Friday, August 14News That Matters

शिक्षा

चौदण्डीगढीको शारदा आधारभूत बिद्यालयलाई शैक्षिक सामाग्री प्रदान

चौदण्डीगढीको शारदा आधारभूत बिद्यालयलाई शैक्षिक सामाग्री प्रदान

शिक्षा, समाचार
 पूर्णपुष्टि, माघ २५ चौदण्डीगढी नगरपालिकाको एक बिद्यालयमा शैक्षिक सामाग्री प्रदान गरिएको छ । चौदण्डीगढी स्थित वडा नं ८ सिद्धिपुरको शारदा आधारभूत विद्यालयलाई २ लाख ५० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गरिएको हो । शैक्षिक सामाग्री नगर प्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीले संयुक्त रुपमा प्रदान गर्नुभयो । समाग्री (आईसिटी) कार्यक्रम अन्तर्गत प्रदेश नं.१ को सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष ०७६र०७७ को विनियोजित रकमबाट उपलब्ध गराएको नगर प्रमुख खगेन्द्र राईले बताउनुभयो । सामाग्री हस्तान्तरण सँगै बिद्यालयको भौतिक संरचना सुधारका लागि घेराबेरालाई पनि २ लाख ७५ हजार बराबरको सहयोग जुटाएको छ । घेराबेरा निर्माणका लागि नगर प्रमुख राई र उपप्रमुख चौधरीले संयुक्त रुपमै सिल्यान्यास गर्नुभयो ।  ...
कक्षा १२ को नतिजा बोर्डले आज प्रकाशन गर्ने

कक्षा १२ को नतिजा बोर्डले आज प्रकाशन गर्ने

शिक्षा, समाचार
पूर्णपुष्टि, माघ १९ लामो समयदेखि प्रकाशन हुन नसको कक्षा १२ को नतिजा आज सोमबार प्रकाशन गर्ने निर्णय राष्ट्रिय परिक्षा बोर्डले गरेको छ । बिभिन्न समस्या देखाउँदै बोर्डले १२ को नतिजा प्रकाशनमा ढिलाई गरेको थियो । परिक्षा सकिएको १५ दिन भित्रै नतिजा प्रकाशन गर्ने भनिए पनि बोर्डले समयमा नतिजा प्रकाशन गर्न सकेन । उसै पनि कोरोनाले ढिलाई गरेको परिक्षा नतिजा प्रकाशनमा पनि ढिलाई भएको थियो । आइतबार बसेको बोर्ड बैठकले सोमबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै सोमबार बिहान १० बजेपछि बोर्डको बैठक बोलाएको छ । चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डको प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो । यसअघि उत्तरपुस्तिका प्रदेश कार्याल...
स्रोत अभावमै समता स्कुलको भवन निर्माण सुरु

स्रोत अभावमै समता स्कुलको भवन निर्माण सुरु

शिक्षा, समाचार
पूर्णपुष्टि, माघ १६ गाईघाटमा लामो समय देखि भाडामा संञ्चालन रहेको समता स्कुलले आफ्नै भवन नर्माण सुरु गरेको छ । हाल ४ क्लास सम्म पठन पाठन गराईरहेको स्कलले यो बर्षको शैक्षिकसत्र देखि आफ्नै भवनमा विद्यार्थीहरुलाई अध्यापन गराउने जमर्काे गरेका छन् । विद्यालयले १५ कोठे बराबरको भवन निर्माण गर्न लागेको छ । समयमै भवन निर्माण भएमा यसै बर्षबाट आफ्नै भवनमा पठनपाठन सुरु गर्ने समता स्कुलकी प्रिन्सिपल लक्ष्मी राईल बताईन् । लामो समय देखि भाडा लिएर विद्यार्थीहरुलाई पढाईरहेको भन्दै आफ्नो भवन नहँदा विद्यार्थी व्यवस्थापनमा निकै समस्या परेको राईले बताईन् । आफ्नै भवन निर्माण तयार गरेपछि क्लासहरु थप गर्न सहज हुने र कक्षा ५ समेत भवनमै संञ्चालन गर्ने राईले बताईन् ।त्रियुगा नगरपालिका ११ शिवालय टोल स्थित समताको भवन निर्माण कार्य सुरु भएको छ । हाल विद्यार्थीहरुलाई अरुको घरमा कोठा भाडामा पढाईरहेको समताले आर्थि...
अब कक्षा ११ र १२ मा गणित बिषय अनिवार्य

अब कक्षा ११ र १२ मा गणित बिषय अनिवार्य

शिक्षा, समाचार
पूर्णपुष्टि, माघ १७ ऐच्छिक विषयका रुपमा अध्यान गरिरहेको कक्षा ११ र १२ मा गणित र समाजिक अध्यान अब अनिवार्य बिषयमा राखिने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो । गणित विषय अनिवार्य नभएमा उच्चशिक्षामा विज्ञान, प्रविधि र इञ्जिनीयरिङजस्ता विषयमा गम्भीर असर पर्ने सम्बन्धित विज्ञहरुको भनाई अनुसार यस बिषयलाई अनिवार्य गरिएको छ ।गणित सँगै सामाजिक अध्यान पनि अनिवार्य बिषयमा समावेश गरिएको छ । गणित विषयले विद्यार्थीमा हरेक विषयका बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढङ्गले अध्ययन–विश्लेषण र मूल्याङ्कन गर्ने क्षमता एवम् विद्यार्थीलाई खोजअनुसन्धान गर्ने सामथ्र्यको विकास गराउने विज्ञको तर्क सहित गणित बिषय अनिवार्य बनाएको हो । ग...
१ हप्ता भित्र कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक हुने

१ हप्ता भित्र कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक हुने

शिक्षा, समाचार
पूर्णपुष्टि, माघ २ एक हप्ता भित्र कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक हुने भएको छ । गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा माघ १० गतेसम्म सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेका बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयो राष्ट्रिय परीक्षा बोर्डका अनुुसार डाटा रुजुमा ढिलाइ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशनमा १ महिना ढिलो हुन लागेको हो । कोभिड–१९ महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु भएर १६ गते सम्पन्न भएको थियो ।...
गाईघाटमा  समता स्कुलको आफ्नै विद्यालय भवन बन्ने, नगर प्रमुख बलदेव चौधरीद्वारा भवनको सिल्यान्यास

गाईघाटमा समता स्कुलको आफ्नै विद्यालय भवन बन्ने, नगर प्रमुख बलदेव चौधरीद्वारा भवनको सिल्यान्यास

शिक्षा, समाचार
पूर्णपुष्टि, पौष २७ उदयपुरमा समता स्कुलको भवन सिल्यान्यास भएको छ । स्कुलले आफ्नै विद्यालय भवनमा विद्यार्थीहरुलाई पठनपाठन गराउने भन्दै भवन निर्माण गर्ने भएको हो । गाईघाटमा संञ्चालीत समता स्कुलको भवन सिल्यान्यास त्रियुगा नगरपालिका ११ शिवालयटोलमा भएको छ । हाल सम्म भाडामा संञ्चालित रहेको सो विद्यालयले २२ कट्ठा जमिन निजमा लिएर भवन निर्माण गर्ने भएको हो । भवनको सिल्यान्यास त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गर्नुभयो । समता स्कुलले गाईघाटमा हाल ४ कक्षा सम्म पठनपाठन गराईरहेका छन् । विद्यालयको आफ्नो भवन नहँुदा पठनपाठन सहज नभएको भन्दै आफ्नै भवनमा विद्यालय संञ्चालन गर्न लागिएको समता स्कुलको प्रिन्सिपल लक्ष्मी राईले बताउनुभयो । भवन निर्माण सँगै कक्षाहरु थप्न पनि पनि थप सहज हुने उहाँले बताउनुभयो । प्रत्येक बर्ष कक्षा थप्दै विद्यार्थीहरुलाई पढाउने व्यवस्था गर्दै आएको पनि प्रिन्सिपल...
पुस्तकालय विकास र विस्तारका लागि अन्तरक्रिया

पुस्तकालय विकास र विस्तारका लागि अन्तरक्रिया

शिक्षा, समाचार
पूर्णपुष्टि, पुस १७ । संगम सामुदायिक पुस्तकालय गाईघाटले पुस्तकालयकाे विकास र विस्तार सम्बन्धी बृहद अन्तरक्रिया अाज गरेकाे छ । पठन संस्कृतिकाे विकास गर्ने उद्देश्यका साथ विज्ञ र शिक्षा सराेकारवालाहरुसंग अन्तरक्रिया भएकाे हाे । कार्यक्रममा केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार क्याम्पस धरानबाट अाउनु भएका पुस्तकालय विज्ञ अाेमनाथ खतिवडाले एक अबधारणा पत्र प्रस्तुत गर्नु भयाे । पुस्तकालय सन्चालनका लागि स्थानीय सरकारले कर उठाउनसमेत सक्ने कुरा अवधारणापत्रमा देखाईएकाे छ । त्रियुगा नगरपालिकाकाे सहयाेग रहेकाे अन्तरक्रियामा नगरपालिकाका सामाजिक विकास समितिका संयाेजकसमेत रहेका ११ नं. वडाध्यक्ष विश्वराज भट्टराई, १६ नं. वडाध्यक्ष मानबहादुर राई, १० नं. वडाध्यक्ष प्रकास खड्काकाे सहभागिता रह्याे । विभिन्न विद्यालयका प्रधानाध्यपक तथा शिक्षकहरु, नागरिक समाज, प्रहरी, पत्रकार, विद्यार्थि तथा वालवालिकाहरु...
जनता नमुना माबि गुरुङचौरीका अध्यक्षमा पुन ः तामाङ, १ लाख रुपैयाको छात्रवृति कोष स्थापना गर्ने

जनता नमुना माबि गुरुङचौरीका अध्यक्षमा पुन ः तामाङ, १ लाख रुपैयाको छात्रवृति कोष स्थापना गर्ने

शिक्षा, समाचार
पूर्णपुष्टि, बेलका  , पौष १५ जनता नमुना माबि गुरुङ चौरीका अध्यक्ष मनोज तामाङले आफ्नो बिद्यालयमा १ लाख रुपैया बराबरको छात्रबृति कोष स्थापना गर्ने बताएका छन् । विद्यालयको व्यवस्थापन समितिको दोस्रो कार्यकाल पनि सम्महालेका तामाङले विद्यालयमा छात्राबृति कोष स्थापना गर्ने बताएको हो । पौष १५ गते बसेको अभिभावक भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष तामाङले बिपन्न ,गरिब तथा जेहेन्दार बिद्यार्थिहरुका लागि भन्दै उक्त रकम बराबरको अक्षयकोष स्थापना गर्न लागेका बताउनुभयो । अध्यक्ष तामाङको परिवारले यस अघिपनि सार्बजनिक महत्वको बिषयमा निःशुल्क जग्गा दान लगायतका सहयोग प्रदान गर्दै आएका छन् । बिद्यालयको बार्षिक आयव्यय प्रस्तुत संगै विद्यालय व्यवस्थापन समितिको पदाधिकारी समिति गठन समेत  अभिभावक भेलाद्वारा गरेको छ । भेलाले पुरानै कार्यसमितिलाई पुनः दोश्रो कार्यकालको लागि अध्यक्ष तामाङ कै नेतृत्वमा क...
महिला हिंसा (कविता)

महिला हिंसा (कविता)

मनोरञ्जन, शिक्षा
  पार्वती कार्की, रौतामाई गाउँपालिका– ५  हामी सबै सचेत नागरिक बनौं महिला हिंसा बारे हामी सबैले जानौं यौन, लिङ्गभेद जस्तो केस रोकौं महिला माथि हुने विभेद व्यवहारलाई छेकौं महिला भनि कसैले नगर्नु विभेद महिला हिंसालाई गरौं सबैले खेद नारी पनि पुगी सके अन्तरिक्ष चुल्हो चौकामा मात्र नगरौं सरिक सासु ससुरा, देवर नन्द विभेदकारी व्यवहारलाई गरौं आजै बन्द महिला हिंसाको पात्र पुरुष मात्र हैन महिलाको पिडा बुझ्ने सबै महिला छैन त्यसैले हामी पुरुष महिला एक हौं समाजमा महिला हिंसा अन्त्य गरौं । (लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत रौतामाई गाउँपालिका– ५ मा भएकोे वडा स्तरीय कविता प्रतियोगिताको उत्कृष्ट कविता)  ...
चौदण्डीको कालिका माध्यमिक विद्यालयमा कानुन विषयको पढाई सुरु

चौदण्डीको कालिका माध्यमिक विद्यालयमा कानुन विषयको पढाई सुरु

शिक्षा, समाचार
पूणर्पुष्टि, मंसिर २७ चौदण्डीगढी नगरपालिका सिर्वानी स्थित कालिका माध्यमिक विद्यालयले कानुन विषयमा समेत पढाई  सुरु गरेको छ । वडा नं ६ सिर्वानी स्थित शुक्रबार चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत सहित कानून विषय कार्यक्रमको उद्घाटन गर्नुभयो । हाल देशव्यापी रुपमै कानुन विषयको निकै महत्व हुन थालेको छ । चौदण्डीमा मात्रै नभई कानुन विषय जिल्लामै पनि न्युन अध्यान हुेने विषय हो । कालिका माध्यमिक विद्यालयमा कानुन विषयमा समेत पढाई हुन थाले पछि विद्यार्थीहरुको रोजाई अनुसार कानुन विषयमा समेत अध्यान गर्न सजिलो भएको नगर प्रमुख खगेन्द्र राईले बताउनुभयो । आफु पनि कानुन विषयमा निकै रुचि राख्ने भएकाले यो एउटा निकै महत्वपूणर् शिक्षा विषयको सुरुवाती गरेको प्रमुख राईले बताउनुभयो । उहाँले हाम्रो सपना तपाईहरुको पुस्तालाई पुरा हुने गरी तपाईहरुको इच्छा अनुसा...