लकडाउनकाे पूर्णपालना र सामाजिक दुरी ख्याल नभएकाे प्रदेश सर्वदलीय कमिटिकाे ठहर
पूर्णपुष्टि, चैत २७ ।
१ नं. प्रदेशको सर्बदलीय कमिटिले लकडाउनको पूर्ण पालना नभएको र सामाजिक दुरी ख्याल नगरिएकोले प्रकोपले माहामारीको रुप लिई भयावह स्थिति श्रृजना हुन सक्ने कुरामा सरकारलाई सचेत गराएको छ ।
केही दिनअघि विभिन्न चार ठाउँको प्रदेशस्तरको क्वारेन्टाइनहरुको अनुगमन गरेको कमिटिले प्रतिवेदन सार्बजनिक गर्दै यस्तो सरकारलाई सचेत गराएको हो ।
तोकिएको क्वारेन्टाईन स्थल र अस्पतालमा आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अभाव देखिएको प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य सम्बन्धि अतिआवाश्यक सामाग्रीहरुको (पिपिई, थर्मलगन, माक्स आदि) अभावको कारण भएका स्वास्थ्यकर्मी चिकित्सकहरु समेत संक्रमण फैलिएमा परिचालित हुन कठिनाइ हुने स्थिति देखाएको छ ।
स्वाव–ल्याव, आईसोलेशन बेड, भेन्टीलेटर, डेडिकेटेट एम्वुसलेन्सको कमी रहेको देखाएको छ भने, प्रदेश सरकार, स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा संयन्त्र र ...





