यलदोङको दिप प्रज्वलनमा प्रहरीको ज्याजती भएको भन्दै कोण सभा गर्ने
पूर्णपुष्टि, माघ २ । किरातीहरुको नयाँ बर्ष तथा नयाँ सम्वत यलदोङ ५०८५ मंगलबार दिप प्रज्वलन गरि मनाईयो । गाईघाट स्थित मेनचोकमा दिप प्रज्वलन गर्दै मनाईएको यलदोङ माथी प्रहरीले ज्याजति गरेको भन्दै पहिचानवादी नेताहरुले आज सोही ठाउँमा कोणसभा गर्ने भएका छ ।
कोणसभाका लागि सुनसरी र मोरङबाट समेत नेताहरु उपस्थित हुने भएको छ । दिप प्रज्वलन गरी नेपालको नक्सा कोरेर किरात प्रदेश लेखेकोमा प्रहरीले आपत्ति जनाएका थिए । प्रहरीले जवरजस्ती किरात प्रदेश मेटाउन खोजेपछि आयोजक र प्रहरीबीच घम्साघम्सी समेत भएका थिए । सोही बिरोधमा आज पहिचानवादी नेताहरुले कोणसभा गर्ने भएको हो ।...









