भारतको नक्सामा नेपाली भूभाग, अनेरास्ववियूकोे विरोध ¥याली
कात्तिक २० गते ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भुभाग परेपछि चौतर्फी आलोचना भईरहेको छ । गएको शनिबार भारतले सार्वजनिक गरेको नक्सामा नेपालको करिब ३ सय ७२ किलोमिटर भन्दा बढी जमिन समेटको भुभाग समावेश गरएको छ ।
दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् । अहिले यथाशीघ्र नेपाल सरकारको धारणा माग गरिरहेका छन् ।
यसै क्रममा सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ¥याली निकालेर विरोध गरको छ । ‘भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ् इण्डिया, कालापानी हाम्रै हो, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै विरोध जनाएका छन् । यो विरोध सांकेतिक मात्रै भएको र तत्काल नसच्याइए कालापानी गएर नेपाली भूमिमा राष्ट्रिय झण्डा गाड्ने अनेरास्ववि...









