Friday, May 22News That Matters

संसार

कुवेतले अगष्ट ३१ पछि भिसाको अवधि नथप्ने

कुवेतले अगष्ट ३१ पछि भिसाको अवधि नथप्ने

समाचार, संसार
पूर्णपुष्टि, भदौ ३ कुवेत सरकारले अगष्ट ३१ पछि भिसाको अवधि सकिएका आप्रवासी श्रमिकको भिसाको म्याद नथप्ने भएको छ । यसअघि कोरोना महामारीका कारण भिसाको म्याद थप गरे पनि आगामी अगष्ट ३१ पछि नथप्ने कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ । यसअघि कुवेतले भिसाको म्याद सकिएको आप्रवासीको भिसा अवधि स्वतः नवीकरण गरेको थियो । तर त्यो समय अगष्ट ३१ देखि सकिंदैछ । यो निर्णयबाट ४ लाख ५ हजार आप्रवासी श्रमिकले फाइदा लिएका कुवेतले जनाएको छ । त्यस्तै करिब २ लाख ६० हजार श्रमिकले आन्तरिक मन्त्रालयको वेवसाइटबाट भिसा नवीकरण गरेका छन् । तर पनि करिब १ लाख ४५ हजार आप्रवासी श्रमिकले यस अवसरको फाइदा नउठाएको कुवेतको अनुमान गरेको छ । भिसा नविकरण नगरेकाहरुलाई आन्तरिक मन्त्रालयको वेवसाइटबाट जतिसक्दो छिटो भिसा नवीकरणका लागि निवेदन दिन अनुरोध गरिएको छ । भिसा नवीकरण नगर बसोबासको नियम उल्लङ्घन गरेको मानिने र कानुनी झन्झ...
वर्षको अन्तिमसम्म कोरोना विरुद्धको खोप बजारमा ल्याउने : चीन

वर्षको अन्तिमसम्म कोरोना विरुद्धको खोप बजारमा ल्याउने : चीन

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ३ चीनले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरस विरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ । चीनीया कम्पनी सिनोफार्मले खोपको तेस्रो चरणको परीक्षण चलिरहेको र यो वर्षसम्मको अन्त्यमा बजारमा आइसक्ने घोषणा गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । सिनोफार्म कम्पनीले बनाइरहेको खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स यूएईमा चलिरहेको छ । सिनोफार्मका प्रमुख लिउ जिंगझेन आफैँले पनि परीक्षणका लागि खोप लागएको र अहिलेसम्म कुनै नकारात्मक असर नगरेको जनाईएको छ । बेइजिङ र वुहानमा एक वर्षमा क्रमश १०.२ करोड र १० करोड डोज खोप उत्पादन गर्ने प्रयोगशाला रहेको चीनले दाबी गरेको छ । यो खोप दुई डोज लगाए बापत एक हजार युआन अर्थात एक हजार ७ सय रुपैयाँ पर्नेछ । अहिले विश्वमा करिब २ सय वटा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण चलिरहेको छ भने २० भन्दा धेरै मानव परीक्षणको चरणमा रहेका जन...
भारतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २ भारतमा कोरोना संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ । समग्र संक्रमितको संख्या २७ लाख दुई हजार ७ सय ४३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ५५ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ७६ जनाको मृत्यु भएको जनाईएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ हजार ७ सय ९७ पुगेको छ । अहिलेसम्म भारतमा १९ लाख ७७ हजार ७ सय ८० जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् । अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो ।  ...
युरोपा लिगको फाइनलमा इन्टर मिलान प्रवेश

युरोपा लिगको फाइनलमा इन्टर मिलान प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ २ युरोपा लिगको फाइनलमा इन्टर मिलान प्रवेश गरेको छ । गतराति भएको खेलमा सख्तर डोनेस्कलाई ५–० गोलले पछि पार्दै इन्टर मिलान फाइनलमा प्रवेश गरेको हो । जर्मनीमा भएको खेलमा इन्टर मिलानको जितमा मार्टिनेज र रोमेलु लुकाकुले दुईरदुई गोल गरे । एक गोल डानिलोले गरे । खेलको १९ औं मिनेटमा निकोलो बारेलाको पासमा मार्टिनेज प्रहार गरेको पहिलो प्रहारलाई साख्तरका गोलकिपरले बचाएका थिए । तर त्यसपछि पनि मार्टिनेजले दोस्रो प्रयासमा गोल गरे । इन्टर मिलान नौ वर्षपछि युरोपा लिगको उपाधि उचाल्ने योजनामा रहेको छ । अब उपाधिका लागि स्पेनिस क्लब सेभिल्लासँग शुक्रबार खेल्नेछ ।...
चीनले पहिलो कोरोना खोपको सर्वाधिकार पायो

चीनले पहिलो कोरोना खोपको सर्वाधिकार पायो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १ चीनको क्यानसिनो बायलजिक्स कर्पाेरेशन कम्पनीको कोरोना खोप एडी५–एनसीओभी -Ad5-nCOV_ ले पहिलो आविष्कार ‘पेटेन्ट’ सर्वाधिकारका लागि मञ्जुरी पाएको छ । बौद्धिक सम्पदा नियामक संस्थाले ११ अगस्ट तारिखमा क्यानसाइनको खोपको सर्वाधिकारका लागि मञ्जुरी दिएको हो । चीनले यस अघि कुनै कोभिड–१९ को लागि कुनै पनि खोपलाई मञ्जुरी दिएको थिएन । यो पहिलो पटक हो । यद्यपि यसलाई वैज्ञानिक उपलब्धि नभइ व्यावसायिक उपलब्धि मानिएको छ । यो सर्वाधिकारको कारण कसैले अब यो खोपको नक्कल गर्न पाउने छैन तर क्लिनिकल परीक्षणमा अघि बढ्नको लागि सर्वाधिकार हुनु कुनै अनिवार्य मापदण्ड नभएको वाल्टर एण्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्रोफेसर मार्क पेलेग्रिनीले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । खोपले मञ्जुरी पाएको खबर आएपछि सोमबार बिहान क्यानसाइनोको हङकङको शेयरमा १४ प्रतिशत र दिउँसोसम्म...
यूएईद्धारा भिसाको म्याद सकिएर गैरकानुनी भएकालाई थप तीन महिनाको आममाफी

यूएईद्धारा भिसाको म्याद सकिएर गैरकानुनी भएकालाई थप तीन महिनाको आममाफी

समाचार, संसार
पूर्णपुष्टि, भदौ १ यूएईले भिसा सकिएर गैरकानुनी भएका विदेशी नागरिकलाई थप तीन महिनाको आममाफी दिएको छ । मार्च १ भन्दा अघि टुरिष्ट र रेसिडेन्ट भिसा सकिएर गैरकानुनी हैसियतमा बसिरहेका विदेशी नागरिकलाई यूएईले तीन महिनाको आममाफी दिएको हो । यूएईले भिसा सकिएका तर कोरोनाको कारण घर फर्कन नपाएकालाई मे १८ देखि अगष्ट १८ सम्म देश छाड्न समय दिएको थियो । यो समयमा घर फर्कनेलाई जरिबाना नगर्ने जनाएको थियो । अब यूएईले यही समयलाई थप तीन महिना थप्दै नोभेम्बर १७ सम्म पु¥याएको जनाईएको छ । तोकिएको समयमा देश छाडेर स्वदेश फर्किएमा ओभरस्टे बापतको सबै जरिबाना शुल्क पनि मिनाहा गरिदिने यूएईले जनाएको छ । यूएईले यो समयको सदुपयोग गर्दै स्वदेश फर्किएर जरिबानाबाट बच्न सबै गैरकानुनी विदेशी नागरिकलाई अनुरोध गरेको छ । यो अवसर मार्च १ भन्दा अघि भिजिट, टुरिस्ट भिसा र बसोबासको भिसा सकिएकाको हकमा लागू हुनेछ । तर यो नियम म...
न्यूजिल्याण्डको आम चुनाव १ महिना पछी

न्यूजिल्याण्डको आम चुनाव १ महिना पछी

समाचार, संसार
पूर्णपुष्टि, भदौ १ कोरोना सङ्क्रमित फेरि देखिन थालेपछि न्यूजिल्याण्डको आम चुनाव एक महिना पछाडि सरेको छ । कोरोना सङ्क्रमितहरु पुन देखिन थालेपछि चुनाव एक महिनापछिका लागि सारिएको प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले घोषणा गर्नुभएको हो । न्यूजिल्याण्डमा आउँदो सेप्टेम्बर १९ मा आम चुनाव हुने भनिएको थियो । अब अक्टोबर १७ का लागि मतदानको मिति तोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चुनावको नयाँ मितिले चुनावी अभियान चलाउन अवसर दिने जनाईएको छ । कोरोना भाइरसका सङ्क्रमित देखिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन गरिएको छ । न्युजिल्याण्डमा सङ्क्रमितको सङ्ख्या १६ सय २२ रहेको छ भने कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भईसकेको छ ।...
युरोपा लिगको फाइनलमा सेभिल्ला प्रवेश

युरोपा लिगको फाइनलमा सेभिल्ला प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ १ युरोपा लिग फुटबलको फाइनलमा सेभिल्ला प्रवेश गरेको छ । गतराति भएको खेलमा म्यान्चेष्टर युनाइटेडलाई २–१ गोलले पछि पार्दै सेभिल्ला फाइनलमा प्रवेश गरेको हो । खेलको २६ औँ मिनटमा सेभिल्लाका फर्नान्डेज सुसोले गोल गरेको थियो । पहिलो हाफ बराबरी भए पनि खेलको ७८ औं मिनेटमा डी जोङले गोल गरेपछि सेभिल्ला लिगको फाईनलमा प्रवेश गरेको थियो । अब म्यान्चेष्टर युनाइटेडको यस सिजनको ठूलो उपाधि जित्ने सम्भावना सकिएको छ । सेभिल्लाले उपाधिका लागि अब सख्तर डोनेस्क र इन्टर मिलानबीचको विजेतासँग खेल्नेछ ।...
उत्तर प्रदेशका मन्त्री चौहानको कोराना संक्रमणबाट मृत्यु

उत्तर प्रदेशका मन्त्री चौहानको कोराना संक्रमणबाट मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १ भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमणबाट ७२ वर्षीय चौहानको मृत्यु भएको जनाईएको छ । पूर्व भारतीय क्रिकेटसमेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । चौहानको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा हुँदै आएको थियो । उनलाई कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी राखिएको थियो । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटरको रुपमा स्मरण गर्दै पछि मेहनती राजनेता बनेको बताएका छन् । उनले चौहानको अन्त्येष्टि मंगलबार हुने जानकारी दिएका छन् ।...
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३२ भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय ५० जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार ९९ पुगेको वल्ड्रोमिटरले जनाएको छ । भारतको स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म ४९ हजार ९ सय ८० जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको छ । त्यस्तै सङ्क्रमित धेरै भएका देशको सूचीमा तेस्रो स्थानमा रहेको भारतमा सङ्क्रमितको सङ्ख्या २५ लाख ९० हजार नाघेको छ । उक्त संक्रमित मध्ये १८ लाख ६२ हजार जना उपचारपछि निको भएका छन् । अहिले विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड १६ लाख नाघेको छ । जसमध्ये १ करोड ४३ लाख उपचारपछि निको भएका छन् भने ७ लाख ६८ हजारको मृत्यु भएको छ ।...