Saturday, August 22News That Matters

समाचार

लागु औषध न्युनिकरण सचेतना अभिमुखिअकरण कार्यक्रम सम्पन्न

लागु औषध न्युनिकरण सचेतना अभिमुखिअकरण कार्यक्रम सम्पन्न

समाचार, स्वास्थ्य
उदयपुर, माघ १४ गते । उदयपुरमा लागुऔषध दुव्र्यशन न्युनिकरणका लागि सचेतना अभिमुखिकरण कर्याक्रम सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–२ मोथियाहीमा लागुऔषध दुव्र्यशन न्युनिकरणका लागि टोल स्तरिय सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । जिल्लामा लागुऔधष दुव्र्यशनी भयाबह बन्दैै गईरहेकाले यसको न्युनिकरण गर्नका लागि स्थानीय नागरिकलाई सचेत गराउने उद्देश्यका साथ टोल स्तरिय सचेतना अभिमुखिकरण कार्यक्रममा बृहत छलफल गरिएको थियो । उक्तमा सहभागिहरु टोल विकास समितिका अध्यक्षहरु, प्रमुख अतिथी, अतिथी, र स्थानीय सरोकारवालाहरुले प्रतिबद्धता हस्ताक्ष गरेका हुन् । यस अभियानमा २०६७ सालदेखि निरन्तर रुपमा लागि परेका अभियन्ता सागर नेपाललाई उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको थियो । उनलाई सम्मान पत्रका साथ खादा ओढाएर सम्मान गरिएको थियो । १ न. प्रदेशलाई धुम्रपान, मध्यपान र लागुऔषध निषेधित क्षेत्र बनाउनका ला...
१५ दिने मैनी मेला ३ दिन थपियो

१५ दिने मैनी मेला ३ दिन थपियो

समाचार
आशिष वस्नेत  कटारी/माघ १३ गते । कटारीको खोक्सामा लाग्ने त्रिवेणी मैनी मेला १८ गतेसम्म लाग्ने भएको छ । कटारी नगरपालिका–२ खोक्सामा माघ १ गतेबाट १५ गतेसम्म लाग्ने मेला तीन दिन थपिएर १८ गतेसम्म लाग्ने भएको हो । परापूर्व कालदेखि प्रत्येक माघ १ गतेबाट लाग्ने मेला दश वर्षे जनयुद्धपछि १५ दनि लाग्दै आएकोमा यसपालि तीन दिन थपेर १८ दिनसम्म मेला लाग्ने भएको आयोजक समितिले जनाएको छ । सास्कृतिक कार्यक्रमको आयोजनासँगै १८ गतेसम्म मेलालाई लम्बाएको मेला व्यवस्थापन समितिका अध्यक्ष केशव धमलाले बताए । कमला , ककरु र तावा खोलाको संगम स्थलमा मेला लाग्ने भएकाले मैनीमेलालाई त्रिवेणी मेला भन्ने गरीएको स्थानीयबासीले बताएका छन् । विशेष माघ १ गतेदेखि १५ गतेसम्म विभिन्न पुजा आरधना गरी मेला मनाउने चलन रहि आएको छ । त्रिवेणी घाटमा पुजा आरधना गरे मनोकाङ्क्ष पुरा हुने विश्वा रहि आएको छ । भाकल गरेको भाकल बुझाउन र प...
पत्रकारीता क्षेत्रलाई कुण्ठित गर्न खोजीयो : पूर्व मन्त्रि बस्नेत

पत्रकारीता क्षेत्रलाई कुण्ठित गर्न खोजीयो : पूर्व मन्त्रि बस्नेत

समाचार
उदयपुर, माघ १३ गते । राज्य संचालन गर्ने शासकहरुले पत्रकारीता क्षेत्रलाई कुण्ठित गर्न खोजेको पुर्व मन्त्रि तथा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका बरिष्ठ नेता हरिबहादुर बस्नेतले बताएका छन् । पञ्चायत भन्दा पहिलादेखि पञ्चायतमा र अहिले पनि पत्रकारीतालाई खुम्च्याउने प्रयास भईरहेको सोमबार पत्रकार भेटघाटमा पूर्व मन्त्रि बस्नेतले बताएका हुन् । शासकहरुको पहिलो आँखा पत्रकारीतामा पर्ने भएकाले यस क्षेत्रलाई लगाम लगाउन खोजेकोका पूर्व मन्त्रि बस्नेतले बताए । पत्रकारीताको कानुन निर्माण गर्दा होस् वा प्रेस काउन्सिलका प्रमुख नियुक्ति गर्दा होस् । यसको विरोध गर्न सक्नु पर्ने आवश्यता भएको पुर्व मन्त्रि बस्नेतले बताए । पूर्व मन्त्रि बस्नेतले अहिले सवै संवैधानिक अंगहरुलाई बन्धक बनाईएको आरोप लगाएका छन् । संवैधानिक अंगका प्रमुखहरु नियुक्ति राजनैतिक तहबाट हुने भएकाले बन्धक बनाउने प्रयास बढी रहेको उनले...
एनसेल टावरमा आगजनी

एनसेल टावरमा आगजनी

समाचार
माघ १३ गते ।  भोजपुरको षडानन्द नगरपालिकामा रहेको एनसेल टावरमा आगजनी भएको छ । षडाननद गाउँपालिका–४ को मूलपानी र ८ नम्बर वडाको तुगेछ सीमाना टावर डाँडाको टावरमा आगजानी भएको हो । गतराति अज्ञात समूहले एनसेलको टावरमा आगजानी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट टावरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । उक्त अज्ञात समूहले टावर छेउको कोदोको नलमा आगो लगाएको स्थानीयले बताएका छन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।...
आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
माघ १३ गते ।  आज केहि विदेशी मुद्राको भाउ बढेको छ भने केहि मुद्राको भाउ घटेको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो । ओमानी रियाल १ को खरिददर २ सय ९८ रुपैयाँ ६१ पैसा रहेको छ । हिजो यसको खरिददर २ सय ९६ रुपैयाँ ३५ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ र बिक्रीदर २८ रुपैयाँ १५ पैसा तोकेको छ । हिजो १ को खरिददर २८ रुपैयाँ २ पैसा र बिक्रीदर २८...
सुन तोलमा ५ सय बढ्यो

सुन तोलमा ५ सय बढ्यो

आर्थिक, समाचार
माघ १३ गते ।  आज सुनको भाउ बढेको छ । सोमबार सुन तोलाको पाँच सय रुपैयाँ बढेको हो । बढेर सुन तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
लिम्चुङबुङको कार्यालयमा संखास्पद वस्तु फेला

लिम्चुङबुङको कार्यालयमा संखास्पद वस्तु फेला

समाचार
उदयपुर, माघ १३ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यलयमा संखास्पद वस्तु फेला परेको छ । पालिका अध्यक्षको कार्यकक्ष अगाडीको ढोका छेउमा लाईलनको झोला भित्र कुकुर बम जस्तो देखिने वस्तु फेला परेको प्रहरीले जनाएको हो । विहान करिब साढे ९ बजे लाईलनको झोला भित्र कुकुरमा तार जोडेर मोबाईलमा कनेक्ट गरेको जस्तो देखिने संखास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कार्यालय सहयोगीले कार्यालय खोल्ने क्रममा ढोका छेउमा संखास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी टोली घटना स्थल पुगी घटना स्थललाई सुरक्ष घेरा भित्र राखेको छ । नेपाली सेनाका रणशार्दुल गण बोक्सेबाट बम डिस्पोजल टोली घटना स्थल प्रवेश गरेको प्रहरीले जनाएको छ ।...
नेपालमा कोरोना भाइरसको परीक्षण सुरु

नेपालमा कोरोना भाइरसको परीक्षण सुरु

समाचार, स्वास्थ्य
माघ १३ गते ।  आजबाट नेपालमा कोरोना भाइरसको नमुना परीक्षण सुरु हुने भएको छ । सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको हो । भाईरको परीक्षणका लागि आवश्यक पर्ने केमिकल आइपुगेकाले परीक्षण गर्ने तयारी भएको प्रयोगशालाले जनाएको छ । केहि दिन अगाडी चीनबाट नेपाल आएका एक जनामा कोरोना भाइरसको संक्रमण देखा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवागढी नाका हुँदै नेपाल आउने यात्रुको निगरानी बढाइएको सरकारले जनाएको छ । चीनबाट आएका जो सुकै व्यक्तिमा सय डिग्री भन्दा बढी ज्वरो आएको भेटिएमा उपचारको लागि अस्पताल पठाउने गरिएको विमानस्थल कार्यालयले जनाएको छ । रसुवागढी नाकामा रहेको चिनियाँ क्वारेन्टाइन कार्यालयले कोरोना संक्रमण भएका पर्यटक पाएमा चिन फर्काउने गरेको छ । तर नेपालीमा कोरोना भेटिए नेपाली स्वास्थ्यकर्मीको जिम्मा लगाउने सहमति भएको थ...
सभामुखमा सापकोटा निर्विरोध निर्वाचित

सभामुखमा सापकोटा निर्विरोध निर्वाचित

समाचार
माघ १२ गते ।  अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचिचत भएको छ । संसदको आईतबार बसेको बैठकबाट सापकोटा निर्विरोध सभामुख पदमा निर्वाचित भएकोे हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सापकोटाको मात्र सभामुखमा उम्मेदवारी दिएपछि बैठकबाट निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य महन्थ ठाकुरले  घोषणा गरेको थियो । सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले  समर्थन जनाएको थियो ।...
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
माघ १२ गते ।  आइतबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै  यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ पैसा १७ पैसा रहेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ५९ पैसा तोकेको छ । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १ र...