कुन जिल्लामा कति संक्रमित
पूर्णपुष्टि, बैशाख ३० गते ।
आज एकै दिन ५७ जना कोरोना संक्रमित पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।
नेपालको १८ जिल्लामा फेला परेको कोरोना संक्रमित मध्ये सवै भन्दा बढी संक्रमित पर्सा जिल्लामा रहेको छ । आज ३९ जना नयाँ क्रमित थपिएपछि पर्सामा ६४ जनामा संक्रमण पुष्टि भईसकेको छ ।
त्यस्तै दोस्रो बढी संक्रमित उदयपुर रहेको छ । नेपालमै पहिलो पटक ठूलोसंख्यामा कोरोना संक्रमित फेला परेको उदयपुरमा अहिलेसम्म ३२ जनामा संक्रमण पुष्टि भईसकेको छ भने १४ जना निको भएका छन् ।
त्यस्तै कपिलवस्तुमा २९ जना, बाँकेमा २४ जना, रुपन्देहीमा १६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै काठमाण्डौमा ५ जनामा संक्रमण पुष्टि भएकोमा ५ जना नै उपचारपछि निको भएका छन् भने कैलालीमा संक्रमण देखिएका चारै जना उपचारपछि निको भएका छन् ।
बारामा ३ जनामा संक्रमण पुष्टि भएको छ भने रौतहटमा ३ जनामा संक्रमण देखिएकोम...







