Thursday, August 27News That Matters

समाचार

कोरोना संक्रमितको संख्या ५२ पुग्यो

कोरोना संक्रमितको संख्या ५२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १४ गते । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण थप एक जना पुष्टि भएको छ । झापाका ५० वर्षीय पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोशी अस्पताल विराटनगरमा स्वाव परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको जनाईएको छ । यससँगै अहलिे नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको हो । त्यस्तै कोरोना संक्रमित उपचारपछि  १६ जना निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।...
लकडाउन २५ गतेसम्म थपियो

लकडाउन २५ गतेसम्म थपियो

समाचार
पूर्णपुष्टि, बैशाख १४ गते ।  सरकारले लकडाउनको समय वैशाख २५गतेसम्म पु¥याएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको समय २५ गतेसम्म पुर्याएको हो । उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाइएको जनाईएको छ । नागरिकहरुको लागि लकडाउन पहिले जस्तै कडा नै हुन्छ । उद्योग खोल्नमा खुकुलो बनाउने निर्णय भएको छ । गत चैतको ११ गतेदेखि लकडाउन सुरु गरेको सरकारले अहिले तेस्रोपटक थपेर वैसाख २५ गतेसम्म पुर्याएको हो ।...
उदयपुरमा ८३ जनाको स्वाव नमुना संकलन

उदयपुरमा ८३ जनाको स्वाव नमुना संकलन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १४ गते ।  उदयपुरमा कोरोना संक्रमित फेला परेसँगै शंकास्पद व्यक्तिहरुको परिक्षण कार्य फराकिलो परिएको छ । यसै क्रममा आज ८३ जनाको स्वाव नमुना संकलन गरिएको हो । जनस्वास्थ्य कार्यालय उदयपुरद्धारा जिल्ला अस्पताल उदयपुरको प्राविधिक टोलीले शंकास्पद ४० महिलासहित ८३ जनाको स्वाव नमुना संकलन गरेको हो । भुल्के, गाईघाट, देउरी, जलजले लगायतका शंखास्पद व्यक्तिहरुको स्वाव संकलन गरिएको हो ।  यहि स्वास्थ्यकर्मी टोलीले सवै भन्दा पहिले भुल्केको नुरी मस्जिदबाट १६ जनाको स्वाव लिएर परिक्षणको लागी पठाएको थियो । यस अघि विशेष संक्रमित क्षेत्र भुल्केबाट तीन सय ३७ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा सो ठाउबाट २८ जना संक्रमित पुगेको थियो । संक्रमित फैलिएको आशंकामा चौदण्डिगढीको सिवाई र सुन्दरपुरबाट ५८ जनाको स्वाव संकलन गरि परिक्षण गर्दा सवैको नेगेटिभ रिर्पोट आएको थियो । त्यसैगरी त्रियुगा नगर...
अछाममा चट्याङ लागेर १ जनाको मृत्यु

अछाममा चट्याङ लागेर १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख १४ गते ।  अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–३ ठाँटी बगुडाका २५ वर्षीय अनिता शाहको मृत्यु भएको हो । आज दिउउँसो परेको चट्याङ लागेर स्थानिय ठाँउकी सिता शाह र छोरी कल्पना शाह घाइते भएका छन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ब्याज भुक्तानीमा सहुलियत दिइने

ब्याज भुक्तानीमा सहुलियत दिइने

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १४ गते ।  असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको ब्याजमा नेपाल राष्ट्र बैंकले सहुलियत दिने भएको छ । नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले वक्तव्य जारी गरेर चौथो त्रैमासिकमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने जनाएको हो । कोरोनाबाट बढी प्रभावित क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउने जनाएको छ । साना तथा मझौला उद्योग, पर्यटन र कोरोनाको प्रभाव अत्याधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी बैंकले प्रदान गरिने पुर्नकर्जा सहज ढङ्गले प्रवाह गर्न पुर्नकर्जा कार्यविधिमा संशोधन गर्ने जनाएको छ । यस्तै ६० अर्ब रुपैयाँको अहिलेको पुर्नकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्थासमेत मिलाउने र बैंकिङ क्षेत्रबाट हुने कर्जा...
नेपालमा १६ जना कोरोना संक्रमित उपचारपछि निको भए

नेपालमा १६ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १४ गते ।  नेपालमा १६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । आज थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि निको हुनेको संख्या १६ पुगेको हो । वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर असपतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।  ...
नेपाली श्रमिकलाई आफ्नो विवरण पेश गर्न दूतावासको आग्रह

नेपाली श्रमिकलाई आफ्नो विवरण पेश गर्न दूतावासको आग्रह

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १४ गते । ओमानमा रहेका समस्यामा परेका नेपाली श्रमिकलाई आफ्ना समस्यासहित विवरण पेश गर्न नेपाली दूतावासले आग्रह गरेको छ । कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिरहेको अवस्थामा ओमनमा रहेका नेपाली श्रमिकहरुलाई पर्ने भएकाले उनीहरुको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण संकलन गर्न लागेको दूतावासले जनाएको छ । https://om.nepalembassy.gov.np/information-collection-form/ लिंकमा गएर अनलाइन आवेदन भर्न सकिने छ । यो लिङ्क खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ । चाँडो आफ्नो विवरण भर्न दूतावासले आग्रह गरेको छ  भने विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने दूतावासले जनाएको छ ।...
वरिष्ठ अधिवक्ता थापाद्धारा सहयोग वितरण

वरिष्ठ अधिवक्ता थापाद्धारा सहयोग वितरण

समाचार
पूर्णपुष्टि, बैशाख १४ गते ।  लकडाउनको कारणले समस्यामा परेको उदयपुरका दुई सय परिवारलाई नेपाल बार एसोसिएसनका पुर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले राहत वितरण गर्नु भएकाे छ । लकडाउनका कारण काठमाडौंमा रहेका उदयपुरबासीलाई थापाले सहयोग गर्नु भएकाे हाे । लकडाउनले घर जान नपाएका न्यून आय भएका परिवारका विद्यार्थी र दैनिक ज्यालादारी गरि खाने मजदूरलाई सहयोग गरेको संयोजन सहजिकरण नारद बास्तोलाले बताउनुभयाे । काठमाडौंको डल्लु, स्वयंभू, बलाजु, बनस्थली, सितापाईला, कलंकी, सातदोबाटो, ग्वार्को, कपन, आरुबारीमा डेरा गरी बस्ने जिल्लाबासीलाई खाद्यन्न हस्तान्तरण गरेको बास्तोलाले बताउनुभयाे । अवश्था हेरी चामल, आलु, प्याज र हरियो तरकारी, दाल, तेलको प्याकेज वितरण गरेको उहाँले बताउनुभयाे । त्यस्तै नविन थापा र जुजु काजीको समन्वयमा जिल्ला कृषि सहकारी संघ भक्तपुरले उदयपुरबासीलाई हरियो तरकारी उपलब्ध ग...
हेभेन्लि पाथ मार्फत राईको सहयोग

हेभेन्लि पाथ मार्फत राईको सहयोग

समाचार
पूर्णपुष्टि, बैशाख १४ गते । हेभेन्लि थाप (प्रेमबादी यात्रीहरु) शाखा उदयपुर मार्फत हेभन्लि पाथका केन्द्रिय उपाध्यक्ष तथा धर्म सस्कार सस्कृतिको संयोजक भरत चाम्लिङ राईले एक सय २५ जनालाई सहयोग प्रदान गर्नु भएको छ । त्रियुगा नगरपालिका भित्र लकडाउका कारण समस्यामा परेका करिब एक सय २५ जना दुःखी गरिब र विद्यार्थीलाई आईतबार सहयोग प्रदान गर्नु भएको हो । त्रियुगा उद्योग बाणिज्य महासंघका निवर्तमान प्रथम उपाध्यक्ष समेत रहेका राईले चामल, दाल, नुन वितरण गर्नु भएको थियो । चामल १०, दाल १ र नुन १ केजीका दरले सहयोग प्रदान गरेको राईले बताउनुभयो । दैनिक ज्यालामजदुरी गरी खाने, नाजुक आर्थीक स्थिति भएका र लकडाउनले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई खाद्य संकट हेतुले सहयोग स्वरुप प्रेम बाडेको राईले बताताउनुभयो ।...
ढुङ्गामा चिप्लिएर लड्दा रामबहादुरको मृत्यु

ढुङ्गामा चिप्लिएर लड्दा रामबहादुरको मृत्यु

समाचार
ईलाम,बैशाख १४ गते । ईलाममा चिप्लिएर एक जनाको मृत्यु भएको छ । फाकफोकथुम–३ सल्लेरी  निबासी ४० बर्षीय राम बहादुर लकान्द्रीको चिप्लिएर मृत्यु भएको हो । आफनै घर नजिकै रहेको जंगलमा सुँगुरको चारो काट्न जाने क्रममा आज दिउँसो पउने १ बजे ढुङगामा चिप्लिएर लड्दा लकान्द्रिको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउसाथ तत्काल प्रहरी टोली खटि गई घटनाको थप अनुसन्धान भईरहेको इलाका प्रहरी  कार्यालय मंगलबारेले जनाएको छ ।...