Friday, August 21News That Matters

समाचार

माघमा रिलिज हुने ‘दि कर्मा’

माघमा रिलिज हुने ‘दि कर्मा’

मनोरञ्जन, समाचार
मंसिर ३ गते ।  आगामी माघमा चलचित्र ‘दि कर्मा’ सार्वजनिक गर्ने भएको छ । चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गर्दै आगमी माघ १७ गते ‘दि कर्मा’ रिलिज हुने भएको हो । जयराज रायले निर्माण गरेको चलचित्रको निर्देशक देवकुमार श्रेष्ठले गरेका छन् । यस चलचित्र नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित कथालाई समेटिएको छ । भारतका मोडल करण वर्माको साथमा चलचित्रमा नीता ढुंगाना, परमिता आरएल राणा, वुद्दि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतकाको अभिनय रहेको छ । चलचित्रमा सुशिल पोखरेलको पटकथा तथा संवाद गरिएको हो ।...
खोलामा डुबेर  १ बालकको मृत्यु

खोलामा डुबेर १ बालकको मृत्यु

समाचार
खोटाङ, मंसिर ३ गते । खोटाङको खोटेहाङमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–७ रातामाटाका हिमाल राईको छोरा ३ बर्षीय साहिल राईको मृत्यु भएको हो । घर नजिकै रहेको सावाखोलामा खोल्ने क्रममा सोमवार दिउँसो साँढे ४ बजे खोलामा डुबेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङले जनाएको छ । शव परिक्षणको लागि प्राथामिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
देशकै पहिलो आधुनिक फलाम खानी कम्पनी स्थापना

देशकै पहिलो आधुनिक फलाम खानी कम्पनी स्थापना

समाचार
मंसिर ३ गते । देशमै पहिलो पटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता प्रक्रिया पूरा भएपछि आधुनिक फलाम खानीले संस्थागत आकार लिएको हो । नवलपुरको होप्से गाउँपालिकामा स्थापना गर्न लागिएकोे फलाम खानी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई कम्पनी सञ्चालनका थप प्रक्रिया अगाडि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ऐन, २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भएको मन्त्रालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको ।...
चौधरी आमा छोरीको हत्यारा कारागार चलान

चौधरी आमा छोरीको हत्यारा कारागार चलान

समाचार
उदयपुर, मंसिर ३ गते ।  त्रियुगा नगरपालिका–९ चौकीबारी निबासी २८ वर्षीय गोमा भन्ने शारदाकुमारी चौधरी र उनको छोरी ६ वर्षीय रचनाकुमारी चौधरीको हत्यारा साह पूपक्र्षका लागि कारागार चलान भएको छ । गत असोज २४ गते राती धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर आमा छोरीको हत्या गर्ने सिराहा लहान नगरपालिका–२ मटेरुवा स्थायी घर भई हाल त्रिनपा–३ मोतिगडामा चिया पसल गर्दै आएका ४० वर्षीय रामहरि साह पूपक्र्षका लागि कारागार चलान भएको हो । आमा छोरीको हत्यारा साहलाई सोमबार पूपक्र्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।...
भारत विरुद्ध विरोध प्रदर्शन

भारत विरुद्ध विरोध प्रदर्शन

समाचार
गाईघाट, मंसिर २ गते ।  भारतले नेपालको भु–भाग आफ्नो नक्सामा समावेश गराएपछि उदयपुरमा पनि माओवादी मजदुर पाटी र राष्ट्रिय जनमोर्चा पाटीले विरोध ¥याल प्रदर्शन गरेको छ । भारतले सार्वजनिक गरेको राजनीतिक नयाँ नक्सामा समावेश गरेका नेपालको कालापानी, लिपुलेख, लिम्पियाधुरा नक्साबाट तुरुन्तै हटाउनु पर्ने भन्दै विरोध ¥याली प्रदर्शन गरेको हो । पार्टी कार्यालबाट निस्केका विरोध ¥यालीले “कालापानी, लिपुलेख, लिम्पियाधुरा हाम्रो हो, विस्तारबादी भारत मर्दाबाद, भारतद्धारा अतिक्रमित कालापानी, लिपुलेख, लिम्पियाधुरा फिर्ता गर, माओवादी मजदुर पाटी जिन्दाबाद, राष्ट्रिय जनमोर्चा जिन्दाबाद !” लगायतका नाराबाजी गर्दै बजार परिक्रमा गरी पिपल चोकमा बृहत कोण सभा भएको थियो । भारतले सार्वभौम राज्य माथि अतिक्रमण गरेकाले छिटो भन्दा छिटो कुतनीतिक तवरबाट भारतले समेटेका नेपालको भु–भाग फिर्ता गर्नु पर्ने माओवादी मजदुर पार्टी...
बेलकामा कृषक परिचय पत्र वितरण

बेलकामा कृषक परिचय पत्र वितरण

आर्थिक, समाचार
जयराम पूर्वछाने मगर बेलका/मंसिर २ गते । बेलाका नगरपालिकाले पहिलो पटक कृषक परिचय पत्र वितरण गरेको छ । बेनपा–३ का कृषकहरुलाई चार तहमा वर्गीकरण गरेर ९ जनालाई कृषक परिचय पत्र वितरण गरेको हो । कृषीजन्य वस्तुबाट पालिका आत्मनिर्भर बन्नका लागि ३ नम्बर वडाबाट वर्गीकरणसहितको कृषक परिचय पत्र वितरण सुरु गरेको पालिकाले जनाएको छ । रातो जोन, साना किसान, मध्यम कसान र ठूला व्यावसायीक किसान गरी चार वर्गमा विभाजन गरि परिचय पत्र प्रदान गरेको हो । रातो जोनमा असोक श्रेष्ठ, सरिता मंग्राती र उमा मगर रहेको छ । त्यस्तै साना किसानमा राम चौधरी र डिल्लीसेर राई परेका छन् भने मध्यम किसानमा प्रविन राई र खेमराज मगर परेका हुन् । त्यस्तै ठूला व्यावसायीक किसानमा महेश चौधरी र विष्णुमति राई परेका छन् । यस चार तहको वर्गीकरणमा परेका कृषकहरुलाई तह अनुसारको परिचय पत्र वितरण गरिएको थियो । जुन रातो जोनमा परेका कृषकहरुलाई प...
राजिनामा दिएर वडाध्यक्ष बने शिक्षक

राजिनामा दिएर वडाध्यक्ष बने शिक्षक

समाचार
मंसिर २ गते ।  सल्यानको एक स्थानिय तहका जनप्रतिनिधिले राजिनामा दिएर शिक्षक पेशामा लागेका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढा मगरले वडाध्यक्षको पदबाट राजिनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित मगर शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुला कोटा अन्तर्गत मुस्ताङबाट नाम निकालेपछि वडाध्यक्षको पदबाट राजिनामा दिएको हो । वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजेको मगरले बताए । अवका दिनमा राजनीतिमा नफर्किने सोचेका साथ विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँने  र शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहेर आवद्ध भएको मगरले बताए । मगरले बुधबार गाउँपालिकामा आएर राजीनामा दिएको थियो । गाउँ कार्यपालिकाको बैठक भएकाले उक्त बैठकबाट मगरको र...
स्वर्गिय निलहरी खतिवडाको दोमासिक तिथिमा बटुकहरुलाई बस्त्रदान

स्वर्गिय निलहरी खतिवडाको दोमासिक तिथिमा बटुकहरुलाई बस्त्रदान

समाचार
गाईघाट/२ स्वर्गिय निलहरी खतिवडाको दोमासिक तिथिको अवसर पारेर गाईघाट स्थित त्रियुगा शान्तितधाम वैदिक गुरुकुलम्का बटुकहरुलाई बस्त्रदान गरिएको छ । स्वर्गिय खतिवडाको कान्छि छोरी बालकुमारी खतिवडाले आफ्नो बुवाको दोमासिकलाई स्मरण गर्दै बस्त्रदान गरेको हो । हिन्दु धर्मको संरक्षण र संवर्धनमा सबैको पहल रहोस र शान्तिधाम संस्कृतिक पाठसाला गुरुकुल लाई संरक्षण गर्ने भन्दै त्यहाँका १८ जना बटुकहरुलाई बस्त्रदान गरेको स्वर्गिय निलहरी खतिवडाको कान्छि छोरी बालकुमारी खतिवडाले बताईन् । बाबुको सम्झनामा उहाँले पहिलो महिना भोजन कार्यक्रम, ४५ दिनको पुण्यु तिथिमा आर्थिक सहयोग र दोमासिकमा बस्त्रदान गरेको र आउदो महिना पनि जाडोको कपडा दान गर्ने बताइन् । आफ्नो हिन्दु धर्म संस्कृतिलाई बचाउ भन्दै स्थापना भएको यस पाठसालालाई संरक्षणको निम्ति सबै सामाजिक अभियन्ताहरुमा प्रचारप्रसार गर्नु पर्ने र यस क्षेत्रमा पन...
दिनार, रियाल र वनको भाउ बढ्यो

दिनार, रियाल र वनको भाउ बढ्यो

आर्थिक, समाचार
मंसिर २ गते ।  आज कुवेती, बहराइन दिनार, ओमानी रियाल र कोरियन वनको भाउ बढेको छ भने अरु मुद्राको भाउ स्थितर रहेको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १६ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९७ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो खरिददर २सय  ९७ रुपैयाँ ८५ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा छ भने मलेसियन रिंगिट १ को खरिददर २७  रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ ...
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

समाचार
मोरङ, मंसिर २ गते ।  मोरङको सुन्दरहरैचामा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–८ बिराटचोकमा मोटरसाईकल र ट्रक एक आपसमा ठोकिदा मोटरसाईकल चालक पेशल केसीको मृत्यु भएको हो । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रकले विपरित दिशाबाट आईरहेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाईकल चालक झापाको कन्काई नगरपालिका–३ निबासी ४४ वर्षीय केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका केसीको उपचारको लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका ट्रकमा सवार ईटहरीका यमपी रुस्तम र मित्रलाल न्यौपानेको उपचारको लागि विराटनर्सिङ होम पठाएको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेकाले खोजलास भईरहेको र ट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको प्रहर...