Thursday, August 27News That Matters

समाचार

इन्डियामा संक्रमणको संख्या ४६ हजार ४ सय ३७ पुग्यो

इन्डियामा संक्रमणको संख्या ४६ हजार ४ सय ३७ पुग्यो

समाचार
पूर्णपुष्टि/बैशाख, २३ इन्डियामा कोरोना संक्रमणको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ । पछिल्लो समय इन्डियामा संक्रमणको यो संख्या विश्व स्वास्थ्य संगठनको तथ्याङमा देखाइएको छ । यता संक्रमितमध्य मर्नेको संख्या १ हजार ५ सय ६६ जना रहेको छ भने १२ हजार ८ सय ४७ जना भने उपचारपछि निको भएको तथ्याङकले देखाएको छ । मुम्वाइ सहर इन्डीयको कोरोना केन्द्र विन्दु बनेको छ । नेपालको उच्च सिमा रहेको भारतमा अहिले संक्रमित संख्या बढ्दो छ । यो संक्रमित संकेत नेपालको लागि खतरनाक रहेको छ । हरेक क्षेत्रबाट नेपाल भारतको सिमाना जोडिने भएको हुदा बिभिन्न सिमा नाकाहरुबाट नेपाल भारत आवत जावतको कार्यहरुले नेपाललाई पनि समस्या पर्ने हुन्छ । हाल सम्म नेपालमा ८२ जना संक्रमित रहेको छ भने १ जनाको पनि मृत्यु भएको छनै, १६ जना भने निको भइसकेको अवस्था छ ।  ...
कारोना बाट हाल सम्म विश्वमा मर्ने र संक्रमितको संख्या

कारोना बाट हाल सम्म विश्वमा मर्ने र संक्रमितको संख्या

समाचार
पूर्णपुष्टि/ बैशाख, २३ विश्वभर फैलिएको माहामारी कोरोनाले विश्वमा मर्नेको संख्या २ लाख ५१ हजार ५ सय १० पुगेको छ । हाल सम्म पनि विश्व यसको रोकथाम र नियन्त्रणमा सफल हुन नसक्दा मृत्यु क्रम निरन्तर रहेको छ । ३५ लाख ८२ हजार ४ सय ६९ संक्रमित रहेको छ भने ११ लाख ६२ हजार ५ सय ३८ भने उपचार पछि निको भएको अवस्था छ । विश्वको धेरै जसो देशहरुमा माहामारी फैलिएको अवस्था छ । विषेश गरी अहिले विश्वमा कोरोनाको केन्द्रविन्दु अमेरीका बनेको छ । अमेरिकामा मात्रै ६८ हजार ९ सय २२ जनाको मृत्यु भएको छ । यता अमेरिकामा संक्रमितको संख्या ११ लाख ८० हजार ३ सय ७५ रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङकले देखाएको छ ।  ...
नेपालगन्जमा फेरी ७ जना थपियो नेपालमा संक्रमित संख्या ८२ पुग्यो

नेपालगन्जमा फेरी ७ जना थपियो नेपालमा संक्रमित संख्या ८२ पुग्यो

समाचार
पूर्णपुष्टि/बैशाख, २३ नेपालगन्जमा आज फेरी थप सात जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो समय नेपालगन्जमा संक्रमितको सख्या निरन्तर फेला परेको हो । थप ७ जना सहित नेपालमा टोटल संख्या ८२ जना पुगेको छ । नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यो सँगै नेपालगन्जमा मात्रै संक्रम...
पत्रकारीता र सामाजिक संञ्जाल विल्कुलै फरक विषय हो ः पत्रकार सेनानी चेम्जोङ

पत्रकारीता र सामाजिक संञ्जाल विल्कुलै फरक विषय हो ः पत्रकार सेनानी चेम्जोङ

समाचार
उदयपुर, बैशाख, २२ बरिष्ठ पत्रकार तथा पत्रकार सेनानी कौशल चेम्जोङले अहिले जनताहरुमा पत्रकारीताको भ्रम फैलिरहेको बताउनुभएको छ । उहाँले सामाजिक संञ्जाल र पत्रकारीतामा विल्कुलै फरक रहेको भन्दै यसमा भ्रम नपर्न आग्रह गर्नु भयो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पूर्णपुष्टि लाइभ सम्बाद मार्फत सम्पूर्ण विश्वभरीका पत्रकारहरुलाई शुभकामना दिदै उहाँले पत्रकारीताको चुनौती, सुचनाको प्रकार र माध्यमहरुको बारेमा प्रष्ट पार्नुभएको छ । चेम्जोङले अहिले मान्छेहरु बिभिन्न माध्यमबाट सुचना दिन्छ तर त्यो सबै सत्य तथ्य नहुने उहाँले बताउनुभयो । र त्यस्तो सुचना दिने सबै माध्यमहरु पत्रकारीताको माध्यम नहुने समेत उहाँले बताउनुभयो । युट्यव तथा समाजिक सञ्जाल सँग सम्बन्धित फेसबुक, स्काइप, भाइबर, पेज, जस्ता सबै माध्यमहरुले दिएको सुचना सत्य तथ्य नहुने र सबै गलत पनि नहुने हुदा त्यस्तोलाई पत्रकार भन्न नमिल्ने ...
नोवेललाई हदै सम्मको कार्वाही गर्नुपर्छ  ः सांम्सद थापा

नोवेललाई हदै सम्मको कार्वाही गर्नुपर्छ ः सांम्सद थापा

समाचार
उदयपुर/बैशाख, २२  १ नं प्रदेशकी प्रदेश सांम्सद अम्विका थापाले नोवेलको अमानविय व्यवहारलाई घोर भत्र्सना गर्नुभएको छ । एक आमा बन्ने नारीलाई गरेको यो हर्कतले आफु दुखि भएको उहाँले बताउनुभयो । आफु पनि एक आमा नै रहेको नाताले त्यस्तो अवस्थामा आमालाई कति पिडा हुने कुरा उहाँले महसुस गर्नुभयो । थापाले नोवेल हस्पिटलको संञ्चालक र डाक्टरलाई हदै सम्मको कार्वाही गर्नु पर्ने बताउनुभएको छ । पूर्णपुष्टिको लाइव सम्वादमा कुरा गर्दै थापाले तत्काल त्यसको लागि आफ्नो तह तत्काबाट पनि सक्दो कार्वाही प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले कार्वाहीको लागि मुद्धा समेत अघि बढिसकेको बताउँदै त्यसको कार्यन्वयनमा सबैले साथ दिने बताउँनु भयो । विरामीको भगवानै डाक्टर भएको भन्दै यो अवस्थामा डाक्टरको अमानविय होइना मानविय व्यवहारले नागरिकहरुलाई हेर्नुपर्ने भएता पनि नोवेलले त्यस्तो नगरी उल्टै उदयपुरकी महिला भन्दै हस्पिटल...
नेपालमा काेराेना संक्रमितकाे संख्या ७५ पुग्याे

नेपालमा काेराेना संक्रमितकाे संख्या ७५ पुग्याे

समाचार
पूर्णपुष्टि, वैशाख २१ । नेपालगञ्जमा एकैदिन अाज १५ जनामा काेराेना संक्रमण पुष्टि भएपछि नेपालकाे काेराेना संक्रमितकाे संख्या ७५ पुगेकाे छ । ७ महिला र ८ पुरूष त्यहाँ संक्रमित फेला परेपछि संख्या ह्वात्तै बढेकाे हाे । ९० जनाकाे स्वाव परिक्षणबाट १५ जना संक्रमित देखिएका हुन् । भेरी अस्पतालमा उनीहरूकाे स्वाव परिक्षण भएकाे थियाे । एसअघि त्यहाँ एकजना पुष्टि भएकाे थियाे ।...
नोबेल हस्पिटलको व्यावहारप्रति नागरिक समाजको ध्यानाकर्षण

नोबेल हस्पिटलको व्यावहारप्रति नागरिक समाजको ध्यानाकर्षण

समाचार
पूर्णपुष्टि, बैशाख २१ गते ।  विराटनगरको नोबेल हस्पिटलले उदयपुरका विरामीलाई गरेको व्यावहारप्रति नागरिक समाजको ध्यानाकर्षण भएको छ । नोवेल हस्पिटले उदयपुरेबासीहरुमा अमानविय व्यावहार गरेकाले आईतबार एक ध्यानाकर्षण प्रत्र जारी गर्दै नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको हो । स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा प्रप्त गर्नु प्रत्येक नागरिकको अधिकार भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।  कोरोनाले निम्त्याएको विसम परिस्थितमा सेवा प्रदायकले नागरीकलाई सहयोग गर्नु पर्नेमा उल्टै अमानविय व्यावहार गरेको उल्लेख छ । नागरीकलाई सेवा सुविधा उपलब्ध गराउने जिम्मा सेवा प्रदायकको भएको जनाइएको छ । उदयपुरबासी प्रति घृणा फैलाएको ठहर गर्दै चाँडो भन्दा चाँडो छानविन गरी काडा भन्दा बडा कारबाही गरी विरामीले पाउने स्वास्थ्य उपचार हकको सुनिस्चितता गर्न सरकारवाला निकायलाई ध्यानाकर्षण गरेको छ ।  ...
१ न. प्रदेशमा ७ हजार ३ सयको कोरोना परिक्षण

१ न. प्रदेशमा ७ हजार ३ सयको कोरोना परिक्षण

समाचार
विराटनगर, बैशाख २१ गते । प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार आरडीटीतर्फ ५ हजार ७ सय १६ जनाकोे नमूना परीक्षण भएको छ । त्यस्तै पिसिआरबाट १ हजार ५ सय ५६ जनाको परीक्षण भएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल २ हजार ६३ पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ६ हजार ९ सय २५ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।...
नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २१ गते । नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप छ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नेपालगञ्ज–८ का १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि आज नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि मात्रै नेपालगञ्जमा ६० वर्षीया एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।...
सेभ द चिल्ड्रेनद्वारा विपद् व्यावस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान

सेभ द चिल्ड्रेनद्वारा विपद् व्यावस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २१ गते ।  सभे द चिल्ड्रनद्वारा जिल्ला विपद् व्यावस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोग र बाल विकास सामाज नेपालको समन्वयमा आईतबार समितिलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । करिब सात लाख ५४ हजार तीन सय २६ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री जिल्ला विपद् व्यावस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिपक पहाडीलाई सेभ द चिल्ड्रेनका प्रतिनिधि दिपक बुढाथोकीले हस्तान्तरण गरेको थियो । पिपिई सेट, आईआर थर्मोमिटर लगायतका स्वास्थ्य सामाग्री समितिलाई हस्तान्तरण गरेको सेभ द चिल्ड्रेनका प्रतिनिधि बुढाथोकीले बताए ।...