Wednesday, July 1News That Matters

संसार

बंगलादेशमा मोदीको भ्रमणको विरोध

बंगलादेशमा मोदीको भ्रमणको विरोध

समाचार, संसार
पूर्णपुष्टि, चैत १४  बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोध भएको छ । बंगलादेशमा मोदीको भ्रमणको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा चार जनाको मृत्यु भईसकेको छ । झडपमा धेरै पत्रकारहरू घाइते भएका छन् । चटगांवमा पुलिस र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । चार जना घाइतेलाई अस्पताल लगिएको र उनीहरूको अस्पतालमै मृत्यु भएको जनाईएको छ । भारतीय प्रधानमन्त्री मोदी बंगलादेशको दुई दिने भ्रमणका लागि हिजो ढाका जानुभएको थियो । प्रदर्शनकारी र प्रहरीबीच झडप हुनुभन्दा पहिले प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा ढाकामा विरोध प्रदर्शन भएको थियो ।...
भारतमा फेरि स्वास्थ्य मापदण्डमा थप कडाइ

भारतमा फेरि स्वास्थ्य मापदण्डमा थप कडाइ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ११  भारतले कोरोना भाइरसको सङ्क्रमण पुनः तीव्र रूपमा बढेपछि नयाँ निर्देशिका जारी गरिएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४७ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने दुई सय ७७ जनाको ज्यान गएको छ । गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा भारतमा अहिले ४७ हजारभन्दा धेरै पुगेको हो । अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ । नयाँ निर्देशिका जारी गरिएको भए पनि लागू भने अप्रिलदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । निर्देशिका लागू हुन थालेपछि देशभरि नै परीक्षणको दायरासमेत अझ बढाइने जनाईएको छ । भारतको गृह मन्त्रालयले निकालेको वक्तव्यमा देशका सबै भागमा कोरोना भाइरसविरुद्ध अपनाउनु पर्ने सबै मापदण्ड पालना गर्न गराउन आग्रह...
कोलोराडोमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

कोलोराडोमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, चैत १०  अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणबाट एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । बोल्डर सहरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाईएको छ । उनलाई चोट लागेकाले उपचार भइरहेको जनाईएको छ । आक्रमण के कारणले भयो भन्नेबारे नखुलेको जनाईएको छ ।...
बंगलादेशमा रोहिङ्ग्या शिविरमा भिषण आगलागी

बंगलादेशमा रोहिङ्ग्या शिविरमा भिषण आगलागी

समाचार, संसार
पूर्णपुष्टि, चैत १० बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबै भन्दा ठूलो शिविरमा भिषण आगलागी भएको छ । कक्स बजार नजिकै रहेको शिविरमा आगलागी हुदाँ एक हजारभन्दा धेरै घर जलेर नष्ट भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले धेरै घण्टादेखि प्रयास गरिरहेका छन् । यो शिविरमा घरहरु बाँस र काठले बनेका थिए । यो शिविरमा अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी भएको जनाईएको छ । गत जनवरीमा पनि आगलागीका कारण हजारौँ व्यक्तिहरु घरबारविहीन भएका थिए । तीन वर्ष पहिले म्यानमारमा हिंसाका कारण रोहिङ्ग्या मुसलमानहरू आफ्नो ज्यान बचाउन बंगलादेशमा शरण लिएर बसिरहेका छन् । पछिल्लो समय बंगलादेशको सरकारले केही रोहिङ्ग्या शरणार्थीलाई एउटा टापुमा शिविरहरु बनाएर बसोबासको व्यवस्थासमेत गर्दै आएको छ । नयाँ शिविर कक्स बजारभन्दा सुरक्षित रहेको र बस्ने व्यवस्था राम्रो...
अफगानिस्तान भ्रमणमा अमेरिकी रक्षामन्त्री

अफगानिस्तान भ्रमणमा अमेरिकी रक्षामन्त्री

समाचार, संसार
पूर्णपुष्टि, चैत ९ अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अफगानिस्तानको भ्रमण गर्नुभएको छ । अमेरिकी रक्षा मन्त्रि अस्टिनले अनौपचारिकरूपमा अफगानिस्तानको भ्रमण गर्नुभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फर्किने मिति नजिकिँदै गर्दा भएको अमेरिकी रक्षामन्त्रीको  भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अमेरिकाले गत वर्ष अफगानिस्तानको तालिवान विद्रोहीसँग गरेको सहमति अनुसार यसै वर्षको मेमा सबै अमेरिकी सेनालाई फिर्ता गर्नुपर्नेछ । सेना फिर्ताको तयारीस्वरूप रक्षामन्त्री अस्टिनले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसहित उच्च अधिकारीसँग भेटवार्ता गरेको जनाईएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने अघिल्लो सरकारले गरेको सहमति मिति मे १ मा नै सबै अमेरिकी सैनिक फिर्ता गर्न कठिन हुने बताउँदै आउनुभएको छ । रक्षामन्त्री अस्टिनले यसै हप्ता जापान, भारतलगायतका एसियाली देशक...
भारतमा एकैदिन ४३ हजार सङ्क्रमित पुष्टि

भारतमा एकैदिन ४३ हजार सङ्क्रमित पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ८ भारतमा एकैदिन ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ५३ जना निको भएर डिस्चार्ज भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा भारतमा १ सय ९६ जनाको कोराना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५९ हजार ७ सय ९० भन्दा धेरै पुगेको जनाईएको छ । कोरोनाको सङ्क्रमण अस्वाभाविक रुपमा बढेसँगै भारतका विभिन्न ठाउँमा लकडाउनको घोषणा भएको जनाईएको छ ।...
खोप लगाएको ३ दिनमै पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना

खोप लगाएको ३ दिनमै पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ७ पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना विरुद्धको खोप लगाएको दुई दिनपछि नै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि प्रधानमनित्र खान आइसोलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको जनाईएको छ । प्रधानमन्त्रि खानले बिहीवार मात्रै कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनुभएको थियो ।  उहाँ पछिल्ला दिनमा मास्क नलगाइकनै विभिन्न भेला, बैठक र आमसभामा सहभागी हुँदै आउनुभएको थियो । पाकिस्तानमा पछिल्लो महिनायता सङ्क्रमितको संख्या बढ्दै गएपछि केहि सहरमा आंशिक लकडाउन लगाइएको छ । पाकिस्तानमा अहिलेसम्म ६ लाख १५ हजार जनामा कोरोना पुष्टि भएको छ भने १३ हजार सात सय भन्दा धेरैको ज्यान गइसकेको जनाईएको छ ।...
अमेरिकी राष्ट्रपति बाईडेनद्धारा एसियाली विरोधी जातिवादको निन्दा

अमेरिकी राष्ट्रपति बाईडेनद्धारा एसियाली विरोधी जातिवादको निन्दा

समाचार, संसार
पूर्णपुष्टि, चैत ७ अमेरिकाका राष्ट्रपति जो बाइडेनले एसियाली विरोधी जातिवादको निन्दा गर्नुभएको छ । एटलान्टा क्षेत्रमा गत मंगलबार भएको बन्दुक आक्रमणपछि एसियाली–अमेरिकी नेताहरुसँग जर्जियामा भएको भेटवार्तामा राष्ट्रपति बाईडेनले एसियाली विरोधी जातिवादको निन्दा गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । एटलान्टा क्षेत्रमा भएको आक्रमणमा ६ जना एसियाली महिलासहित आठ जनाको मृत्यु भएको थियो । आक्रमणलाई जातीय विभेदको आरोप लागे पनि प्रहरीले आक्रमणको कारण जातीय विभेद भन्दा पनि एसियाली विरोधी जातीय विभेद भनेको जनाईएको छ । पछिल्ला समयमा एसियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एसियाली मूलका मानिसप्रति अपराध बढेको छ । पूर्वी एसियाली विरुद्धको घृणाजन्य अपराध कोरोना महामारीसँगै उब्जेको र जातीय विभेदले अमेरिकालाई नै संकटमा पारेको राष्ट्रपति बाईडेनले बताउनुभएको...
पानीको अभावले बालबालिकालाई कुपोषण र रोग

पानीको अभावले बालबालिकालाई कुपोषण र रोग

समाचार, संसार
पूर्णपुष्टि, चैत ७ पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम बढेको एक तथ्याङ्कले देखाएको छ । विश्वका ८० भन्दा बढी देशका झण्डै ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसङ्घ बालकोष युनिसेफले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । विश्वका ८० भन्दा धेरै देशका बालबालिकाले पर्याप्त पानी पाउन सकेका छैनन् । विश्वमा हरेक पाँच मध्ये एक बच्चामा पानीको अभाव रहेको पाइएको छ । पाँच बालबालिकामध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्नेगरी पानीको अभाव रहेको युनिसेफको पछिल्लो रिपोर्टमा उल्लेख छ । तुलनात्मक रुपमा पूर्वी र दक्षिणी अफ्रिकामा पानीको अभाव बढी छ । पूर्वी र दक्षिण अफ्रिकामा ५८, पश्चिम र मध्य अफ्रिकामा ३१, दक्षिण एसियामा २५ र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको पाइएको छ । दक्षिण एसियामा झण्डै १५ करोड ५० लाख बा...
एस्ट्राजेनेकाको खोप नरोक्न डब्ल्यूएचओ आह्वान

एस्ट्राजेनेकाको खोप नरोक्न डब्ल्यूएचओ आह्वान

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न आह्वान गरेको छ । एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि डब्ल्यूएचओले खोपले रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताइसकेको छ । युरोपका एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाउँदा ४० भन्दा कम मानिसमा रगत जम्ने समस्या देखिएको थियो । त्यो खोपसँग सम्बन्धित नरहेको डब्ल्यूएचओको भनाइ रहेको जनाईएको छ । बेलायतले यसअघि नै एस्ट्राजेनेकाको खोप रोकिसकेको छ भने डेनमार्क, नर्वे, आइसल्याण्ड्स, इटली र रोमानीयाले पनि एस्ट्राजेनेकाको खोप लगाउन रोकेका छन् । त्यसैबीच थाइल्याण्ड्स...