Friday, August 21News That Matters

समाचार

राजस्व छलीमा दोङ्गहवा कन्ट्रक्सनविरुद्ध मुद्दा दायर

राजस्व छलीमा दोङ्गहवा कन्ट्रक्सनविरुद्ध मुद्दा दायर

आर्थिक, समाचार
कात्तिक १९ गते । नेपाल दोङ्गहवा कन्ट्रक्सनले झुटा नक्कली बील प्रयोग गरेर राजस्व छली गरेको आरोपमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बस्तु तथा सेवा खरिद नै नगरी बिल बनाएर राजस्व छली गर्ने कन्ट्रक्सनविरुद्ध १३ करोड १३ लाख रुपैयाँ बिगो र दोब्बर जरिबाना तथा सञ्चालकलाई ३ वर्ष कैद सजाय माग गरेर मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । चिनियाँ नागरिक याङ लिन, शे स्याङजुन, वे देगुइन र नेपाली नागरिक सुविन श्रेष्ठले बस्तु तथा सेवा खरिद नगरी  नक्कली भ्याट बिल खरिद गरेर भ्याट र आयकर छली गरेको विभागले जनाएको छ । ४ करोड २१ लाख भ्याट, ७ करोड ७७ लाख रुपैयाँ आयकर र १ करोड १४ लाख ३१ हजार रुपैयाँ मुनाफा वितरण गर्दा लाग्ने लाभांश गरी १३ करोड रुपैयाँ राजस्व छलेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।...
आज सुनको मूल्य घट्यो

आज सुनको मूल्य घट्यो

आर्थिक, समाचार
 कात्तिक १९ गते ।  आज सुनको मुल्य घटेको छ । मंगलबार छापावाल सुन तोलाको २ सय रुपैयाँले घटेको हो । बजारमा छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बजारमा छापावाला सुन प्रतितोला ७१ हजार रुपैयामा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले घटेको छ तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५ सय रुपैयामा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मुल्यमा पनि प्रतितोला ५ रुपैयाँ घटेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
भरुवा बन्दुक पड्केर १ जनाको मृत्यु

भरुवा बन्दुक पड्केर १ जनाको मृत्यु

समाचार
ओखलढुङगा, कार्तिक १९ गते । ओखलढुङगाको मोलुङमा बादर लखेट्ने क्रममा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । मोलुङ गाउँपालिका–३ थुम्कीको जंगलमा बाँदर लखेट्ने क्रममा स्थानीय लालमान तामाङको मृत्यु भएको हो । सोमबार दिउँसो करिब २ बजे जंगलमा बाँदर लखेट्न गएका स्थानीय चित्रबहादुर सुनुवारले बोकेको बन्दुक पड्कदा १७ बर्षीय तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते भएका तामाङलाई उपचारको लागी काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटनामा संग्लन्न रहेका सुनुवारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उक्त घटनामा संग्लग्न अन्य ४ जना फरार रहेकोले खोजी कार्य भईरहेको छ भने घटनास्थलबाट १ थान लोड गरेको र १ थान पड्किएको भरुवा बन्दुक बरामद गरको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घ...
सुरुङ भित्र फसेका मजदुरको उद्धारमा समस्या

सुरुङ भित्र फसेका मजदुरको उद्धारमा समस्या

समाचार
कात्तिक १९ गते ।  बझाङको बुंगलमा निर्माणाधिन कालंग हाईड्रो प्रालिको सुरुङ भित्र फसेका मदुरको उद्धारमा समस्या भएको छ । बुंगल नगरपालिकामा निर्माणाधिन सुरूङ भित्र आईतबार फसेका चार जनामध्ये एक जना मजदुरको उद्धारमा समस्या आएको हो । आइतबार दिउँसो सुरुङ भित्र काम गर्न पसेका मजदुर नफर्किएपछि उनीहरुको खोजी सुरु गरिएको थियो । सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटेका सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र फसेका तीन जना मजदुरको शव सोमबार साँझ करिब ७ बजे निकालेको थियो । सुरुङ भित्र दैलेखको गुराँस गाउँपालिका–३ निबासी ३२ वर्षीय महेन्द्र शाही, कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका–६ निबासी २८ वर्षीय महेन्द्र साउदको शव फेला परी उद्धार गरिएको प्रहरीले जनाएको छ । बझाङको बुंगल नगरपालिका–१ निबासी ३५ वर्षीय शेरसिंह धामी अझै बेपत्ता रहेकोले उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएक...
७२ वटा वडा सचिवविहिन

७२ वटा वडा सचिवविहिन

समाचार
कात्तिक १९ गते  बैतडीका पालिकाहरुमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या आएको छ । जिल्लामा जम्मा ८४ वटा वडामध्ये ७२ वटा वडा कार्यालय सचिव विहीन बनेपछि सेवा प्रवाहमा समस्या आएको हो । शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र निकै दुर्गम मानिने सिगास गाउँपालिकाका वडामा सचिव विहिन भएपछि अहिले प्राविधिक सहायक कार्यालय र सामाजिक परिचालकमार्फत वडाको काम भैरहेको छ । वडामा सचिव नहुँदा सानोतिनो कामको लागि पनि नगरपालिका नै धाउनु पर्ने बाध्यता भएको स्थानीयहरुले गुनासो गरेका छन् । देशकै दशौँ नमुना शहरमा परेको पाटन नगरपालिकाका १० वडामध्ये ७ वडा सचिव विहीन रहेको पालिकाले जनाएको छ । डिलाशैनी गाउँपालिकाका ७ वडामध्ये १ वडामा मात्रै सचिव रहेको छ भने दोगडाकेदार गाउँपालिकाका ८ वटा वडामध्ये ६ वडा सचिव विहीन भएको छ । त्यस्तै पुरचौँडी नगरपालिकामा पनि एक वडामा मात्रै सचिव रहेको छ भने...
ताला लगाउन गएका अस्थायी शिक्षक पक्राउ

ताला लगाउन गएका अस्थायी शिक्षक पक्राउ

समाचार
कात्तिक १९  गते । मुख्यमन्त्रि कार्यालयमा ताल लगाउन पुगेका अस्थायी शिक्षक पक्राउ परेका छन् । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका करिब ३० जना शिक्षक मंगलबार पक्राउ परेका हुन् । अस्थायी शिक्षकहरुले कर्मचारीलाई भित्र छिर्न नदिने गरी ताला लगाएर मूल गेटमा धर्ना दिने योजना बनाएका थिए । सेवाबाट मुक्त गरिएपछि निरन्तर आन्दोलन गर्दै आएका अस्थायी शिक्षकहरुले पुनर्बहाली गर्नु पर्ने माग राखेका छन् । ताला लगाउन गएका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहितलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखेका छन् । सोमबार अस्थायी शिक्षकहरुले मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा चक्काजाम गरेका थिए । अस्थायी शिक्षकहरुले गत असार २० गतेदेखि एक महिना मुख्यमन्त्री कार्यालय अगाडि धर्नासमेत दिएको थियो ।...
नमोबुद्धमा १ दम्पती मृत फेला

नमोबुद्धमा १ दम्पती मृत फेला

समाचार
कात्तिक १९ गते ।  काभ्रेको नमोबुद्धमा एक दम्पती मृत फेला परेका छन् । नमोबुद्ध नगरपालिका तल्लो हटियामा श्यामकृष्ण श्रेष्ठ र रुकुमाया श्रेष्ठ मृत फेला परेका हुन् । स्थानीय ५५ वर्षका श्यामकृष्ण र अन्दाजी ५० वर्षकी रुकुमायाको शव मंगलबार बिहान फेला परेका प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि काठमाण्डौबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाइएको प्रहरीले जनाएको छ ।...
नवनियुक्त प्रदेश प्रमुख लिए सपथ ग्रहण

नवनियुक्त प्रदेश प्रमुख लिए सपथ ग्रहण

समाचार
कात्तिक १९ गते ।  नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सरकारले सोमबार नियुक्त गरेका प्रदेश प्रमुखहरुले राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार सपथ ग्रहण गरेका हुन् । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायत मन्त्री तथा विशिष्ठ सरकारी कर्मचारीहरुको उपस्थिति रहेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश–१ का प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश २ का तिलक परियार, प्रदेश ३ का विष्णु प्रसाईं, गण्डकी प्रदेशका अमिक शेरचन, प्रदेश ५ का धर्मनाथ यादव, कर्णाली प्रदेशका गोविन्द कलौनी र प्रदेश ७ का शर्मिला त्रिपाठीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।...
मलेसियन रिंगिट, कोरियन वन र ओमनी रियालको भाउ बढ्यो

मलेसियन रिंगिट, कोरियन वन र ओमनी रियालको भाउ बढ्यो

आर्थिक, समाचार
कात्तिक १९ गते ।  आज मलेसियन रिंगिट, कोरियन वन र ओमानी रियालको भाउ बढ्दा अरु मुद्राको भाउ घटेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो डलरको खरिददर १३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको थियो । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो खरिददर २ सय ९४ रुपैयाँ २० पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३...
तालिम प्राप्त सशस्त्र प्रहरीद्वारा २० फिटमुनी लास फेला

तालिम प्राप्त सशस्त्र प्रहरीद्वारा २० फिटमुनी लास फेला

समाचार
पूर्णपुष्टि, कात्तिक १९ । हिजाे डुबेर बेपत्ता भएकाे मानिसलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण गाईघाटबाट खटिएकाे ११ जनाको दैवी प्रकोप उद्धार तालिम प्राप्त टोलीले फेला पारी बाहिर निकालेकाे छ । हिजाे रातीदेखिनै खटिएकाे टाेलीले बिहान फेला पारी निकालेकाे हाे । २० फिट पानीमुनी दबिएकाे अबस्थामा लास फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुरको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गाहर धन राईले जानकारी दिनुभयाे । प्रहरीले लासकाे मुचुल्का उठाई पाेष्टमार्टमकाे तयारी गरेकाे छ । चाैदण्डिगढी नगरपालिका ९ पुर्व ज्यामिरे स्थित जमेकाे पानी दहमा खाेटाङकाे सावाकटहरे ६ घर भई हाल चाैनपा ९ अजगरा बस्दै अाएका ४० बर्षिय सुबास बि.क. डुबेर बेपत्ता भएका थिए । बेल्टार बजारबाट फर्कदै गर्दा अन्दाजि बेलुका ७ बजे डुबेकाे खबर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले खाेजि कार्य थालेकाे थियाे ।...