैन यहाँ, यहाँ त लक्कुले टिकट पाइराखेको छ, पक्कुले टिकट पाइराखेको छ, चक्कुले टिकट पाइराखेको छ । पुण्य कार्की खरिजुकाको स्वभावदेखि म भलिभाँती परिचित छु । मनुष्य रगतको गन्धयसले यतिछिटो थाहा पाउँछ । यसको नजिक पुगेको मान्छे यसबाट बँच्न गाह्रो गाह्रो हुन्छ । ऊबेला हामी पहाडबाट मधेश झर्दा लामो लेकाली बाटो छिचोलेर झर्नुपर्थ्यो । जीरे, टाट्ने, डोबाटे, थाम, माझखर्क, सीस्ने, भालेबास र ढुंग्रेको तेस्रो जंगलमा खरिजुकाहरु पातको भित्री सतहमा लुकीबस्ते । बाटाको दुवै किनारा बनमारा र घाँसका पातले ढाकिएको हुन्थ्यो । पातका विपरित पाटामा खरिजुका चुपचाप बसेका हुन्थे । जब बटुवा आएको गन्ध पाएपछि लुकी बसेका खरिजुकाहरु लप्लपाउँदै मान...
ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा मोटरसाईकल यात्रीको मृत्यु

ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा मोटरसाईकल यात्रीको मृत्यु

Breaking News 3, बिचार, समाचार
पूर्णपुष्टि, भदौ २८ धनकुटा सागुरीगढी गाऊपालिका ६ मालबासे स्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार धनकुटा शहिदभुमी गाऊपालिका ४ का ३६ बर्षीय गणेशमान राई रहेका छन् । हिजो बेलुका पौने ५ बजे संखुवासभाबाट धरान तर्फ आउदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्कीदा घाईते राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल पछाडी सवार गणेशमानको धरान घोपामा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको थियो भने मोटरसाईकल चालक ईलाम चुलाचुली गाऊपालिका ६ का ३३ बर्षीय रत्न कुमार राई समेत सामान्य घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । बस र बस चालक सुनसरी धरान १३ का ५८ बर्षीय कृष्ण बहादुर पाख्रिन ईलाका प्रहरी कार्या...
नेपालका लागि बरदानः जल, जमिन र जङ्गल

नेपालका लागि बरदानः जल, जमिन र जङ्गल

बिचार, समाचार
नेपालका विद्यमान स्रोतहरूको सचेतनापूर्वक उपयोग गरियो भने तिनले निरन्तर उत्पादन दिइरहन्छन् । त्यो उत्पादन नेपालीको सुख सम्पन्नताका लागि पर्याप्त मात्र होइन छेलोखेलो हुन्छ । जयप्रसाद लम्साल (पिएच.डी.) मुलुकको उन्नति र सम्पन्नताका लागि जल, जमिन, जङ्गल, खानी र जनशक्ति वा मानवशक्ति मुख्य स्रोत मानिन्छन् । यी सबैको आआफ्नै महत्व छ । जलस्रोत वा पानी अनेकन प्रकारले उपयोग हुने स्रोत हो । मानिसको प्राण धान्न पानी पिउनै पर्ने हुन्छ । घरधन्दा र सफाइका लागि पनि पानी त्यतिकै आवश्यक छ । पशुपालनका लागि पनि पानी अवश्यक हुन्छ । खेतीका लागि सिचाइ गर्न र जमिनलाई हरियाली बनाउन पनि पानी नभइ हुँदैन । पानी नभएको जमिन मरुभूमि हुन्छ । पानीबाट सस्तो लगानीमा वातावरणमा असर नगर्ने गरी विद्युत शक्ति उत्पादन गर्न सकिन्छ । मुलुकमा पर्याप्त विद्युत शक्ति उत्पादनको बहुआयामिक प्रभाव हुन्छ । विद्युत शक्तिको सहज आपूर्तिले घरा...
दोस्रो पत्र, (लेख)

दोस्रो पत्र, (लेख)

बिचार
गोठकृष्ण ठकुरी त्रियुगा नगरपालिका ३ मोतिगडा बुढी, जब गुनासो नै भाग्यसँग भएपछि कसैसँग पनि दुःख पोख्ने मन नहुँदो रहेछ । गुमाउने केही नभएपछि भएको पीडा पनि आनन्दको हुँदोरहेछ । नोबेल शिक्षण अस्पताल, विराटनगरको इमरजेन्सी आइसियुमा निमोनियाको उपचार गरी रहेकी तिम्रो १६ घण्टा पछि आएको पिसिआर रिपोर्ट कोभिड पोजेटिभ थियो । गाउँघर भन्दा बाहिर कतै नगएकी तिमी कसरी कोभिड पोजेटिभ भयौ । त्यहाँ बस्ने हामी कसैको समझमा आएन । सबभन्दा बढि मैले आफुलाई शंका गरेँ । तिमी मैबाट संक्रमित भएकी हौ जस्तो लाग्यो । किनकी गाउँघर बाहिर बढि म नै हिड्थेँ । हल्लानुसार, मबाट नै संक्रमित भएकी हौ भन्ने बलियो कारण म दारु खाने मान्छे  । त्यसैले मलाई केहि भएन तिमी चाहिँ संक्रमित भयौ । यसरी मैले आफुलाई दोषी ठह¥याउँदै शंकाको निवारण गरेँ । जे जस्तो गरी भएपनि सत्य चाहिँ तिमी कोभिड पोजेटिभ भयौ । जुन लडार्इँमा तिम्रो हार भयो । त्यहाँ...