उत्कृष्ट व्यवसायीहरुलाई नेशनलको सम्मान
गाईघाट/भदौ २१
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उदयपुर शाखाले उत्कृष्ट बिमा व्यवसायीहरुलाई सम्मान गरेको छ । शनिवार गाईघाटको होटल कोहबरमा थप प्रोत्साहनका साथ उनिहरुलाई सम्मान गरेको हो ।
ब्यवसायीक रुपमा लागिपरेको व्यवसायीहरुको कामको उच्च मुल्याङकन गर्दै आगामी समयमा समेत विमा प्रति सबैलाई सकरात्मक बनाउन सक्ने उदेश्यले सम्मानको कार्यक्रम गरेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको शाखा प्रमुख प्रेम कुमार राईले बताए ।
केन्द्रले पठाएको कार्यक्रम सँगै शाखाले पनि उत्कृृष्ट व्यवसायीहरुलाई सम्मान कर्यक्रम राखेको हो । केन्द्रको कार्यक्रम अनुसार आर्थिक बर्ष २०७५/०७६ को उत्कृष्ट व्यवसायीहरुलाई सम्मान तथा तलब वितरण रहेको थियो भने शाखाले पनि असार सम्मका उत्कृष्ट व्यवसायीहरुलाई सम्मान गरेको थियो ।
प्रमुख राईले उत्कृष्ट सबैलाई चाँदिको मेडल सहितको मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो...








