शिक्षामा कोभिडको असर र शिक्षाअधिकारको विषयमा अन्त्तरकृया
पूणर्पुष्टि, मंसिर २६
। “वर्तमान अवस्थामा शिक्षा र स्थानिय स्तरमा शिक्षाको अधिकार” विषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रम विहिबार सम्पन्न भएकोछ । ७२ औं विश्व मानवअधिकार दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान(एनसिई) नेपाल, जिल्ला समन्वय समिति उदयपुरको आयोजना र संगम सामुदायीक पुस्तकालयको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा शिक्षा विदएवं अनुसन्धान अन्वेशनकर्ता ईन्द्र याम्फु राईले कोभिड १९ कारणले देशभरी सार्वजनिक विद्यालय शिक्षामा परेको असर, अवसर र चुनौतीहरुको बारेमा एक खोजमुलक कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै शिक्षा सरोकार मञ्च उदयपुरका अध्यक्ष जसबहादुर कार्कीले उदयपुरको शैक्षिक अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यपत्रमा शिक्षाविद् राईले कोभिड १९ को समयमा सात वटै प्रदेशबाट नमुनाको रुपमा सात वटा जिल्ला छनौट गरि गरिएको अनुसन्धान र सर्वेक्षणलाई ...









