Friday, May 22News That Matters

संसार

दिल्लीमा स्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरी परिचालन

दिल्लीमा स्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरी परिचालन

समाचार, संसार
पूर्णपुष्टि, भदौ २५ भारतको नयाँ दिल्लीमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न र गराउन प्रहरी परिचालन गरिने भएको छ । हरेक प्रहरी युनिटमा कोभिड १९ को महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराउने बारेमा एक प्रहरी टिम परिचालन गरिने भएको हो । स्वास्थ्य मापदण्ड पालना नहुने क्रम बढेपछि कडाइका लागि प्रहरी खटाउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब स्वास्थ्यका मापदण्ड पालना नगरे कडा कारबाही गरिने दिल्ली प्रहरीले जनाएको छ ।...
अफगानिस्तानको उपराष्ट्रपतिलाई लक्षित गरी बम विस्फोट

अफगानिस्तानको उपराष्ट्रपतिलाई लक्षित गरी बम विस्फोट

समाचार, संसार
पूर्णपुष्टि, भदौ २४ अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएकोे छ । उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरेर गराएको बम विस्फोटमा सालेह र एक अफगानिस्तानको पूर्वगुप्तचर सेवा प्रमुखलाई सामान्य चोट लागेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । मृत्यु हुने र घाइते हुनेहरुमा उपराष्ट्रपति सालेहका अङ्गरक्षकहरु पनि रहेका जनाईएको छ । अफगानिस्तानका अधिकारी र तालिबानले पहिलो औपचारिक वार्ता सुरु गर्न तयारी गरिरहेको बेला बम विस्फोट भएको हो । सालेह तालिबानका मुख्य विरोधीको रूपमा चिनिनुहुन्छ । तर तालिबानले भने आफूले बम विस्फोट नगराएको दाबी गरेको छ । बम विस्फोटपछि उपराष्ट्रपति सलेहले आफ्नो एउटा हात सामान्य जलेको र आफूलाई लक्षित गरी आक्रमण भए पनि राजनीतिक यात्रा नरोकिने बताउनुभएको छ । अफगानिस्तानका अधिकारीहरुले राजनीतिक सहमतिसम्म पुग्नका लागि कतारको दोहामा ...
बेलायतमा ६ जना भन्दाबढी भेला भए जरिवाना

बेलायतमा ६ जना भन्दाबढी भेला भए जरिवाना

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४ बेलायतमा सार्वजनिक स्थानमा ६ जना भन्दा धेरै मानिस भेला भए जरिवाना तिर्नु पर्ने छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले आउँदो सोमबार अर्थात १४ सेप्टेम्बरदेखि ६ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय कार्यान्वयन गर्न लागेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । सरकारले गरेको निर्णय उल्लङ्घन गर्ने र प्रहरीको आग्रहलाई नटेर्नेलाई एक सय देखि ३२ सय युरोसम्म जरिवाना तिराइने जनाईएको छ । उक्त जरिवाना रकम नेपालीमा चार लाख ४४ हजार रुपैयाँ हुन आउँछ । यसबारेमा थप जानकारी आज प्रधानमन्त्री बोरिस जोनसोनले दिने संचारमाध्यमहरुले जनाएको छ । यसअघि कोरोना संक्रमण रोक्न प्रहरीलाई विशेष रुपमा अधिकार दिएर भेलाहरु रोक्नुपर्ने बारिसले बताएका थिए । बेलायतमा होटल तथा रेष्टुरेन्ट खोल्न पाइने छ । तर एउटै समूहमा ६ जना भन्दा धेरै बस्न पाइनेछैन । ६ जना भन्दा धेरै भेला हुन नपाउने नियम स्कुल, ...
अमेरिकामा डढेलो फैलदै

अमेरिकामा डढेलो फैलदै

समाचार, संसार
पूर्णपुष्टि, भदौ २४ अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो तिब्र रुपमा फैलिएको छ । तीन हप्ता अघि शुरु भएको डढेलो २० लाख हेक्टर क्षेत्रमा फैलिएको हो । डढेलोबाट आठ जनाको मृत्यु भईसकेको क्यालिफोर्नियाको वन विभागले जनाएको छ । डढेलोले ३ हजार ३ सयभन्दा धेरै संरचनामा क्षति पुगेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । एउटै मौसममा यति ठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलोपटक भएको विभागले जनाएको छ । विभागले हावाहुरीको कारण डढेलो नियन्त्रणमा लिन समस्या भएको जनाएको छ । यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको जनाईएको छ । क्यालिफोर्नियाको विभिन्न एक हजार भन्दा धेरै ठाउँमा डढेलो लागिरहेको छ । यस्तै २२ वटा काउण्टीमा बिजुली काटिएको छ । त्यहाँ एक लाख ७० हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् । डढेलो धेरै लागेको कतिपय ठाउँमा आपतकालीन स्थितिको घोषणा गरिएको छ ।...
मानिस विरामी परेपछि अक्सफोर्डले कोरोना खोप परीक्षण रोक्यो

मानिस विरामी परेपछि अक्सफोर्डले कोरोना खोप परीक्षण रोक्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४ अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका एक जना व्यक्ति बिरामी परेपछि क्लिनिकल परीक्षण स्थगित भएको छ । खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँका करिब ३० हजार मानिसमा परिक्षण गरेकामध्ये एक जना बिरामी परेपछि सबै ठाउँमा भइरहेको परीक्षण रोकेर स्वतन्त्र जाँचको तयारी थालेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । जाँचपछि सुरक्षा मानकको समिक्षा गरेर मात्रै परीक्षण पुनः शुरु गर्ने वा नगर्ने निर्णय हुने जनाईएको छ । यो घटनाले सबैभन्दा पहिले प्रयोगमा आउने र सुरक्षित हुने ठानिएको खोपको परीक्षण नै स्थगित भएपछि कोरोना विरुद्धको अभियानमा धक्का लागेको संचारमाध्यमहरुले जनाएका छन् । अहिले विश्वभरमा करिब एक दर्जन ठाउँमा कोरोना विरुद्धको खोपको परीक्षण भैरहेको छ । तीमध्ये सबैभन्दा अगाडि अक्सफोर्ड विश्वविद्यालयको परीक्षण रहेको...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४ विश्वमा कोरोना संक्रममणबाट मृत्यु हुनेको सख्ंया नौ लाख नाघेको छ । गत २४ घण्टामा चार हजार दुई सय सात जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख सात सय ६३ जना पुगेको हो । गएको २४ घण्टामा दुई लाख ३४ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७७ लाख १५ हजार भन्दा धेरै भएको वल्डोमिटरले जनाएको छ । उक्त सङ्क्रमितमध्ये एक करोड ९८ लाख दुई हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ सङ्क्रमित थपिएका र एक हजार एक सय सात जनाको मृत्यु भएको वल्डोमिटरले जनाएरको छ । अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक सङ्क्रमण र मृत्यु हुनेको संख्या घट्दै गए पनि भारतमा भने केही दिनदेखी उच्च संख्यामा बिरामी...
जरिवाना तिर्न नसक्दा टिकट काटेका ७० जना यूएईमै रोकियो

जरिवाना तिर्न नसक्दा टिकट काटेका ७० जना यूएईमै रोकियो

समाचार, संसार
पूर्णपुष्टि, भदौ २३ जरिवाना तिर्न नसक्दा नेपाल एअरलाइन्समा स्वदेश फर्कन टिकट काटेका ७० जना यूएईमै रोकिएका छन् । समय अवधिभित्र स्वदेश फर्कन नपाउँदा लागेको ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा टिकट काटिसकेका ७० जना यूएईमै रोकिएको नेपाल एअरलाइन्सले जनाएको छ । कोरोना भाइरसको महामारीका कारण समय अवधिभित्र स्वदेश नफर्कंदा भिसा सकिएपछि जति दिन बसेको हो त्यसअनुसार प्रत्येक दिन बापतको जरिवाना तिर्न नसक्दा उनीहरु रोकिएको जनाईएको छ । टिकट काटेर घर फर्कन विमानस्थल पुगिसकेका नेपालीहरु यूएईको अध्यागमनमा जरिवाना बापतको रकम बुझाउन नसक्दा बिमानस्थलमै अड्किने क्रम बढेको छ । यूएईबाट हिमालय एअरलाइन्स, फ्लाई दुबई र एअर अरेबियाले पनि उडान भरिरहेका छन् । यी एअरलाइन्समार्फत घर फर्कन टिकट काटेकाहरु पनि जरिवाना तिर्न नसक्दा फर्कन पाएका छैनन् । यूएईले मार्चभन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना मिनाह गरि...
रुसमा बन्दै गरेको कोरोनाविरुद्धको खोप भारतमा परीक्षण हुने

रुसमा बन्दै गरेको कोरोनाविरुद्धको खोप भारतमा परीक्षण हुने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २३ रुसमा बन्दै गएको कोरोना भाइरसविरुद्धको खोप भारतमा पनि परीक्षण हुने भएको छ । स्पुनिक पाँच नाम दिइएको खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीले बताएका छन् । भारत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको जनाईएको छ । यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको जनाएको छ । यो परीक्षणको नतिजा आउँदो अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने जनाएको छ ।...
टी–२० क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डको जित

टी–२० क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ २२ अष्ट्रेलियासँगको टी–२० क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डले जित हात पारेको छ । गतराति भएको दोस्रो खेलमा ६ विकेटले जित हात पारेको हो । साउथह्याम्टनमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट बनाएर एक सय ५७ रन बनाएको थियो । ३ रन बनाउँदा २ विकेट गुमाएको अष्ट्रेलियाले निकै खराब सुरुवात गरेको थियो । तर एरोन फिन्चको ४० र मार्कुस स्टोनिसको ३५ रन मद्दतमा एक सय ५७ रनको मध्यम स्कोर बनाएको थियो । तर एक सय ५८ रनको लक्ष्य इंल्याण्डले चार विकेट गुमाएर ७ बल अघि नै भेटायो । जोस बटलरले नटआउट ७७ रन बनाए । पहिलो खेल इंल्याण्डले दुई रनले जितेको थियो ।...
बेलायतको बर्मिङ्घममा चक्कु आतंक

बेलायतको बर्मिङ्घममा चक्कु आतंक

समाचार, संसार
पूर्णपुष्टि, भदौ २१ बेलायतको बर्मिङ्घम सिटी सेन्टरमा चक्कु आतंक भएको छ । सिटी सेन्टरमा कैयौँ व्यक्तिमाथि चक्कु प्रहार भएको हो । यस घटनालाई स्थानीय प्रहरीले ठूलो घटनाको संज्ञा दिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । यो आक्रमण कसले गराएको र आक्रमणमा कति जना, कुन हदसम्म घाइते भए भन्ने कुरा अहिलेसम्म खुलिनसकेको जनाईएको छ । घटनामा कैयौँ व्यक्ति घाइते भएको खबर प्राप्त गरेको प्रहरीले जनाएको संचारमाध्यमहरुले जनाएका छन् । तर कति जना घाइते भए र कस्तो अवस्था छ भन्ने स्थितिमा थाहा नभएको जनाईएको छ । प्रहरीले घटनास्थलमा आपत्कालीन सेवाको प्रबन्ध गरिएको र घाइतेहरुको उपचार सुरु गरिएको जनाएको छ । प्रहरीले स्थानीयहरुलाई शान्त र सतर्क रहन आग्रह गरेको जनाईएको छ ।...