Thursday, May 7News That Matters

समाचार

दशैँमा बत्ति बलेपछि वडावासी उत्साहित

दशैँमा बत्ति बलेपछि वडावासी उत्साहित

Breaking News 1, समाचार
उदयपुर/असोज, २० दशैँमा बत्ति बलेपछि उदयपुरगढी गाउँपालिका वडा नं ७ का वडावासीहरु खुसि भएका छन् । बत्ति बलेर उत्साहित बनेका वाडवासीहरुले विकास र जनप्रतिनिधिहरुको महसुस भएको बताए । शनिबार १ नं प्रदेश साम्सद नारायण बुर्जामगरले बत्ति बालेर बत्तिको उद्घाटन गरेको गर्यो । १३ बर्ष अगाडी नै बत्ति बाल्ने प्रयासमा रहेको भएपनि बिभिन्न कारण बत्ति बाल्न नसकेको स्थानीयहरुले बताए । १ नं प्रदेशका साम्सद नारायण बुर्जा मगरको पहलमा १ करोड २० लाखको योजना परेपछि मैनाटार कोल्टे विद्युत विस्तार समितिले काम सुरु गरेको थियो । आकाश गंगा सामुदियिक बन उपोभोक्ता समितिले तार र राष्ट्रिय बिद्युत प्रधिकरण प्रशारणले पोलको व्यवस्था गरेपछि बाँकी सामानहरु सबै स्थानीयहरु कै लगानीमा बत्ति बाल्न सफल भएको समितिको सचिव मेघ बहादुर कार्कीले बताए ।स्थानीयहरुले यो बर्षदेखिको चाँडबाड झिलिमिलि हुने बताए । साथै बत्तिबाट बिभिन्न प...
रानिटार–वालङ्खा सडक कष्टपूर्ण

रानिटार–वालङ्खा सडक कष्टपूर्ण

समाचार
भोजपुर, असोज १७ गते । वर्षाले सडक क्षती पु¥याएपछि भोजपुरको वालङ्खा–रानीटार सडक खण्डको यात्रा कष्टपूर्ण बनेको छ । दशैँको मुखमा परेको वर्षातले सडकमा क्षती पु¥याउदा सवारी आवागमन कष्टपूर्ण बनेको हो । उदयपुरको चौदण्डिगढी हुदै रानिटारबाट भोजपुर प्रवेश गर्ने उक्त सडक वर्षाले क्षती गरेपछि आमचोक गाउँपालिका र उक्त पालिका हुदै हतुवागढी, जिल्ला सदरमुकामसम्म यात्रा गर्न कठिन बनेको हो । आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईका अनुसार पालिकाले सडक मर्मत कार्य गरिरहे पनि निरन्तर परेको वर्षाले पुन सडक भत्काउने गरेपछि मर्मत कार्यमासमेत कठिनाई भईरहेको छ । “विहान सडक मर्मत ग¥यो बेलुका भत्किहाल्छ ।” अध्यक्ष राईले भने “तल सडक मर्मत गरेर अवरोध हटायो माथिबाट खसिहाल्छ ।” सडकको यस्तो समस्याले दशैँ, तिहार मनाउन जिल्ला भित्रिने यात्रुहरुलाई कष्टपूर्ण यात्रा बनेको छ । करिब २५ किलोमिटर लामो रानिटार–वालङ्खा सडक मर्मत...
छुरा प्रहारबाट १ जना घाईते

छुरा प्रहारबाट १ जना घाईते

समाचार
मोरङ/असोज १६ गते ।  मोरङको विराटनगरमा छुरा प्रहारबाट एक जना घाईते भएको छ । विराटनगर महानगरपालिका–१० सोमबारेमा  दिउँसो १२ बजे वादविवाद हुदा मेघनाथ मण्डलले माया मण्डललाई छुरा प्रहार गरी घाईते बनाएको हो । सिटि चार्जरको विषयमा बावविवाद हुदा स्थानीय पुर्णिमा मण्डल र उनको छोरा २० वर्षीय मेघनाथले ३४ बर्षिय मायालाई सब्जी काट्ने छुरा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते मायाको कोशी अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने छुरा प्रहार गर्ने मेघनाथलाई वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
माछा मार्दा करेन्ट लागेर १ जनाको मृत्यु

माछा मार्दा करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा/ असोज १६ गते । झापाको दमकमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–५ संगम टोल निबासी चिन्टु माझीको मृत्यु भएको हो । मंगलबार राती १० बजे घर अगाडीको नालिमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक्कासी चिप्लिएर पानीमा लड्दा करेन्ट लागेर ४० बर्षीय माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएको माझिको दमकको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनाको जानकारी पाउना साथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

समाचार
धनकुटा /असोज १६ गते । धनकुटाको चौबिसेमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । चौविसे गाउँपालिका–३ गढिगाउँका १७ बर्षीय लक्ष्मण तामाङको मृत्यु भएको हो । गढिगाउँको भित्री सडक खण्डमा तमोर नदीबाट बालुवा बोकी मुढेतर्फ जाँदै गरेको को २ त २८३६ नम्बरको ट्याक्टरबाट लडेर  मंगलवार राती ८ बजे लडेर घाईते भएका तामाङको धरानको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक प्रहरी चौकी मुढेवासको नियन्त्रणमा  राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
दिवसमा बेलका नगरपालका सम्मानित

दिवसमा बेलका नगरपालका सम्मानित

समाचार
असोज १६ गते । अन्तराष्ट्रिय पशु पन्छि दिवस र पशु सेवा विभाग स्थापना दिवसको अवसरमा उदयपुरको बेलका नगरपालिका सम्मानीत भएको छ । पशु पन्छिको विकासका क्षेत्रमा उल्लेखनिय काम गरेको मुल्याङ्कन गर्दै कृषि मन्त्रालय पशु सेवा विभागले सम्मान गरेको हो । पशु शेवा बिभागका माहानिर्देशक डा. बन्सी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि तथा पशु पन्छी मन्त्रालयका सचिब युबकधोज जिसिले सम्मान पत्रका साथ सम्मान गरेको थियो । बेलकामा बन्दै गरेको बोका बाख्रा सन्कलन केन्द्र, ४० वटा पशु पन्छी फर्म अनुदानमा स्थापना भएको, ६ वटा मासु पसल स्थापना, घासको बिउमा नौ सय पाँच आत्मनिर्भर भएको, गाई र भैसिमा कृतिम गर्भाधान कार्यक्रम सन्चालन गरेको, सिकाई केन्द्र स्थापना गरेको, पशु स्वास्थ सिबिर सन्चालन गरेको, आफ्नै श्रोत बाट पशु चिकित्सक ब्यबस्थापन गरेको, दुईवटा बाख्राको श्रोत केन्द्र स्थापनाको तयारी गरेको लगाएतका कामहरु ...
“मिलन स्मारिका” लोकार्पण

“मिलन स्मारिका” लोकार्पण

शिक्षा, समाचार, साहित्य
उदयपुर, असोज १५ गते । कर्मचारी मिलन केन्द्र उदयपुरले नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी प्रकाशन गरेको मिलन स्मारिका आज लोकार्पण भएको छ । केन्द्रको आफ्नै हलमा विशेष कार्यक्रमको आयोजना गरी स्मारिकाको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिहरुले एकसाथ स्मारिकाको लोकार्पण गरेका थिए । प्रमुख अतिथि जिल्ला न्यायाधिश मनोज केसी, विशेष अतिथिहरु धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, नेपाली सेनाको १८ नंं बाहिनी भुल्केका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटा, प्रजिअ ध्रुबबहादुर खड्का लगायतले संयुक्तरुपमा स्मारिकाको लोकार्पण गरेका थिए । जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकिय क्षेत्रलाई समेटेर प्रकाशन गरिएको स्मारिका एक सिर्जनशिल र महत्वपूर्ण रहेको बताइएको छ । मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानका अनुसार स्मारिकाको पहिलो भागमा सरकारले पर्यटकिय क्षेत्रकोरुपमा अघि ब...
यसपालिको दशैँमा कपडाको व्यापार बढी

यसपालिको दशैँमा कपडाको व्यापार बढी

आर्थिक, समाचार
उदयपुर, असोज १५ गते । उदयपुरमा दशैँको अन्तिम बुधबार सवै भन्दा बढी कपडाको व्यापार भएको छ । सदरमुकाम गाईघाट बजारमा दशैँका लागि अन्य वस्तु भन्दा बढी कपडाको व्यापार भएको हो । पहिलादेखि नै बुधबार हटिया लाग्दै आएकाको बजारमा दशैँको अन्तिम बुधबार मानिसहरुको उल्लेख्य चालहपहल रहेको थियो । नेपालीहरुको महान चाड दशैँ भएकाले दशैँका लागि बढी कपडाको व्यापार भएको उद्योग बाणिज्य संघ उदयपुरका प्रथम उपाध्यक्ष रमेश रसाईलीले बताए । गत वर्षहरुको तुलनामा तुलनात्मक रुपले व्यापार नभएपनि अरु बेलाको भन्दा राम्रो व्यापार भएको छ । सवै भन्दा बढी व्यापार भएको कपडा पछि खाद्य वस्तु, मासुका लागी खसी, जुत्ता चप्पल, सुन चाँदी लगायतका वस्तुको व्यापारमा सुधार आएको उपाध्यक्ष रसाईलीले बताए । भाउ बढेपछि व्यापारमा गिरावट आएको सुनमासमेत केहि सुधार आएको उनले बताए । केहि दिनदेखि लगातार परेको झरीले निराश भएका व्यापारीहरुको निराशा...
पालिले किचेर १ जनाको मृत्यु

पालिले किचेर १ जनाको मृत्यु

समाचार
पाचँथर, असोज १४ गते । पाँचथरको कुम्मायकमा पालिले किचेर १ जनाको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका–३ हाङथुवामा पालिले किचेर  धनप्रसाद सम्वाहाम्फेको भृत्यु भएको हो । आफ्नै घरको पालिले बिहान १० बजेको किचेर ४६ वर्षीय सम्वाहाम्फेको मृत्यु भएको प्रहरीले जनाएको छ । बसिरहेको अवस्थामा एक्कासी पाली खसेर सम्वाहाम्फे गम्भिर घाईते भएको थियो । घाईते भएको सम्वाहाम्फेको उचपारको लागि जिल्ला अस्पताल पाँचथर ल्याईएपनि उपचारको क्रममा विहान साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचथरले जनाएको छ ।...
करेन्ट लागेर १ जना घाईते

करेन्ट लागेर १ जना घाईते

समाचार
मोरङ,असोज १४ गते । मोरङको कानेपोखरीमा करेन्ट लागेर एक जना घाईते भएको छ । कानेपोखरी गाउँपालिका–६ सुन्तली  निबासी २१ वर्षीय चन्द्रबहादुर दर्जीलाई मोवायल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाईते भएको हो । मोवायल चार्ज गर्ने क्रममा एक्कासी करेन्ट लागेर बिहान सवा ११ बजे दर्जी गम्भिर घाईते भएका थियो ।  घाईते भएका दर्जीको उपचारको लागी पथरी अस्पताल लगिएपनि उपचार हुन नसकेपछी थप उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...