Friday, May 22News That Matters

संसार

विश्वमा कोरोना सङ्क्रमणबाट ८ लाख भन्दा बढीको मृत्यु

विश्वमा कोरोना सङ्क्रमणबाट ८ लाख भन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
 पूर्णपुष्टि,  भदौ ६ विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ३ हजार ३ सय ७४ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म २ करोड ३१ लाख ३० हजार ४ सय भन्दा धेरै मानिस संक्रमित भएका छन् । उक्त सङ्क्रमितमध्ये १ करोड ५७ लाख २२ हजार ७ सय भन्दा धेरै उपचारपछि निको भएको जनाईएको छ । कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ५७ लाख ९६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुदा एक लाख ७९ हजार २ सय जनाको मृत्यु भएको जनाईएको छ । त्यस्तै, ब्राजिलमा ३५ लाख ३६ हजार ४ सय भन्दा धेरै सङ्क्रमित छन् भने भारतमा अहिलेसम्म २९ लाख ७९ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । भारतमा कोरोना संक्रमणबाटा ५५ हजार ९ सय भन्दा बढी मानिसको मृत्यु भएको जनाईएको छ ।...
स्पेनिस क्लबको पोल्टामा युरोपा लिगको उपाधि

स्पेनिस क्लबको पोल्टामा युरोपा लिगको उपाधि

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ ६ युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले हात पारेको छ । गतराति जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलले पछि पार्दै सेभियाले उपाधि हात पारेको हो । सेभियालाई जित दिलाउन लुक डे जोङले दुई र डिएगो कार्लोसले एक गोल गरे । यस्तै इन्टर मिलानका लागि रोमेरो लुकाकु र डिएगो गोडीनले एक/एक गोल फर्काए । सेभियाले छैठौं पटक युरोपा लिगको उपाधि हात पारेको छ । यसअघि सेभियाले सन् २०१६ मा युरोपा लिग जितेको थियो । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम बनेको छ । सन् १९९८ मा युरोपा लिग जितेको इन्टर मिलानले पछिल्लो ९ वर्षयता कुनै पनि उपाधि जित्न सकेको छैन ।...
कोरोना २ वर्षभित्र नियन्त्रणमा आउने : डब्लूएचओ

कोरोना २ वर्षभित्र नियन्त्रणमा आउने : डब्लूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ६ अबको दुई वर्षभित्रमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आशा गरेको छ । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेसस बताएका छन् । अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा लिन सक्ने उनले बताए । स्पेनिस फ्लू पनि दुई वर्षमा नियन्त्रणमा आएको थियो । अबको दुई वर्षमा कोरोनालाई पनि नियन्त्रण गर्न सकिने एउटा आशा देखिएको बताएका छन् । एक अर्कोको सम्पर्कमा आएकै कारण विश्वमा कोरोना फैलिएको पनि उनले बताए । स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० सम्ममा कम्तीमा पाँच करोड मानिसको मृत्यु भएको थियो । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको मृत्यु भईसकेको छ ।...
अमेरिकी राष्ट्रपति ट्रम्पका पूर्व सल्लाहकार ब्यानन् ठगी आरोपमा पक्राउ

अमेरिकी राष्ट्रपति ट्रम्पका पूर्व सल्लाहकार ब्यानन् ठगी आरोपमा पक्राउ

समाचार, संसार
पूर्णपुष्टि, भदौ ५ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी आरापमा पक्राउ परेको छ । व्यानन् माथी मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाएको र त्यसमा ठगी गरेको आरोप लागेको छ । यो अभियोगमा ब्यानन् सहित चार जनालाई न्यूयोर्क प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । उनीहरुमाथि ‘वी विल्ड द वाल’ अभियान अन्तर्गत सङ्कलन भएको रकम अनियमित गरेको आरोप लागेको जनाईएको छ । राष्ट्रपति ट्रम्पले समेत निकै महत्व दिनुभएको पर्खाल लगाउने योजनाका लागि वी विल्ड द वाल अभियानले २५ मिलियन अमेरिकी डलर सङ्कलन गरेको अमेरिकाको न्याय विभागले जनाएको छ । सङ्कलन भएको रकम मध्ये ब्याननले १० लाख भन्दा बढी डलर लिएको र त्यो रकम उनले व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको आरोप लागेको जनाईएको छ । ब्याननले अदालतमा आफू दोषी नरहेको भन्दै अपिल ...
भारतमा एकैदिन ६८ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

भारतमा एकैदिन ६८ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ५ भारतमा एकै दिन ६८ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६८ हजार पाँच सय भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको संचारमाध्यमहरुले जनाएको छ । त्यस्तै भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट नौ सय ८१ जनाको मृत्यु भएको जनाईएको छ । भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भईसकेको छ भने ५४ हजार नौ सय ७५ जनाको मृत्यु भईसकेको छ ।...
भारतले कश्मीरबाट १० हजार सैनिक फिर्ता गर्ने

भारतले कश्मीरबाट १० हजार सैनिक फिर्ता गर्ने

समाचार, संसार
पूर्णपुष्टि, भदौ ४ भारतले कश्मिरबाट १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ । गत वर्ष भारत प्रशासित प्रशासित कश्मीरको विशेष अधिकार दिने अनुच्छेद ३७० हटाएको भारतले त्यहाँ रहेका १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अनुच्छेद ३७० हटाएपछि केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा कानुनी व्यवस्था बनाइराख्न हजारौं सुरक्षाकर्मी तैनाथ छन् । उनीहरुलाई जम्मू कश्मीरबाट फिर्ता बोलाएर सम्बन्धीत ठाउँमा पठाउन केन्द्रिय गृह मन्त्रालयले आदेश दिएको जनाईएको छ । कश्मीरमा लगातार चरमपन्थी हमला, इन्काउन्टर र राजनीतिक कार्यकर्ताको हत्या भैरहेका बेला यो आदेश आएको हो ।...
विश्वमा डेढ करोड भन्दा धेरै कोरोनामुक्त

विश्वमा डेढ करोड भन्दा धेरै कोरोनामुक्त

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ४ विश्वको विभिन्न देशमा फैलिएको कोरोना भाईसबाट उपचारपछि निको हुनेको संख्या डेढ करोड नाघेको छ ।  विश्वमा अहिलेसम्म दुई करोड २५ लाख मानिसमा संक्रमण पुष्टि भएका मध्ये एक करोड ५३ लाख भन्दा धेरै उपचारपछि निको भएको वर्ल्डोमिटरले जनाएको छ । त्यस्तै उक्त सङ्क्रमितमध्ये सात लाख ९१ हजारको मृत्यु भएको जनाईएको छ । अहिले उपचार गराइरहेका ६४ लाख ८६ हजारमध्ये एक प्रतिशत अर्थात् साढे ६१ हजारको अवस्था जटिल रहे पनि बाँकी ६४ लाखको अवस्था सामान्य रहेको जनाईएको छ । सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि भएकामध्ये एक लाख ७६ हजारको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा साढे ३४ लाखमा कोरोना पुष्टि भएकामध्ये एक लाख ११ हजारको मृत्यु भएको छ । त्यस्तै भारतमा २८ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि हुँदा करिब ५४ हजारको मृत्यु भएको जनाईएको छ ।...
भारतमा एकै दिन साढे ६९ हजारमा कोरोना संक्रमण पुष्टि

भारतमा एकै दिन साढे ६९ हजारमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ४ भारतमा एकै दिन साढे ६९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ६ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमितको संख्या २८ लाख ३५ हजार नाघेको छ । त्यस्तै गत २४ घण्टामा थप ९ सय ७७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ हजार नाघेको मन्त्रालयले जनाएको छ । संक्रमित धेरै भएका देशको सूचीमा भारत तेस्रो स्थानमा छ । सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि हुँदा १ लाख ७६ हजारको मृत्यु भएको छ । त्यसतै ब्राजिलमा साढे ३४ लाखमा कोरोना पुष्टि भएका मध्ये १ लाख ११ हजारको मृत्यु भएको छ ।...
बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ ४ बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । राति भएको खेलमा लियोनलाई ३–० गोलले पछि पार्दै बायर्न फाइनलमा प्रवेश गरेकोे हो । बायर्नको जितमा सर्ज गनाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । अब च्याम्पियन्स लिगको उपाधिको लागि बायर्न र पेरिस सेन्ट जर्मेन (पीएसजी) आउँदो आइतबार खेल्नेछन् । पहिलो सेमिफाइनलमा आरबी लेइप्जिगलाई ३–० गोलले पछि पार्दै पीएसजी फाइनल पुगेको थियो ।...
अमेरिकी राष्ट्रपति उमेदवारमा डेमोक्र्याटिक पार्टीका जो बाइडन

अमेरिकी राष्ट्रपति उमेदवारमा डेमोक्र्याटिक पार्टीका जो बाइडन

समाचार, संसार
पूर्णपुष्टि, भदौ ३ अमेरिकी राष्ट्रपतिको उमेदवारका लागी डेमोक्र्याटिक पार्टीले जो बाइडेनलाई औपचारिक रुपमा अनुमोदन गरेको छ । पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । कोरोना भाइरसको महामारीले गर्दा डेमोक्र्याटिक पार्टीले ठूलो सभा गर्नुको साटो यस पटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ । पार्टीका निर्वाचित प्रतिनिधिहरुले भर्चुअल विधिबाटै ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेको जनाईएको छ । अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।...