Wednesday, May 20News That Matters

संसार

जी सेभन शिखर सम्मेलनमा इरानी विदेशमन्त्रीको भ्रमण

जी सेभन शिखर सम्मेलनमा इरानी विदेशमन्त्रीको भ्रमण

समाचार, संसार
भदौ ९ गते । फ्रान्समा भएको जी सेभन शिखर सम्मेलनमा इरानका विदेशमन्त्रीले संक्षिप्त भ्रमण गरेको छ । विश्वका सात ठूला अर्थतन्त्र भएका राष्ट्रहरुको सम्मेलनमा ईरानका विदेश मन्त्रि जावेद जरिफ सहभागी भएको हो । सम्मेलनमा अमेरिकी राष्ट्रपतिसहित नेताहरू भेला भएका थिए । विदेशमन्त्रि जरिफको भ्रमणले अमेरिकी प्रतिनिधिमण्डल आश्र्चयचकित भएको छ । ईरानसँग अमेरिकाको तनाव चलेको बेला राष्ट्रपति ट्रम्प सहभागी भएकै सम्मेलनमा जरिफले सहभागिता जनाएका हुन् । जरिफले एक ट्विट गर्दै फ्रान्सका समकक्षी र राष्ट्रपति दुवैसँग रचनात्मक वार्ता भएको जनाएको छ । अगाडिको बाटो कठिन छ तर प्रयास गर्नुपर्ने पनि छ भने जर्मनी र ब्रिटेनका अधिकारीहरूसँग पनि संक्षिप्त भेटघाट गरेको उल्लेख गरेका छन् । वाशिङ्टनले सन् २०१५ मा इरानको पारमाणविक गतिविधिलाई सीमित बनाउने सम्बन्धी सम्झौताबाट फिर्ता हुने निर्णय गरेपछि दुई देशको सम्बन्ध...
भारतीय पूर्व अर्थमन्त्रीको निधन

भारतीय पूर्व अर्थमन्त्रीको निधन

समाचार, संसार
भदौ ७ गते । भारतको पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा शनिबार दिउँसो निधन भएको हो । ६६ वर्षीय जेटली लोकसभाका सांसाद पनि हुन् । उनी १५ दिन पहिला अस्पतालमा भर्ना भएको थियो । जेटलीलाई श्वास–प्रश्वास पिडित रहेको सञ्चार माध्यमहरुले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेको थियो । तर स्वास्थ्य अवस्था कमजोर भएको भन्दै आफैले कुनै पनि जिम्मेवारी नलिने जनाएको थियो ।...
गैरकानुनी रुपमा बाँध विस्तार

गैरकानुनी रुपमा बाँध विस्तार

समाचार, संसार
भदौ ५ गते । नेपाल–भारत सिमाना रौतहटको इशनाथमा भारतले गैरकानुनी रुपमा बाँध विस्तार गरेको छ । ईशनाथ नगरपालिकाको औरैयामा बाँध विस्तार गरेको हो । गैरकानुनी रुपमा भारतले निर्माण गरेको बाधले बाढीको पिडा भुल्न नपाउँदै भारतीय पक्षले मर्मतको बाहनामा बाँध विस्तार गरेपछि स्थानीय त्रसित बनेका छन् । वर्षापछि आएको बाढीले बाँध कमजोर बनाएको भन्दै मर्मत गर्ने बाहनामा भारतले बाँध विस्तार गरेको हो । औरैयामा रहेको जङ्गे पिलर ३४७ देखि बलुवा हुँदै बन्जरहासम्म गैर कानूनी रुपमा भारतीय पक्षले बाँध विस्तार गरेको स्थानियले बताएका छन् । १९ सय मिटर लम्बाई भएको सिमा क्षेत्रमा निर्माण गरिएको बाधमा भारतले सिमेन्टका बोरामा माटो, ढुङ्गा भरेर दुवै तर्फ जगको चौडाइ बढाउने काम गरेको स्थानियबासीले बताएका छन् । बाँधमा पानीको निबास समेत नरहेको स्थानीयले बताएका छन् । सीमाक्षेत्रमा भारतीय पक्षले बाँध मर्मतको नाममा...
सुरक्षा बारबाहिमा बस बन्धक बनाउनेको मृत्यु

सुरक्षा बारबाहिमा बस बन्धक बनाउनेको मृत्यु

समाचार, संसार
भदौ ४ गते । ब्राजिलको रिओ दि जेनेरोमा एक यात्रुवाहक बस अपहरण गर्ने व्यक्तिका सुरक्षा बारबारीमा मृत्य भएको जनाईएको छ । तीन घण्टादेखि बसलाई कब्जामा लिने व्यक्तिलाई मारिदिएको सेना प्रहरीले जनाएको हो । प्रहरीले ट्विटरमा एकजना निसानेबाजले बस अपहरणकर्तालाई मारिदिएपछि बन्धक बनाइएका व्यक्तिहरू रिहा भएको जनाएको छ । अपहरणकारीले बसको ढोका छेउमा एकजना बन्धकको टाउकोमा हतियार तेर्साएर उभिएको अवस्थामा निसानेबाजले गोली चलाएको स्थानीय सैनिक प्रहरीका एकजना प्रवक्ताले जनाएको छ । अपहरणकारीले प्रयोग गरेको बन्दुक नक्कली भएको खुलेको छ । यस अघि नै बसका ६ जना यात्रुहरू रिहा भईसकेका थिए । रिओलाई अर्को शहर नितेरोइसँग जोड्ने पुलको बीचमा बस रोकिएको थियो ।...
इरानी ट्याङ्कर जफत गर्न अमेरिकाको पुर्जी

इरानी ट्याङ्कर जफत गर्न अमेरिकाको पुर्जी

समाचार, संसार
साउन ३२ गते । जिब्राल्टरमा नियन्त्रणमा लिएको ईरानी तेल ट्याङ्करलाई अमेरिकाले जफत गर्न पक्राउ पुर्जी जारी गरेको छ । नियन्त्रणमा रहेको ट्याङ्करलाई घर फर्कन एक जना न्यायाधिशले अनुमति दिएपछि न्याय मन्त्रालयले पुर्जी जारी गरेको हो । ब्रिटेनको स्वशासित क्षेत्र जिब्राल्टरबाट ग्रेस–वान नामक सुपर ट्याङ्करलाई गत जुलाई ४ मा नियन्त्रणमा लिइएको थियो । तेल बोकेको उक्र ट्याङ्कर अवैध रूपमा सिरियातर्फ जाँदै गरेको शङ्का गरिएको थियो । अमेरिकाले त्यस ट्याङ्करलाई नियन्त्रणमा लिन अन्तिम कानुनी प्रक्रिया अपनाउँदै गर्दा जिब्राल्टरले बिहीवार त्यसलाई अस्वीकार गरिदिएको थिए । पहिले नै इरानले पहिले ट्याङ्करको नियन्त्रणलाई अवैध अवरोध भनिसकेका छन् । उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको दुई साता पछि गत जुलाई १९ मा इरानले ब्रिटिश झण्डावाला एउटा ट्याङ्कर स्टेना इम्पेरियोलाई स्ट्रेट अफ हर्मुज भनिने क्षेत्रबाट नियन्त...
कश्मीरमा युद्ध भए विश्वका शक्ति राष्ट्रहरु जिम्वेवारी ः पाकिस्तानी प्रधानमन्त्री खान

कश्मीरमा युद्ध भए विश्वका शक्ति राष्ट्रहरु जिम्वेवारी ः पाकिस्तानी प्रधानमन्त्री खान

समाचार, संसार
साउन ३० गते । विवादित कश्मिरमा भारत र पाकिस्तान युद्ध भए विश्व शक्ति राष्ट्रहरुले जिम्मा लिनु पर्ने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बताएका छन् । कश्मीरको हैसियतसम्बन्धी विगतका संयुक्त राष्ट्रसङ्घका प्रस्ताव कार्यान्वयन गराउन विश्व शक्ति राष्ट्रहरू विफल भएको प्रधानमन्धि खानले बताए। भारतीय प्रधानमन्धि नरेन्द्र मोदीले दश दिन अगाडी कश्मीरको विशेष हैसियत खारेज गरेर ठूलो रणनीतिक त्रुटि गरेको खानले बताए । प्रत्येक वर्ष अगस्ट १४ का दिन पाकिस्तानले स्वतन्त्रता दिवस मनाउँदै आएको छ । उक्त दिनको अवसर पारेर एकता दिवसको रूपमा मनाउन भन्दै प्रधानमन्त्री खान बुधवार पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबाद पुगेको थियो । मुजफ्फबाद पुगेका प्रधानमन्त्रि खानले त्याहाका सदनको विशेष सत्रमा सम्बोधन गर्दै भारतले संविधानको धारा ३७० खारेज गरेर भारतीय प्रधानमन्त्री मोदीले “आखिरी कार्ड खेलेक...
भारतमा बाढीले ९५ जनको मृत्यु

भारतमा बाढीले ९५ जनको मृत्यु

समाचार, संसार
साउन, २६ गते । वर्षापछि आएको बाढीले भारतमा करिब ९५ जनाको मृत्यु भएको छ । दक्षिणी र पश्चिमी राज्यमा आएको बाढीले लाखौँ जनधनको क्षती भएको हो । बाढी प्रभावित क्षेत्रबाट हजाराँैलाई स्थानान्तरण गरिएको संचारमाध्यहरुले जनाएको छ । मृत्यु हुनेमा करिब ४० जना केरला राज्यका बासिन्दा रहेको अधिकारीहरू बताएका छन् । र बाढी आउने भन्दा अग्ला स्थानमा बस्ने आग्रह गरिएको छ । वर्षेनी जूनदेखि सेप्टेम्बर महिनासम्म भारतमा वर्षाको प्रभाव पर्ने गर्दछ । उक्त राज्यमा करिब एक लाख जनालाई आपत्कालीन राहत र शिविरहरूमा सारिएको प्रकोप व्यवस्थापनमा खटिएका अधिकारीहरूले बताएका छन् । त्यस क्षेत्रमा अझै केही दिन वर्षा नरोकिने पूर्वानुमानले जनाएको छ भने सेनाले हवाईमार्गबाट खाद्य सामग्री पु¥याउने कोशिस गरिरहेको जनाएको छ । वर्षेनी भारतमा बाढीले सयौँको ज्यान जाने गरेको छ भने लाखौँको क्षती हुने गरको छ । कर्नाटक र महाराष्...
टयाङ्कर विस्फोटन हुदा ५७ जनाको मृत्यु

टयाङ्कर विस्फोटन हुदा ५७ जनाको मृत्यु

समाचार, संसार
साउन २५ गते । तान्जानियामा इन्धन बोकेको ट्याङ्कर विस्फोटन हुँदा करिब ५७ जनाको मृत्यु भएको छ  भने ६५ जना घाइते भएका छन् । मुख्य मार्गमा उत्तानो परेर पल्टिएको ट्याङ्करबाट इन्धन चोरी गर्ने प्रयास गर्दै गर्दा  विस्फोटन भएको प्रहरीले जनाएको छ । मोराग्वरो क्षेत्रमा घटना भएको थियो जुन सरसामान र इन्धन ओसारपसार गर्ने एउटा मुख्य मार्ग हो । निकै व्यस्त स्थान भएकाले इन्धन चोरी गर्न संलग्न नरहेकाहरूको पनि मृत्यु भएको संचारमाध्यमहरुले जनाएको छ ।...
पक्राउ परेको सयौँ आप्रवासी थुनामुक्त

पक्राउ परेको सयौँ आप्रवासी थुनामुक्त

समाचार, संसार
साउन २४ गते । अमेरिकामा पक्राउ परेका आप्रवासीहरु मध्ये तीन सयलाई थुनामुक्त गरिएको छ । मिसिसिपी राज्यमा पक्राउ परेको आप्रवासीहरू मध्ये तीन सय जनालाई थुनामुक्त गरिएको अधिकारीहरूले बताएका छन् । पक्राउ परेका आप्रवासीहरुको बालबालिकाको अवस्थामा चिन्ता प्रकट गर्दै पक्राउ परेका सबैजना थुनामुक्त गर्नु पर्ने अभियानकर्ताहरूले माग गरेका छन् । उक्त राज्यको विभिन्न कृषि तथा खाद्य प्रशोधन उद्योगहरुमा कार्यरत सात सय आप्रवासी कामदारहरू आवश्यक कानुनी प्रक्रिया पूरा नगरीकनै काम गर्न थालेको आरोपमा पक्राउ परेका थिए । यस कारबाहीले पक्राउ परेका आप्रवासीका बालबच्चाको अवस्था दयनीय भएको समाचार सार्वजनिक हुन थालेपछि विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्प प्रशासनको आलोचना गरेका छन् । तर तर बालबालिकाको स्याहारको लागि आवश्यक व्यवस्था गरिएको अधिकारीहरूले बताएका छन् । गत जुनमा गैरकानुनी रूपमा अमेर...
क्रिकेट खेलाडी अमलाले लिए सन्यास

क्रिकेट खेलाडी अमलाले लिए सन्यास

समाचार, संसार
साउन २४ गते । अन्र्तराष्ट्रिय क्रिकेट खेलाडी हसिम अमलाले क्रिकेटबाट सन्यास लिएको छ । दक्षिण अफ्रिकाका क्रिकेटर अमलाले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हो । ओपनिङ ब्याट्स म्यान अमलाले क्रिकेटको सबै फम्र्याटबाट सन्यास लिएको घोषणा गरेको हो । तर उनले क्लब र घरेलु प्रतियोगितामा खेल्ने छ । उनि दक्षिण अफ्रिकाका एक अब्बल खेलाडी हुन् । ३६ वर्षीय अमलाले १ सय २४ टेष्ट खेलमा ९ हजार २ सय ८२ रन बनाएको थियो । यसैक्रममा २८ शतक र ४१ अर्धशतक बनाएका थियो । टेष्ट क्रिकेट प्रतियोगीतामा उनले उच्च स्कोर ३ सय ११ रन बनाएका थिए । अमलाले १ सय ८१ एकदिवसीय क्रिकेट खेलमा ८ हजार १ सय १३ रन बनाएको थियो । यसमा २७ शतक र ३९ अर्धशतक बनाएका थिए । यस प्रतियोगीतामा उच्च स्कोर १ सय ५९ रन रहेको थियो । टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेटमा प्रतियोगीताको ४४ खेलबाट एक हजार २ सय ७७ रन बनाउँदा ८ अर्धशतक जोडेका थिए । ...