Saturday, August 22News That Matters

समाचार

गाँजासहित २ जना पक्राउ

गाँजासहित २ जना पक्राउ

समाचार
कटारी/पुस १८ गते ।  उदयपुरको चुहाडबाट लागु औषध गाँजासहित दुई जना पक्राउ परेका छन् । कटारी नगरपालिका ६ चुहाडबाट ३ किलो १ सय ग्राम गाँजा सहित पक्राउ गरेका हुन् । गाँजासहित स्थानीय ४१ वर्षीय गेहेन्द्र भन्ने गंगा राई र १८ वर्षिय दिपकुमार राई बिहिबार साँझ पक्राउ परेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए । गाँजा विक्रि वितरण गर्ने गरेको भन्ने सुराकीको आधारमा उनीहरुलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनालाई शुक्रबार म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
संस्थाको मर्यादा माथि आँच पुर्याएको  भन्दै मोबाइल व्यवसायी संघको ध्यानाकर्षण

संस्थाको मर्यादा माथि आँच पुर्याएको भन्दै मोबाइल व्यवसायी संघको ध्यानाकर्षण

आर्थिक, समाचार
पूर्णपुष्टि, पुस १८ गते । उदयपुर मोवाईल व्यावसायी संघले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उपाध्यक्ष ध्रुब प्रसाद पोखरेलको राजिनामा दिने स्वतन्त्रताको सम्मान गरिएको तर संस्थाको मर्यादामाथि आँच पुर्याउने गरी दिएको अभिब्यक्तिको भत्सर्ना गरेको जनाएको छ । विज्ञप्तीमा व्यवसायि तथा सामाजिक हितका लागि स्थापना भएको संघको मर्यादामाथि आँच पुर्याउने अभिब्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै उपाध्यक्ष  पोखरेलको विज्ञप्तीमा भनिएको अस्वस्थ प्रतिष्पर्धा र उपभोक्ताको अहित भन्ने आरोपको खण्डन गरिएको छ । “उपाध्यक्ष पोखरेलले राजीनामा दिनु व्यक्तिगत स्वतन्त्रता हो, हामी त्यसको सम्मान गछौं तर, समितिलाई जानकारीसम्म  पनि नदिई  एक्कासी विज्ञप्तीबाजी गर्नु संस्थाको हित विपरित हो त्यसमा पनि व्यवसायीबीच अस्वस्थ प्रतिष्पर्धा हुने र उपभोक्ताको अहित हुने कुरा छ । यो सरासर गलत र भ्रामक अभिब्यक्ति हो । यसको ...
लघु उद्यम विमा प्रभावकारी बन्दै

लघु उद्यम विमा प्रभावकारी बन्दै

आर्थिक, समाचार
उदयपुर, पुस १८ गते ।  उदयपुरमा लघु उद्यम विमा प्रभावकारी बन्दै गएको छ । कृषी क्षेत्रका पशु, पंछि र बालीको समेत विमा गर्न थालेपछि लघु उद्यम विमा प्रभावकारी बन्दै गएको हो । नेपाल विमक संघको आयोजना तथा युके एण्ड सक्षमको सहकार्य र लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनीको व्यावस्थापनमा शुक्रबार लघुविमा सम्बन्धि देशव्यापी अभिमुखिकरण कार्यक्रममा भएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधीहरुको समेत उपस्थिति रहको भएको थियो । कषी क्षेत्रको विमा गर्ने भएकाले ग्रामिण भेगका सर्वसाधरण जनतलाले बढी सेवा लिन थालेको छ । ग्रामिण भेगका साना ठूला कृषकहरुले पशु चौपाया र बालीको विमा गर्न पाएकाले निकै प्रभावकारी बन्दै गएको देखिएको छ ।  गार्हस्थ, दुर्घटना, स्वास्थ्य, लघु उद्यम, पशुधन,बाली विमा गर्ने भएकाले कृषकहरुले लाभ लिन थालेको लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी उपशाखा गाईघाटले जनाएको छ । लघु विमाले...
कोरियन वनको भाउ घट्दा अरु मुद्राको भाउ बढ्यो

कोरियन वनको भाउ घट्दा अरु मुद्राको भाउ बढ्यो

आर्थिक, समाचार
पुस १८ गते । आज कोरियन वनको भाउ घटेको छ भने अरु विदेशी मुद्राको भाउ बढेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ५० तोकेको छ । हिजो यसको खरिददर १ सय १३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २६ पैसा थियो । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९९ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो ओमानी रियाल १ को खरिददर २ सय ९८ रुपैयाँ १७ पैसा रहेको थियो ।  त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र...
सुनको भाउ आकाशीयो

सुनको भाउ आकाशीयो

आर्थिक, समाचार
पुस १८ गते ।  सुनको भाउ बढेर अहिलेसम्मकै सवै भन्दा महंगो बनेको छ । शुक्रबार तोलाको ७४ हजार पाँच सय रुपैयाँ पुगेको हो । एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७४ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ अझै बढ्ने महासङ्घले जनाएको छ । यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको थियो । आज पनि चाँदीको भाउ जस्ताको तस्तै रहेको छ । आज चाँदी  तोलाको नौ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।...
हवाई आक्रमणमा कुद्स फोर्सका प्रमुखको मृत्यु

हवाई आक्रमणमा कुद्स फोर्सका प्रमुखको मृत्यु

समाचार, संसार
पुस १८ गते ।  हवाई आक्रमणमा ईरानको कुद्स फोर्सका प्रमुख कामिस सोलेमानीको मृत्यु भएको छ । ईरानको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई आक्रमणमा सोलेमानीको मृत्यु भएको हो । आक्रमणमा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल– मुहान्दिसको पनि मृत्यु भएको छ । हवाई आक्रमणमा प्रमुख सोलेमानीसँगै आठ जनाको मृत्यु भएको थियो भने आक्रमणको जिम्मा अमेरिकाले लिएको छ । अमेरिकी रक्षा विभागले जारी गरको बयानका अनुसार ‘अमेरिकी राष्ट्रपतिको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैन्यकर्मीको रक्षाको लागि कासिम सोलेमानीलाई मार्ने कदम उठाइएको हो । अमेरिकाले उनलाई आतङ्कवादी घोषित गरिसकेको थियो ।’...
वर्षा सहित हिमाली भेगमा हिमपात

वर्षा सहित हिमाली भेगमा हिमपात

समाचार
पुस १८ गते ।  उच्च पहाडी तथा हिमाली भेगमा वर्षा सहित हिमपात हुदा जाडो बढ्ने सम्भावना बढेको छ । पश्चिमी भेगमा पानी पर्नुका साथै हिमाली भेगमा हिमपात परिरहेकाले जाडो बढ्ने सम्भावना बढेको हो । आकाशमा बादल लागेपछि तापक्रम घट्दै गएको छ । चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु शनिबारदेखि केहि कमजोर हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
लडेर १ जनाको मृत्यु

लडेर १ जनाको मृत्यु

समाचार
इलाम पौष १७ गते । ईलामको इलाम नगरपालिकामा लडेर एक जनाको मृत्यु भएको छ । ईलाम नगरपालिका–१ लिङलिमा टोल निबासी ३५ बर्षीय कृष्ण बहादुर राईको  मृत्यु भएको हो । घर नजिकै रहेका खेतको बाँसमा चढी घाँस काट्ने क्रममा  बिहान ८ बजे एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।...
लागु औषध सहित २ जना पक्राउ

लागु औषध सहित २ जना पक्राउ

समाचार
मोरङ, पौष १७ गते । मोरङको बिराटनगरबाट लागु औषध सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१२ आईतवारेबाट बुधबार साँझ ६ बजे पक्राउ परेका हुन्् । प्रहरी चौकी बखरीबाट खटेका प्रहरी टोलीले सुनदर हरैचा नगरपालिका–४ निबासी २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट  फिनेरामिन १३ एम्पुल, डाईजोल्याप १३ पम्पुल, बुफ्रेनोरथिन १३ एम्पुल र प्रोथामिन हाईड्रो क्लोराईड एलपी १३ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका दुवैजना माथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
जलवायु परिवर्तनको प्रत्यक्ष असर महिलामा

जलवायु परिवर्तनको प्रत्यक्ष असर महिलामा

समाचार
उदयपुर, पुस १७ गते । जलवायु परिवर्तनको प्रत्यक्ष असर महिला तथा बालबालिकामा परेको एक तथ्यांकले देखाएको छ । उदयपुरको त्रियुगामा चेतना महिला समूह उदयपुरले गरेको एक अनुसन्धानले जलवायु परिवर्तनको प्रत्यक्ष असर महिला तथा बालबालिकामा परेको देखाएको हो । जलवायु, न्याय–महिला सहभागितात्मक कार्यगत अनुसन्धान, कार्यक्रमअन्र्तगत ल एण्ड डेभलपमेन्ट एसिया प्यासिफीक फोरम अन ओमनको सहयोगमा चेतना महिला समुह उदयपुरले त्रियुगा नगरपालिका १ र २ को जोगिदहमा अनुसन्धान गरेको थियो । चुरे क्षेत्रको वढ्दो दोहन नै जिल्लाको लागि जलवायु परिवर्तनको मुख्य आधार भएको औल्याइएको छ । सामुदायिक वन क्षेत्रको अवधारण विकास भएपनि त्यसको संरक्षण नहुनु, चुरे क्षेत्र दिन दिनै मासिँदै जानुले विनास निम्त्याइएको तथ्यांकले देखाएकोछ । बढ्दो विनास नरोक्ने र सरोकारवालाहरुले विपद् पुर्वका योजना तर्जुमा नगर्ने हो भने अबश्था अझ भयाभय बन...