Wednesday, August 19News That Matters

समाचार

ट्रायल पास गराई दिने भन्दै पैसा लिने  २ जना पक्राउ

ट्रायल पास गराई दिने भन्दै पैसा लिने २ जना पक्राउ

समाचार
भदौ ११ गते । ट्रायल परीक्षा पास गराईदिने भन्दै सर्वसाधरणसँग पैसा लिने दुई जना पक्राउ परेका छन् । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल पास गराइदिने प्रलोभनमा पैसा असुल्ने पक्राउ परेका हुन् । सर्लाहीको मलंगवा नगरपालिका–११ निबासी २५ वर्षीय जितेन्द्र यादव र महोत्तरीको महोत्तरी गाउँपालिका–२ निबासी २८ वर्षीय पंकज कुमार सिंह पक्राउ परेको प्रहरीले जनाएको छ । जितेन्द्रको साथबाट ४० हजार नगद र विभिन्न व्यक्तिको लाइसेन्स बनाउने कागजात सहित पक्रउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत धनुषाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । १० जनाको सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै जितेन्द्रलाई १ लाख ५१ हजारको चेक दिने पंकजलाई पनि पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।...
सन्ट लुसियासँग नेपलाको कुटनीतिक सम्बन्ध कायम

सन्ट लुसियासँग नेपलाको कुटनीतिक सम्बन्ध कायम

समाचार
भदौ ११ गते । सानो देश सन्ट लुसियासँग नेपालले द्विपक्षीय कुटनीति सम्बन्ध कायम गरेको छ । भूगोलको आधारमा विश्वकै अठारौँ सानो देश लुसियासँग कुटनीति सम्बन्ध कायम भएको हो । लुसियासँग नेपालले कुटनीति कायम गरेपछि कुटनीतिक सम्बन्ध स्थापित भएका देशहरुको संख्या १ सय ६५ पुगेको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सन्ट लुसियाका समकक्षी कोसमोस रिचार्डसनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरी कुटनीतिक सम्बन्ध आरम्भ गरेका हुन् । बुधबार विहान संयुक्त राष्ट्रसंघमा भएको उक्त हस्ताक्षर समारोहपछि दुवै देशले राष्ट्रसंघ महासचिव एन्टोनिओ गुटेरसलाई आपसी कुटनीतिक सम्बन्ध स्थापित भएको जानकारी गराएका थिए । आफ्नै देशका नागरिक सो सरहमा सम्बन्ध बिस्तार गर्ने तथा आपसी सहयोगका क्षेत्रबारे छलफल गर्ने नेपाली नियोगले जनाएको छ । पूर्वी क्यारेबियन समुद्री तटमा रहेको यो सानो देशको जन...
एक वर्ष भित्र सवारी दुर्घटनामा ४२ जनाको मृत्यु

एक वर्ष भित्र सवारी दुर्घटनामा ४२ जनाको मृत्यु

समाचार
उदयपुर, भदौ ११ गते । उदयपुरमा एक वर्ष भित्र सवारी दुर्घटनामा ४२ जनाको मृत्यु भएको एक तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा सवारी साधन दुर्घटनामा ४२ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाएको हो । सवारी दुर्घटनामा ४२ जनाको मृत्यु, ८३ जना गम्भिर घाईते र १ सय ४७ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटको तथ्याङ्कले देखाएको छ । दुर्घटनामा ३६ जना पुरुष, ४ जना महिला र २ जना बालकको मृत्यु भएको तथ्याङ्कले देखाएको छ । त्यसैगरी गम्भिर घाईते हुनेमा ५० जना पुरुष, १७ जना महिला, ८ जना बालक र ८ जना बालिका रहेको छ भने सामान्य घाईतेमा ७१ जना पुरुष, ३८ जना महिला, १७ जना बालक र १९ जना बालिका रहेको तथ्याङ्कले देखाएको छ । साना ठूला १ सय २९ वटा सवारी साधन दुर्घटना भएको तथ्याङकले देखाएको छ । जसमध्ये १६ वटा ट्रक, १ वटा बस, १४ वटा कार÷जिप÷भेन, १५ वटा ट्याक्टर, १३ वटा...
दुर्घटनामा तीनको मृत्यु, २७ जना घाइते

दुर्घटनामा तीनको मृत्यु, २७ जना घाइते

समाचार
भदौ ११ गते । रत्न राजमार्ग अन्तर्गतको सुर्खेतको हर्रेमोडमा बस दुर्घटना हुँदा तीन जनाको मृत्य भएको छ । भेरीगङ्गा नरगपालिका–५ को हर्रेमोडमा बुधबार यात्रु बहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएका हुन् । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस करिब बिहान साढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना पुरुष र एक जना महिलाको मृत्यु भएको तर मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको भेरीगंगा नपाको मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।...
पारिश्रमिक कार्यान्वयनमा सरकारको कडाइ

पारिश्रमिक कार्यान्वयनमा सरकारको कडाइ

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
भदौ ११ गते । श्रममिकका लागि लागू गरेको न्यूनतम पारिश्रमिकलाई सरकारले कार्यान्वयन गर्न निरीक्षणलाई कडाई गर्न थालेको छ । अधिकांश प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू नगरेको पाइएपछि अनुगमन तथा निरीक्षणमा कडाई गरेको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी प्रतिष्ठानमा अनुगमन गरिएको छ । सरकारी कर्मचारीको वृद्धि भएको पारिश्रमिक साउनबाट कार्यान्वयनमा आएपनि न्यूनतम पारिश्रमिक सम्बन्धी कानुन पहिला नै लागू भइसकेको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।...
क्षतीग्रस्त ठाउँको प्रदेश आयोगद्धारा अनुगमन

क्षतीग्रस्त ठाउँको प्रदेश आयोगद्धारा अनुगमन

समाचार
उदयपुर, भदौ ११ गते । उदयपुरगढी र रौतामाई गाउँपालिकामा बाढी पहिरोबाट भएको क्षतीको प्रदेश योजना आयोगका अनुगमन टोलीले स्थलगत अनुगमन गरेको छ । उदयपुरगढीको तीनटाट्ने पहिरो र रौतामाईको छौड्याहा खोला बाढीले गरेका क्षतीको टोलीले मंगलबार स्थलगत अनुगमन गरेको हो । प्रदेश आयोजना आयोगका सदस्य डा.पूर्णकुमार लोक्सोम, मिना भण्डारी र शाखाअधिकृतहरु प्रेमचन्द्र राई र संगिता थुलुङ राईको टोलीले बाढी पहिरोबाट क्षती भएको ठाउँहरुको प्रत्यक्ष स्थलगत अनुगमन गरेको थियो । रौतामाई गाउँपालिका – ८ मुर्कुचीको छौड्या खोलाले गरेको क्षतीको विस्तृत जानकारी गराउँनुका साथै प्रदेश सरकारबाट सहयोगको माग गर्दै मुकुर्ची बजार संरक्षण समितिको अध्यक्ष विरेन्द्र मगरले प्रतिवेदन बुझाएको थियो । स्थलगत अवलोकन गरिसकेपछि प्रतिवेदन बुझ्दै प्रदेश आयोजनको टोलीले खोला नियन्त्रण बाँध र आवश्यक सहयोगको प्रदेश सरकारसँग पहल गर्ने जन...
८ लाख धरौटीमा रविसहित तीनै जना छुटे

८ लाख धरौटीमा रविसहित तीनै जना छुटे

समाचार
भदौ ९ गते । जिल्ल अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने सहति तीनै जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायधीश हेमन्तप्रकाश रावलको एकल इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो । न्यूज ट्वान्टि फोका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले बताए । पक्राउ परेका तीनै जनाले धरौटी बुझाएपछि थुनामुक्त गरिने उनले बताए । धरौटीमा छुटेपछि तीनै जनाले हिरासत बाहिरै बसेर थप कानूनी प्रक्रियाको सामना गर्नेछन् । अभियुक्तविरुद्ध लागेको आरोप भने अन्तिम फैसलाले टुंगो लगाउने छ । जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनसम्म अनुसन्धान ...
दुर्घटनामा ११ जना घाईते

दुर्घटनामा ११ जना घाईते

समाचार
तेह्रथुम/भाद्र ९ गते । मध्य पहाडी राजमार्ग अन्र्तगत तेह्रथुमको शेर्मामा लेन्डरोभर गाडी दुर्घटा हुदा ११ जना घाईते भएका छन् । राजमार्ग अन्तर्गत फेदाप गाउँपालिका–२ शेर्मामा गाडी अनियन्त्रीत भई दुर्घटना हुदा ११ जना घाईते भएका हुन् । सम्दुबाट म्याङलुङतर्फ जाँदै गरेको स १ ज २७२ नम्बरको लेन्डरोभर गाडी विहान १० बजे अनियन्त्रीत भई सडकदेखि करिब २५ मिटर तल खस्दा ११ जना घाईते भएको प्रहरीले जनाएको छ । तेह्रथुमको फेगापा–४ निबासी ४० वर्षीय योगेन्द्र लिम्बु, ५ नम्बर वडा निबासी ३३ वर्षीय महेन्द्रकुमार थापा, ४२ वर्षीय खड्कबहादुर लिम्बु, ४४ वर्षीया गंगा लिम्बु, म्याङलुङ नगरपालिका–९ निबासी ३५ वर्षीया शान्तिला लिम्बु, ४२ वर्षीय बिरबहादुर लिम्बु ११ वर्षीय बिज्ञान लिम्बु, मोरङको सुन्दर हरैचा नगरपालिका–७ निबासी ३५ वर्षीय कमल कोईराला, उर्लाबारी नगरपालिका–४ निबासी २१ वर्षीय संन्जय थापा, मधूमल्ला गाउँपाल...
आफ्नो सवारीको पैसा जनताको एम्बुलेन्समा

आफ्नो सवारीको पैसा जनताको एम्बुलेन्समा

समाचार
उदयपुर, भदौ ९ गते । उदयपुरको कटारी नगरपालिकाको उप–मेयरले आफु चढ्ने गाडी खरिदका लागि छुट्याएको बजेटले एम्बुलेन्स खरिद गर्ने भएको छ । उप–मेयर भिमकुमारी राउतले आफ्नो सुविधाका लागि खरिद गर्न छुट्याएको बजेटले जनताको सेवाका लागि एम्बुलेन्स खरिद गर्नेे घोषणा गरेको हो । आफु भैरहेकै गाडी प्रयोग गर्ने भन्दै जनताको सेवाको लागि एम्बुलेन्स किन्ने निर्णय गरेको उप–प्रमुख राउतले बताइन्् । विशेष गरी महिला तथा बालबालिका र असहायलाई सेवा दिने उदेश्यले एम्बुलेन्स खरिद गर्न लागेको उनले बताईन् । नगर सभाले उप–मेयरको सुविधाका लागि गाडी किन्ने निर्णय गरेपनि उपमेयर राउतले विलाशी सुविधा नलिने बरु त्यो रकमले एम्बुलेन्स किन्ने उनले बताईन् । भैरहेकै सवारी साधनको प्रयोग गर्ने र छुट्याएको बजेटले एम्बुलेन्स किन्ने उनले बताईन् । कार्यपालिकाको बैठकमा आफनो सुविधाको लागि सवारी गाडी किन्न विनियोजन गरेको ४० लाखबाट क...
खोलाले बगाएर १ जनाको मृत्यु

खोलाले बगाएर १ जनाको मृत्यु

समाचार
झापा/भदौ ९ गते । झापाको माईखोलाले बगाएर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका – १० सुकुम्बासी निबासी बसनेताला हस्ताको घरमा बस्दै आएका साहेब सरदारको मृत्यु भएको हो । गत ५ गते माई खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको सरदारको प्रहरी र स्थानियको सहयोगमा खोजतलास गर्ने क्रममा आईतबार साँझ ४ बजे ६ नम्बर वडाको शिवगंजका खोला विचमा फेला पारेको प्रहरीले जनाएको छ ।...