Wednesday, May 6News That Matters

समाचार

नुहाउन गएका ३ जना नदीले बगाएर बेपत्ता

नुहाउन गएका ३ जना नदीले बगाएर बेपत्ता

समाचार
 भदौ १६ गते । तिजको ब्रत बस्नका लागि नुहानउ गएका तीन जनालाई नदिले बगाएर बेपत्ता भएका छन् । शुद्धोधन गाउँपालिका–६ को वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउन पुगेका तीनै जनालाई बगाएको प्रहरीले जनाएको छ । बपत्ता हुनेहरु १५ वर्षीया तारा कहार, ८ वर्षीया खुब्बु रैदास र २५ वर्षीया तारामती कहार रहेको प्रहरीले जनाएको छ । नदिमा नुहाउने क्रममा डुबेर बगेको जानकारी पाएपछि तत्काल प्रहरी टोली घटना स्थल पुगी हराएकाहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।...
डोरिअन आँधीपछि आपतकाल घोषणा

डोरिअन आँधीपछि आपतकाल घोषणा

समाचार, संसार
भदौ १६ गते ।  २१ औँ शताब्दिकै शक्तिशाली मानिएको डोरिअन समुद्री आँधी पश्चिमी बहमासमा आएको छ । प्रतिघण्टा २ सय ८५ किलोमिटरका वेगमा आएको आँधीले बहमासको द्विपमा क्षती गरेको हो । आँधीलो भूस्खलन भएपछि हजारौँ घरहरुमा क्षती भएको छ । आँधीले अहिलेसम्म कसैको ज्यान नगएको बहमासको पर्यटन मन्त्रालयकाले जनाएको छ । बहमासबाट फ्लोरिडामा आतंक मच्चाउन सक्ने भएकाले पहिला नै सुचना गरीएको छ । अमेरिकी राज्यहरु फ्लोरिडा, जर्जिया, उत्तर र दक्षिण क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ । आँधीले कतिपय ठाउँमा विजुली बत्ति र ईन्टरनेट सेवा अवरुद्ध भएको छ । आँधी तिब्र गतिमो फ्लोरिडा राज्यतर्फ बढेकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पोल्याण्ड भ्रमण रद्द गरेका छन् ।...
बाढी पहिरो पिडितलाई राहत वितरण

बाढी पहिरो पिडितलाई राहत वितरण

समाचार
शुसिला लामिछाने मगर ताप्लि, भदौ १६ गते । उदयपुरको ताप्लि गाउँपालीकाका बाढी पहिरो पिडित परिवारलाई सहास नेपालले राहत वितरण गरेको छ । सहयोगी हातहरुको समुह सहास नेपालको आयोजना, ब्रेड फर द वल्र्ड जर्मनीको सहयोगमा राहत वितरण गरेको हो । पालिकाका बाढी पहिरो प्रभावित ७४ घरलाई ९ लाख ४४ हजार १३ रुपैया ४७ पैसा  बराबरको राहत सामाग्री वितरण गरको साहस नेपाल उदयपुरका ईन्चार्ज देबेन्द्र लामाले बताए । उक्त राहत प्रभावित प्रति घरलाई १२ हजार ९० रुपैया ५५ पैसा बराबरको सामागी्र प्रदान गरेको उनले बताए । प्रभावित घरलाई दाल, चामल, व्याङ्केट, त्रिपाल, चिउरा, नुन, तेल, झुल, पियुस, पलास्टीका सामाग्री लगायतका २७ प्रकारको सामागी्र प्रदान गरीएको लामाले बताए । यस पालिको राहत वितरण पालिकामा तेस्रो पटक वितरण गरिएको पालिकाले जनाएको छ । चरणबद्ध रुपले अत्ति प्रभावित र प्रभावितलाई राहत वितरण गरेको पालिकाले जनाएक...
खोलाले बगाएर १ जना बेपत्ता

खोलाले बगाएर १ जना बेपत्ता

समाचार
ओखलढुङगा, भदौ १६ गते । ओखलढुङगामा खोलाले बगाएर एक जना बेपत्ता भएको छ । सिद्धिचरण नगरपालिका–४ निबासी ३७ बर्षीय सानोकाजी ठटाललाई खोलाले बगाएर बेपत्ता भएको हो । चिसंखुगढ हिडेका ठटाल बाटोमा रहेको खोला तर्ने क्रममा आईतवार दिउँसो साँढे ५ बजे खोलाले बगाई बेपत्ता बनाएको प्रहरील्े जनाएको छ । ठटालसँगै बगाएको गाई करिब एक सय मिटर तल शकुशल फेला परेपनि उनलाई अझै फेला पार्न नसकेको प्रहरीले जनाएको छ । खोलाले बगाई बेपत्ता बनाएको ठटालको बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटेका प्रहरी टोली र स्थानीयको सहयोगमा खोजी कर्या भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङाले जनाएको छ ।...
इंग्लिस प्रिमियर लिगमा एभर्टनको जित

इंग्लिस प्रिमियर लिगमा एभर्टनको जित

खेलकुद, समाचार
भदौ १६ गते ।  इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले उल्भरह्याम्पटनलाई हराउँदै जित हात पारको छ । गतराति भएको खेलमा एभर्टनले उल्भरह्याम्पटनलाई ३–२ गोलले पछि पार्दै जित हात पारेको हो । खेल सुरु भएको ५ औँ मिनेटमा एर्भटनका रिचार्लसनले एक गोल गरेको थियो । त्यसपछि १२ औँ मिनट एलेक्स इओबीले अर्को गोल थपेको थियो भने ८० औँ मिनटमा सिचार्लसनले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएको थियो । खेल सुरु भएको ९ औँ मिनटमा उल्भरह्याम्पटनका रोमेन सइसले एक गोल गरको थियो भने ७५ औं मिनेटमा गिमिनेजले अर्को गोल गरेको थियो । एभर्टनको जितसँगै तालिकामा ७ अंक बनाएको छ ।...
तिज विशेष कार्यक्रम पिपल चौकमा

तिज विशेष कार्यक्रम पिपल चौकमा

समाचार
उदयपुर, भदौ १६ गते । आज देशैभर मनाई रहेका तिज उदयपुरमा पनि विभिन्न कार्यक्रम गरी हिन्दु नारीहरुले भब्यताका साथ मनाउँने भएका छन् । विहानै स्नान गरी शिवको पुजा गरी ब्रत बसेका नारीहरुले पिपल चौकमा तिज विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरेका हुन् । विहानैदेखि शिव मन्दिरहरुमा भिड लागेका छन् । विहान पुजा गरी ब्रत बसेका नारीहरुले दिउँसो विभिन्न  सास्कृतिक कार्यक्रम गरी भव्यताका साथ मनाउँने गरिन्छ  । नारीहरुको विषेश पर्वको रुपमा मनाउँदै आएको तिजमा यसपालि पिपल चोकमा भब्य सास्कृतिक कार्यक्रम गरी मनाउन लागेको मानव अधिकार कर्मी माया भण्डारीले बताईन् । वर्षेनी विभिन्न कार्यक्रम गरी मनाउदै आएको तिज यसपालि पनि भब्यताका साथ मनाउन लागेको उनले बताइन् । तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।...
राष्ट्र बैँकले साढे ८ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैँकले साढे ८ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

आर्थिक, समाचार
भदौ १६ गते ।  नेपाल राष्ट्र बैंकले ८ अर्ब ६५ करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट ८ अर्व ६५ करोड ५० लाखको ट्रेजरी बिल सोमबार बिक्री गर्न लागेको हो । बैँकले विक्रि गर्न लागेको ट्रजरी विल मध्ये ५ अर्ब ५२ करोडको ट्रेजरी बिल १ सय ८२ दिनमा परिपक्व हुनेछ भने ३ अर्ब १३ करोड रुपैयाँको विल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी मंसिर १७ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । यस विलले १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधि (बढीमा एक वर्ष)को स्रोत जुटाउन ट्रेजरी बिल बिक्री गरिन्छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले पनि बो...
भारतको खेलले ईपीजी प्रतिवेदन अन्योलमा

भारतको खेलले ईपीजी प्रतिवेदन अन्योलमा

लिम्चुङबुङ डायरी, समाचार
भदौ, १६ गते । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को संयुक्त प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिदा सार्वजनिक गर्न ढिलाइ भइरहेको छ । त्यसैबेला भारतले ईपीजीका भारततर्फका संयोजक भगतसिंह कोसियारी महाराष्ट्र राज्यको राज्य पाल नियुक्त भएका छन् । राज्यपालमा कोसियारी नियुक्त भएपछि प्रतिवेदनको कार्यान्वयनलाईमा थप अन्योल सिर्जना भएको छ । ईपीजीको दुईवर्षे समावधिमा ९ वटा संयुक्त बैठक बसेको थियो । गत वर्ष काठमाण्डौमा बसेको बैठकले संयुक्त प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो । अन्तिम रुप पाएको प्रतिवदेन दुवै देशका प्रधानमन्त्रीलाई औपचारिक कार्यक्रमबीच हस्तान्तरण गर्ने सहमति उक्त बैठकमा भएको थियो । त्यसअनुसार पहिले भारतीय प्रधानमन्त्री मोदी र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवदेन बुझाउने सहमति भएको थियो । भारतको यस्तो खेलले ईपीजी प्रतिवेदन बुझिएला भन्ने आस हर...
हात्तिको आक्रमणमा एक जनाको मृत्यु

हात्तिको आक्रमणमा एक जनाको मृत्यु

समाचार
सुनसरी, भदौ १५ गते । सुनसरीको कोशीमा हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालीका – ३ निबासी ३२ वर्षीय अनमोल मुखियाको हात्तिको आक्रमणमा मृत्यु भएको हो । स्थानिय खरे खोलामा माछा मारिरहेको अवस्थामा मध्येन्न पौने १२ वजे कोशी टप्पपु बन्यजन्तु आरक्षणबाटा निस्केको जंगली हात्तिले आक्रमण गर्दा मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तिले मुखियाको छाति र खुट्टामा कुल्चिएर घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।...
पहिरोले पुरेर १ जनाको मृत्यु

पहिरोले पुरेर १ जनाको मृत्यु

समाचार
भोजपुर, भदौ १५ गते ।  भोजपुरको साल्पासिलिचोमा पहिरोले पुरेर एक जनाको मृत्यु भएको छ । साल्पासिलिचो गाउँपालिका – ६ थुमलुङमा निबासी मानबहादुर विष्टको पहिरोले पुरेर मृत्यु भएको हो । घर नजिकै अलैची बगानमा अलैची गोड्ने क्रममा अचान आएको पहिरोले शनिबार बेलुकी करिब ६ बजे ६५ वर्षीय विष्टलाई पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले पुरेर घाईते भएका विष्टलाई तत्काल उद्दार गरी घर लगेपनि विहान सवा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुग्दा विष्ट आफ्नै घरमा मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...