भोक हडताल गर्ने भूतपूर्व गोरखा सैनिकको चेतावनी
भदौ १७ गते ।
बेलायत सरकारले गोरखा सैनिकले वषैँदेखि माग गर्दै आएका मागको सुनुवाई नभए भूतपूर्व ब्रिटिस गोरखा सैनिकले आमरण अनसन बस्ने चेतावन दिएका छन् । गोरखा सैनिकलाई बेलायती सैकिन सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग गर्दै वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले चेतावनी दिएका हुन् ।
बेलायतले गोरखा सैनिकलाई विभेद गरेको भन्दै असमान व्यवहार हटाउन सरकारलाई पटक–पटकको आग्रह सुनुवाइ नभएकाले गोर्खा सत्याग्रह संघर्ष समितिले भोक हडतालमा उत्रिने चेतावनी दिएको हो । भूतपूर्व ब्रिटिस गोरखा सैनिकको हक–हितका पक्षमा आवाज उठाउँदै आएका गोर्खा सत्याग्रह संघर्ष समिति एक संस्था हो भने गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) पनि सक्रिय छ ।
चेतावनी दिएका गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायत सरकारलाई आगामी २४ अक्टुबरसम्मको समय दिएको छ । समय भित्र बेलायत सरकारले मागको सुनुवाइ नगरे भोकहड्तालमा...









