Tuesday, August 25News That Matters

समाचार

आफगानिस्तानद्वारा साढे ३ सय तालिवान बन्दी रिहा

आफगानिस्तानद्वारा साढे ३ सय तालिवान बन्दी रिहा

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १ गते ।  अफगानिस्तान सरकारले तीन सय ६१ ज तालिवान बन्दिहरुलाई रिहा गरेको छ । पछिल्लो पटक एक ६१ जना तालिवान बन्दीहरुलाई कैदमुक्त गरेको अफगान सरकारले जनाएको हो । राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले जानकारी गराएको छ ।  राष्ट्रपतिकै आदेशमा अरु कैदीबन्दी पनि रिहाई हुने क्रममा रहेको जनाईएको छ । देशको शान्ति प्रक्रियालाई थप विश्वसनीय बनाउने प्रयत्न स्वरुप सरकारका तर्फबाट गरिएको एक कार्य रहेको जनाईएको छ । यसअघि अप्रिल ८ मा एक सय जना तथा गत बिहीबार थप एक सय जना तालिवानी कैदीबन्दीलाई मुक्त गरिएको थियो । सरकारले आउँदो दुई साताभित्रै एक हजार पाँच सय तालिवान लडाकूलाई जेलमुक्त गर्ने जनाएको छ । अमेरिका र तालिवानबीच भएको सम्झौतामा पाँच हजार तालिवान लडाकू र तालिवानको कब्जामा रहेका १ हजार अफगान सरक...
एक महिलामा कोरोना सङ्क्रमण

एक महिलामा कोरोना सङ्क्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १ गते ।  कैलालीको लम्की चुहा नगरपालिका–१ निबासी एक महिलामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको हो । अस्पतालले कोरोना पुष्टि भएको जनाएपनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ । वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उनी १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेकी थिइन् । १७ दिन क्वरेण्टीनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउन स्वास्थ्यकर्मीको टोली गएको अस्पतालले जनाएको छ ।...
कश्मीर सीमामा झडप हुँदा तीन जनाको मृत्यु

कश्मीर सीमामा झडप हुँदा तीन जनाको मृत्यु

समाचार, संसार
बैशाख १ गते ।  सिमा क्षेत्रमा भारत र पाकिस्तानका सेनाबीच झडप हुँदा तीन जनाको मृत्यु भएको भारतले दाबी गरेको छ । कश्मीरको कुपवाडा जिल्लाको रिहाइशीमा झडप हुँदा एक महिलासहित तीन जनाको मृत्यु भएको भारतीय सेनाले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । पाकिस्तानी सेनासँग एक हप्तासम्म नियन्त्रण रेखामा झडप भएको भारतीय सेनाले जनाएको छ । त्यसपछि पाकिस्तानी सेनाले आइतबार रिहाइशी क्षेत्रमा मोटार आक्रमण गरेको भारतीय सेनाले दाबी गरेको छ । उता पाकिस्तानी सेनाले भने त्यसको खण्डन गर्दै सन् २००३ मा भएको युद्धविरामको भारतीय सेनाले उल्लङ्घन गरेको जनाएको छ ।...
उदयपुरबाट आज चारजनाको स्वाप परिक्षणलाइ पठाइयो, हालसम्म रिपोर्ट आएका ३९ जना सबैको नेगेटिभ

उदयपुरबाट आज चारजनाको स्वाप परिक्षणलाइ पठाइयो, हालसम्म रिपोर्ट आएका ३९ जना सबैको नेगेटिभ

समाचार
पूर्णपुष्टि, चैत ३० । उदयपुरबाट आज चारजनाको स्वाप परिक्षणका लागि धरान पठाइएको छ । हिजो र आज कोरोना भाइरस आशंका गरिएका चारजनाको स्वाप नुमना संकलन धरान स्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, कोरोना भाइरस परिक्षण केन्द्रमा पठाइएको हो । जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार हिजो रौतामाई गाउँपालिकाबाट संकलन गरिएको एक जनाको स्वाप नमुना, त्रियुगा नगरपालिकाबाट लिइएको एकजनाको स्वाप नमुना र चौदण्डीगडीको आइसोलेशनका दुईजनाको लिइएको स्वाप नमुना गरी जम्मा चारजनाको परिक्षणका लागि पठाइएको हो । जनस्वस्थ्यको तथ्यांक अनुसार हालसम्म उदयपुरकाे अभिलेखबाट ४ महिलासहित ४२ जनाको स्वाप नमुना संकलन भएका छन् । जसमा ३ महिलासहित ३८ जनाको रिपोर्ट आइसकेको छ । तिनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । जसमा कटारीकाे बेलसाेत क्वारेन्टाइनका २३ पुरूष ३ महिला हुन् । त्रियुगा नगरपालिका क्...
१ नं. प्रदेश प्रहरीले नागरिकलाइ गरयाे यस्ताे अनुराेध

१ नं. प्रदेश प्रहरीले नागरिकलाइ गरयाे यस्ताे अनुराेध

समाचार
पूर्णपुष्टि, चैत्र ३० । १ नं. प्रहरी प्रदेशले आम नागरिकलाई घरमै सुरक्षित बसिदिन अनुरोध गरेको छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा देखिसकेकोले घरमै बसेर सुरक्षित भइदिन प्रदेश प्रहरीले अनुरोध गरेको हो । अहिलेको लकडाउनको पूर्ण पालना गर्न अनुरोध गर्दै अतिआवश्यक काम बाहेकमा बाहिर नहिडिदिन अनुरोध गरेको छ । कोरोना भाईरसको संक्रमण भएको पत्तो लागेसंगै नेपाल सरकारले चैत्र ११ गते देखी चरणबद्धरुपमा लकडाउनको घोषणा गरेको हो । “कोरोना भाईरसको संक्रमणबाट जोगिन सबै जनालाई आ आफ्नो घर भित्रै बसेर लकडाउनको उल्लघंन नगरिदिनु हुन अनुरोध गरिन्छ ।” प्रदेश प्रहरीले भनेको छ । सानो लापरवाहीले ज्यान समेत जानसक्ने र परिवार, समुदाय प्रभावित हुने, संक्रमित भई, संक्रमण फैलने जोखिम रहेको हुँदा घर बाहिर जथाभावी ननिस्किदिनु अनुरोध गरिएको छ ।  प्रहरीले गरेको माईकिङ लगायतको अनुरोधलाई सहयोग गर्न र...
बेलसोत क्वारेन्टाइनका २६ जना सबै गाउँ गए

बेलसोत क्वारेन्टाइनका २६ जना सबै गाउँ गए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३० । उदयपुरको कटारी नगरपालिका स्थित त्रिवेणी (बेलसोत) क्वारेन्टाइनमा राखिएका २६ जना आज गाउँ जान पाएका छन् । क्वारेन्टाइनमा बसेको १८ दिनपछि आज गाउँ जान पाएका हुन् । क्वारेन्टाइनमा रहेका सबैजनाको स्वाप परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि, कारोना भाइरस संक्रमित नभएको पुष्टि भएसंगै गाउँ पठाइएको हो । नेपाली सेनाको रणसार्दुल गण, बोक्से अन्तर्गतको बेलसोत सुरक्षा गुल्मको व्यवस्थापन र सुरक्षामा रहेको सो क्वारेन्टाइनमा भारतको विभिन्न ठाउँबाट आएका उनीहरुलाई चैत १२ गते राती राखिएको थियो । गत २६ गते क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि सबैको स्वाप परिक्षणका लागि नमुना संकलन गरी धरान पठाइएको थियो । सबैको स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएपछि आज सबैलाई गाउँ पठाइएको छ । उनीहरुलाई सम्बन्धीत स्थानीय सरकारको जनप्रतिनिधिको रोहबरमा पठाइएको रण सार्दुल गणका गणपति अर्जुन बोहोराले बताउनुभयो । नि...
गाउँ र मस्जिदहरुमा प्रहरी निगरानी

गाउँ र मस्जिदहरुमा प्रहरी निगरानी

समाचार
पूर्णपुष्टि, चैत ३० । पछिल्लो समय भारतबाट नेपाल आइ गाउँमा तथा मस्जिदहरुमा मानिस आउने र लुकेर बस्नसक्ने भन्दै सुरक्षा निकायले मस्जिदहरुमा निगरानी बढाएको छ । पछिल्लो समय भारतबाट आएका मानिसहरुमा कोरोनाको संक्रमण देखिन थालेपछि यसरी निगरानी बढाइएको हो । पछिल्लो समय विरगंजमा पत्ता लागेको कोरोना संक्रमित तीन जना भारतीय नागरिक हुन् । भारतबाट लाखौं मानिस नेपाल प्रवेश गरेका छन् । यस अवस्थामा स्थानीय प्रशासनले लकडाउनलाई कडाई गर्नुका साथै गाँउगाउँमा लुकेर बस्न सक्ने कुरालाई ध्यानमा राख्दै खोजी गर्ने गरेको छ भने मस्जिदहरुमा निगरानी बढाएको छ । आज उदयपुरका सदरमुकाम र आसपासका क्षेत्रका गाउँहरु तथा मस्जिदहरुमा अनुगमन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताउनुभयो । त्यसक्रममा त्यस किसिमको संकास्पद मानिस वा लुकाएर राखिएको मानिस फेला नपरेको बताउनुभयो । अहिले फेला नगरेपनि निरन्तर निग...
आज ४१ जना मानिस नियन्त्रणमा

आज ४१ जना मानिस नियन्त्रणमा

समाचार
पूर्णपुष्टि, चैत ३० । सुरक्षाकर्मीले लकडामा अझ कडाई गरेसंगै जिल्ला प्रहरी कार्यालय उदयपुरले आज १९ औं दिन उदयपुरमा ४१ जनालाई नियन्त्रणमा लिएको छ । हिजोदेखि कडाइका साथ मानिसलाई पनि नियन्त्रणमा लिएको प्रहरीले सदरमुकाम गाईघाट क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी प्रमुख एसपी बीरबबहादुर बुढा मगरले बताउनुभयाे । विहानैदेखि दिनभरमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा परेका मध्ये ३५ जनालाई कोरोना सम्बन्धी शिक्षा तथा सतर्कता बारे शिक्षा दिएर साँझ छाडिएका छन् भने ६ जनालाई प्रहरीले थप अनुसन्धानका लागि राखेको छ । दुइजनाले लकडाउनको बेला मादक पदार्थ सेवन गरेर हिडेको पाइए पछि प्रहरीले कारवाहीका लागि राखेको हो । अन्य चारजनाको पुरानो मुद्दामामिला देखिएकाले थप अनुसन्धानमा राखेको प्रहरीले जनाएको छ । हिजो ३३ जना नियन्त्रणमा परेका थिए । जसमध्ये ३ जनालाई लकडाउन अवज्ञा तथा रो...
१५ जना विदेशी पर्यटकले सोलु छाड्न मानेन

१५ जना विदेशी पर्यटकले सोलु छाड्न मानेन

समाचार
पूर्णपुष्टि, चैत ३० गते ।  विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमित नेपाल पनि देखा परेपछि सरकारले लागु गरेको लकडाउनमा परेका १५ जना विदेशी पर्यटकले शोलुखुम्बु छाड्न नमानेको पाईएको छ । स्थानीय प्रशासनको प्रत्यक्ष निगरानीमा उनीहरु शोलुखुम्बुमा नै स्वईच्छा बसेका हुन् । कोरोना भाइरसको जोखिमका कारण देश लकडाउन भएसँगै सोलुखुम्बु भित्रिएका विदेशी पर्यटकहरुको उद्धार गर्ने क्रममा उनीहरु फर्किन नमानेको जिल्ला प्रशासन कार्यालय सोलुुखुम्बुले जनाएको छ । सोलुखुम्बुमै बस्न चाहने पर्यटकहरुमा जापान, फ्रान्स र क्यानडा लगायतका देशका नागरिक रहेको जनाईएको छ । जसमध्ये तीन जना सदरमुकाम सल्लेरीमा, ९ जना लुक्लामा र अन्य ३ जना नाम्चेमा बसिरहेको छन् । लकडाउनअघि नै सोलुखुम्बुको भ्रमणमा रहेका पाँच सय २७ जना विदेशी पर्यटक, भरिया तथा गाइडहरुको उद्धार गरी काठमाण्डौ पठाइएको थियो । ...
लकडाउनमा वन फडानी

लकडाउनमा वन फडानी

समाचार
कटारी, चैत्र ३० गते । लकडाउनको बेला उदयपुरको एक सामुदायीक वन क्षेत्रमा रुख कटान गरेको छ । कटारी नगरपालिका–२ स्थित ताला खोला किरानाको सामुदायीक वन क्षेत्र भित्र सिसौ प्रजातिका रुख कटान गरेकोे हो । विश्वर महामारीको रुपमा फैलदै गएको कोरोना भाईरस (कोभीड १९) को संक्रमण नेपालमा पनि देखा परेपछि सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागी लागु गरिएको लकडाउनको उल्लघन गर्दै कसैलाई जानकारीसमेत नगरराई वन कटान भएको स्थानीयहरुले बताएका छन् । रुख कटान गर्ने व्यक्तिहरुले वनसँग अनुमति लिएर कटान गरेको भन्ने गरेको स्थानीय उदित खनालले बताए । यस्तो अवस्थामा उपभोक्तालाई समेत जानकारी नगराई आफु खुसी रुख काटान गरि तीन ट्याक्टर सिसौ काटेर लागेको उनले बताए । वन कार्यलयले सिसौ काट्नका लागी कुनै अनुमति नदिएको डिभिजन वन कार्यलय त्रिवेणीका प्रमुख उपेन्द्र पटेलले बताए । बिना अनुमति रुख काटिएको भए कानून अनुसार ...