Monday, August 24News That Matters

समाचार

साेमबार उदयपुरमा क्वारेन्टाइनमा बस्नेकाे संख्या ४ पुग्याे, एकजना आइसोलेशनमा

साेमबार उदयपुरमा क्वारेन्टाइनमा बस्नेकाे संख्या ४ पुग्याे, एकजना आइसोलेशनमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १७ संकास्पद तथा विरामीको लक्षण जस्तो देखिएकाले क्वारेन्टाइनमा बसेर आफु र अरुलाई सुरक्षित पार्नुपर्छ भन्ने चेतना बढेसंगै आज उदयपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या चार रहेको छ । एक जना आइसोलेशनमा बसेका छन् । त्रियुगा नगरपालिकाले बनाएको मोतिगडास्थित क्वारेन्टाइनमा तीनजना बसेका छन् भने एक जना रौतामाई गाउँपालिकाले बनाएको मुर्कुची स्वास्थ्य चौकीको क्वारेन्टाइनमा रहेका छन् । जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार मोतिगडामा बस्ने तीनजना मध्ये दुईजना मजदुरी गर्न गई नवलपारासीबाट फर्केका कामदार हुन् । उदयपुरको रौतामाई गाउँपालिका बासी उनीहरु गएराती बसबाट आएका थिए । दुईवटा बसमा आएका ८१ जना मध्ये दुइजनालाई सामान्य ज्वरो देखिए पछि चिकित्सकको सल्लाहमा क्वारेन्टाइनमा राखिएको हो । जिल्ला अस्पतालमा जाँच गरिएको थियो । अन्यको अवस्था सामान्य देखिए पछि घर पठाइएको छ । अ...
काराेना विरूद्ध लड्न राैतामाइ गापालाइ सहयाेग जुट्दै

काराेना विरूद्ध लड्न राैतामाइ गापालाइ सहयाेग जुट्दै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १७ । कोरोना भाइरसको संक्रमणबाट नागरिकहरुलाई बचाउन सरकारले गरेको लकडाउनको क्रममा खाद्यान्न लगायतका संकट पर्ने सक्ने कुरालाई ध्यानमा राख्दै स्थानीय सरकारहरुले धमाधम कोष खडा गर्ने र कोषमा सहयोग संकलनको कार्यलाई तिब्रता दिएको छ । यसै सिलसिलमा सुरुमै पालिका विपदकोषबाट ५ लाख, जनप्रतिनिधीहरुको सात दिनको सुविधा, कर्मचारीहरुको एकदिनको तलब सुविधासमेत गरी १० लाखको कोष खडा गरेको उदयपुरको रौतामाई गाउँपालिकालाई अन्य सहयोग पनि जुट्न थालेको छ । सहयोग जुट्ने क्रममा उदयपुरको समाजसेवी एवम् निर्माण व्यवसायी महेश रेग्मीले अत्तिआवश्यकीय सामग्रीहरुका लागि ७५ हजार सहयोग गर्नुभएको छ । त्यसैगरी त्रियुगा नगरपालिका ६ निवासी केके एस चार्टर एकाण्टका केशब बुढाथोकीले पनि २० हजार रुपैया  प्रदान गर्नुभएको पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयाे । सहयोग प्राप्त रकमबाट गाउँपालिकाले कोरोना भ...
जनस्वस्थ्यले बेलका र चाैदण्डिगढीकाे क्वारेन्टाइन अवलाेकन गरयाे

जनस्वस्थ्यले बेलका र चाैदण्डिगढीकाे क्वारेन्टाइन अवलाेकन गरयाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १७ । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले सोमबार स्थानीय तहमा बनेको करेन्टाइनको अवलोकन गरेको छ । बेलका र चौदण्डीगढी गाउँपालिका र पालिका अन्तर्गतका वडाहरुमा निर्मित करेन्टाइनहरुको अवलोकन गरेको हो । अवलोकनको क्रममा बेलकामा २० र चौदण्डीगढीमा ३२ वटा करेन्टाइन र ७ वटा आइसोलेशन बेडको अवलोकन गरिएको जनस्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताउनुभयो । बेलकाले १०÷१० वटाका दरले दुई ठाउँमा व्यवस्थितढंगको क्वारेन्टाइन निर्माण गरेको पाइएको छ । एक क्वारेन्टाइनमा महिलाकोृ छुट्टै पाँच बेडसहितको व्यवस्थित राखिएको पाइएको छ । बेडमा आवश्यक पर्ने तन्ना, सिरान, ओढ्ने, तौली, साबुन, बाल्टी लगायतका सरसफाइका सामग्री, विजुली, पंखा, चर्पी लगायतको व्यवस्था रहेको पाइएको छ । एक ठाउँ सेतीखोला स्थित कोशी माध्यामिक विद्यालयको एक विद्यालय भवनमा र अर्को भागलपुर गरी दुई ठाउँमा ब्यवस्थित राखिएको छ...
भारत बाट आएका लाखौँ मानिसहरु क्वारेन्टाइनमा छैनन्

भारत बाट आएका लाखौँ मानिसहरु क्वारेन्टाइनमा छैनन्

समाचार
पूर्णपुष्टि/चैत्र, १७ नेपालमा कोरोना संक्रमण बाट बच्न र विश्वमा फैलिरहेको अवस्थामा नेपाल भित्र प्रबेशमा रोक लगाउन अहिले देश लक डाउन गरेको अवस्था छ । अहिले यसलाई उच्चसतर्कताको रुपमा नलिने हो भने इटाली स्पेन जस्तो देशमा भएको भयाबहको आधारमा नेपाल अझै जोखिम देखिन्छ । जस्ले गर्दा यसलाइ पहिले नै सतर्कताका साथ रोक्नुको कुनै विकल्प छैन् । अझै पनि धेरै मानिसहरु यसलाई चानचुने हिसावले लिरहेका छन् । समाजमा अहिले दुई किसमको मानिसहरु उत्पन्न भएका छन् । जस्मा एक किसिमका मानिसहरुले यसलाई धेरै डराएर सतर्कता अपनाइरहेको छ भने अर्का एक किसिमका मानिसहरु यस्लाई पत्याउने वालै छैनन् जस्का कारण वास्तै गरेका छैनन् यसलाई  सरकारले दुख दिने नियत भन्ने बुझेको छ । बास्तावमै यो कुनै दुख दिने नियत नभई भोली नेपाल तहस नहस नहोस भन्ने नै हो अहिले भईरहेको लक डाउनलाई धेरैले टेरेको अवस्था पनि छैन । देश लकडाउनको अवस्थामा...
अस्ट्रेलियमा ९ जना नेपाली कोरोना संक्रमणमा

अस्ट्रेलियमा ९ जना नेपाली कोरोना संक्रमणमा

समाचार
पूर्णपुष्टि/चैत्र, १७ विश्वभर फैलिरहेको कोरोना भाईरस अस्ट्रेलियमा पनि फैलिरहेको छ । स्टे«लियमा ३ हजार ९ सय ८४ जनामा देखिएको यो संक्रमणले अहिले सम्म १६ जनाकको ज्यानै लिसकेको पुष्टि भएको छ । जसमा नेपालीहरु भने पूर्ण रुपले सुरक्षित रहेको छ । स्टे«लियमा रहेको लगभग १ लाख नेपालीहरु मध्ये ९ जना नेपालीमा पनि कोरोनाको संक्रमाण देखिएको छ । तर उनिहरुको अवस्था भने आपत्ति जनक नरहेको बताइएको छ । लगभक ४ हजारको हाराहारीमा संक्रमण हुदा ९ जना नेपालीहरुमा पनि संक्रण देखियो । संक्रमित सबै नेपालीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ भने ४ जनाको त स्वास्थ्य अवस्था पनि पूर्ण रुपले ठिक भइसकेको छ । विद्यार्थी भिसाको रुपमा पलायन भएको नेपालीहरु अहिले अस्ट्रेलिया बाट नेपाल आउन पनि समस्या रहेको छ । गत ८ मार्च २०२० आइतबारका अस्ट्रेलियन सञ्चारमाध्यममा नेपालीमा पनि कोरोना भाईरसको संक्रमण भएको समाचार आयो...
बैठकहरुमा दुरी कायम

बैठकहरुमा दुरी कायम

समाचार
गाईघाट/चैत्र,१७ कोरोना भाईरसको उच्च सतर्कतामा दुरी कायम हुन अति जरुरी रहेको छ । यो बेला सकेसम्म बैठक नै बस्नु नहुने भिँडभाँड गर्न नहुने हो । तर अति महत्वपूर्ण बैठकहरुलाई लिनु पर्दा पनि सुरक्षितका साथ दुरी कायम गर्नु पर्ने एक कार्यक्रमले जनाएको छ । अहिले देशैभरी कम भिँडभाँड र महत्वपूर्ण छलफल लाइ पनि दुरी कायम गर्ने गरेको अवस्थामा छ । यसैगरी गाईघाटमा पनि लकडाउनको पालना र कोरोना भाइरसको उच्च सतर्कताकालागि नबसि नहुने बैठकलाई दुरी कायम र छोटो छलफल चलाउन कार्यक्रमहरु लागि परेको छ भने कम महत्वका धेरै कार्यक्रमहरु रोकिएका पनि छन् । गाईघाटमा कोरोना सम्बन्धि बिभिन्न महत्वपूर्ण र अति आवश्यकताको छलफलहरुमा अहिले दुरीकायम गरी छोटो रुपमा निर्णय तथा बैठकहरु चलाईरहेको छ भने सकेसम्म बैठकहरुलाई सामाजिक सञ्जाल, फोन, संञ्चार माध्यम लगाएतको माध्यमबाट सुचना प्रवाह गर्ने प्रयासहरु भईरहेको छ । जिल्ला त...
अबदेखि आफुखुसी राहत संकलन गर्ने र वितरण गर्न नपाउने

अबदेखि आफुखुसी राहत संकलन गर्ने र वितरण गर्न नपाउने

समाचार
पूर्णपुष्टि, चैत १७ । अव उप्रान्त जो कोहीले आफुखुसी राहत संकलन गर्ने र वितरण गर्न नपाउने भएको छ । भौतिक सामग्री होस् वा नगद कुनै पनि बस्तु अहिलेको विषम् परिस्थितिको नाममा संकलन गर्ने र वितरण गर्ने काम आफुखुसी गर्नेलाई सरकारले रोक्ने भएको हो । यस्ता सहयोग र संकलन जिल्ला प्रशासनलाई जानकारी गराई स्थानीय सरकारको माताहतका वडा संरचनामार्फत वितरण गर्ने गरी व्यवस्थित निती सरकारले ल्याएको छ । एकद्वार प्रणालीबाट संकलन र सहयोग वितरण गरेमा नदोहोरिने, पारदर्शी हुने र प्रभावकारी हुने भएकाले सरकारले यस्तो नीति अवलम्बन गरेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताउनुभयो । नेपाल सरकारले स्थानीय प्रशासनलाई परिपत्र गरिसकेको र यस्ता कार्य सरकारको नीति र निर्देशन बमोजिम गर्न र गराउन प्रशासन लागेको पनि उहाँले बताउनुभयो । अहिलेसम्म यसबारे सरकारको स्पष्ट निती, निर्देशन नआइसकेकाले विभिन्न समुह, संस्था र व्...
८ दिन लकडाउन थपियाे, अवकाे लकडाउन निकै कडा हुने

८ दिन लकडाउन थपियाे, अवकाे लकडाउन निकै कडा हुने

समाचार
पूर्णपुष्टि, चैत १६ । सरकारले अव थप आठ दीन लकडाउन थप्ने निर्णय गरेसंगै थप कडाइ गर्ने र लकडाउन पालना नगर्नेलाई कडा कारवाही गर्ने भएको छ । नागरिकहरुलाई कोरोना भाइरसको संक्रमणको भयावह स्थितिको बारेमा जानकारी दिदै लकडाउनमा घरभित्रै सुरक्षित बस्न भनिए पनि विना काम बाहिर निस्कने र लकडाउनको अवहेलना गरेको पाइएपछि सरकारले यस्तो गर्नु परेको हो । पछिल्लो समय भारत तथा अन्य तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने र लकडाउनका बेला लखर लखर हिड्नेलाई सरकारले कडा कारवाही गर्ने जनाएको हो । आइतबार कोभिड १९ रोग संक्रमण तथा रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति बैंठक बसि सरकारले लकडाउन झन् कडा पार्ने निर्णय गरेको हो । क्वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामण रोग ऐन २०२० अनुसार कारवाही गरिने जनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव एवम् समिति सदस्य सचिव नारायण प्रसाद...

नागरिकहरुको तर्फबाट प्रहरीलाई सहयोग

समाचार
पूर्णपुष्टि, चैत १६ गते ।  नागरिकहरुको तर्फबाट लकडाउनमा खटिरहेका उदयपुरका प्रहरीलाई सहयोग भएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन हातमा लाउने सेनीटाइजर नागरिकहरुको तर्फबाट सहयोग भएको हो । नागरिक समाजका अगुवाहरुले विभिन्न व्यक्तिहरुबाट आर्थिक संकलन गरेर खटिरहेका प्रहरीहरुका लागि जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बढामगरलाई १ सय ३० थान सेनीटाइजर प्रदान गरिएको नागरिक समाज एवम् मानवअधिकारकर्मी भरत खड्काले बताउनुभयो । भोली ट्राफिक, पत्रकार लगायतलाई पनि वितरण गरिने नागरिक समाज तथा महिला अधिकारकर्मी महेश्वरी राईले बताउनुभयो । विपन्न वर्गका रुपमा रहेका मुसहरबस्तीमा समेत कोरोना संक्रमणबाट बच्न सेनीटाइजर वितरण गरिएको अर्की नागरिक समाज तथा महिला अधिकारकर्मी सिर्जना दनुवारले बताउनुभयो । रातदिन खटिरहेका सुरक्षाकर्मीहरु फिल्डमा खट्नु पर्ने हुदा बढि नै सुरक्षाको उपाय अपनाउनु पर्ने हुन्छ ...
छैटौँ दिन गाईघाटमा लकडाउनको सकरात्मक प्रवाभ देखियो

छैटौँ दिन गाईघाटमा लकडाउनको सकरात्मक प्रवाभ देखियो

समाचार
गाईघाट/चैत्र, १६ गाईघाटमा छैटौँ दिन लकडाउनको प्रभाव सकरात्मक रह्यो । नेपालभरी नै भइरहेको लकडाउन अहिले सरकारको लागि भन्दा पनि आफ्नै सुरक्षाको लागि  भन्ने जनताहरुले बुझ्न थालेपछि लकडाउन प्रभावकारी बन्न थालेको जिल्ला प्रशासन कार्यलय उदयपुरले बताएको छ । लकडाउनको घोषणा पछि पहिलो दिन कोहि नबुझेर त कोहि बुझेर पनि अटेरी गरिरहेको अवस्था थियो । केही मानिसहरु त अझै पनि कोरोनाको खिल्लिनै उडाईरहेको अवस्था छ । केही जनताहरुमा दुख दिने नियत भन्दै लकडाउनलाई अटेर गर्न थालेपछि उदयपुर प्रहरी तथा प्रशासनले कडाई गर्न थालेका थिए । कोरोना नेपालमा भयावह हुन नदिन पूर्व सतर्कता हुन आवश्यक देखिएको छ । अन्य देशहरु जस्तो नेपालमा बयावहको अवस्थामा नियन्त्रण गर्ने सामाग्री, हस्पिटल, डाक्टर, व्यस्थापन नहुदा पनि प्रवेशमै रोक लागाउनु मात्र नेपालको सफलता हुन सक्छ । यो अनियन्त्रित रुपमा व्यक्तिहरुमा सर्ने भएको कारण...