जाल्पाको प्रयासमा ४ बालबालिकाले विद्यालय पढ्न पाए
पूणर्पुष्टि, असोज १
जाल्पा एकिकृत विकास समाज एक सामाजिक संस्था हो । यो संस्था विषेश गरीे पहाडी तथा दुर्गम स्थानमा वसेका जनताहरुको स्थर उन्नतीका लागि सामाजिक, आर्थिक, विपद जोखिम, विकास निर्माण, कृषि सँगै शैक्षिक क्षेत्रमा समेत काम गर्दै आएको संस्था हो ।
उदयपुर जिल्लाको बिभिन्न क्षेत्रहरुमा रहेर कामहरु गर्ने क्रममा उदयपुरको रौतामाई गाउँपालिका लाफागाउँमा रुढीबाढी संस्कारमा हुर्किएको एक परिवार भेटियो । यो समयमा पनि अझै अविभावकहरुमा छोराछोरीलाई विद्यालयमा शिक्षा प्रदान गर्नुपर्ने कुरा त्यो परिवारमा थाहानै थिएन ।
विद्यालयको कुरा गर्ने बित्तिकै आक्रोस पोख्ने परिवारलाई जाल्पा एकिकृत विकास समाजको प्रयासमा शिक्षाबाट बन्चित बनेका ४ जना बालबालिकाहरुलाई विद्यालयबाट शिक्षा प्रदान गर्ने अवसर मिल्यो ।
गाउँका सबै विद्यालय जान्थे यो देखेर आफु कस्तो परिवारको मान्छे हो भन्दै छक्क पर्दै आएका ति ब...









