Wednesday, August 19News That Matters

समाचार

धारीलो हतियार प्रहार गर्दा १ जनाको मृत्यु

धारीलो हतियार प्रहार गर्दा १ जनाको मृत्यु

समाचार
सुनसरी/भदौ ९ गते । सुनसरीको भोक्राहा नरसिंहमा धारीलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ । भोक्राहानरसिंह गाउँपालिका– ५ टपरा निबासी ४५ वर्षीय बहाब मियाको मृत्यु भएको हो । गतराती १ बजे उक्त निबासी २५ वर्षीय मुर्ताज मियाले मादक पदार्थ सेवन गरी बहाबलाई धारीलो हतियारले घाँटीमा प्रहार गरेको प्रहरीले जनाएको छ । धारीलो हतियार प्रहार गरी घाईते बनाएपछि आफैले धानमा छिट्ने विषदी सेवन गरी घाईते भएको प्रहरीले जनाएको छ । घाइते भएका दुवै जनाको उपचारको लागि नोबेल अस्पताल विराटनगर लागिएपनि उपचारको क्रममा बहाबको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
पैनिमा डुबेर १ जनाको मृत्यु

पैनिमा डुबेर १ जनाको मृत्यु

समाचार
मोरङ/भदौ ९ गते । मोरङको सुनबर्सिमा खोलाको पैनिमा डुबेर एक जनाको मृत्यु भएको छ । सुनबर्सि नगरपालिका – २ को कमिनि खोलाको पैनिमा डुबेर धनबहादुर सार्कीको मृत्यु भएको हो । हिजो साँझ पौने ५ बजे पथरीशनिश्चरे नगरपालिका – ६ निबासी ५१ वर्षीय सार्की डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
करेन्ट लागेर १ बालिकाको मृत्यु

करेन्ट लागेर १ बालिकाको मृत्यु

समाचार
सखुवासभा/भदौ ९ गते । संखुवाभसाको पाँचखपनमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । पांचखपन नगरपालिका – ३ निबासी राजकुमार राईको छोरी १४ वर्षीय एलिना राईको मृत्यु भएको हो । गतराती पौने ८ बजे घरको नाङ्गो तारमा एककासी करेन्ट लाग्दा घाईते भएकी एलिना तत्काल उपचारको लागि जिल्ला अस्ताल खाँदबारी ल्याउने क्रममा रातको पौने ११ बजे बोटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
डुबेर एक बृद्धको मृत्यु

डुबेर एक बृद्धको मृत्यु

समाचार
उदयपुर/भदौ ९ गते । उदयपुरमा सोमबार एक बृद्धको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेका ६५ वर्षिय राजाराम बिकको मृत्यु भएको हो । हसिया बनाई सोही वडाको अजगरा गाउँमा पुर्याएर फर्कने क्रममा त्रियुगा नदीमा डुबेर विकको मृत्यु भएको थियो । स्थानीयले डुबेर मृत्युको खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी निरीक्षकको टोलीले स्थलगत मुचुल्का उठाई मृतकको शब उठाएको जनाइएको छ ।...
कोलकाता जाने झन्झट टर्यो

कोलकाता जाने झन्झट टर्यो

आर्थिक, समाचार
भदौ ९ गते । नेपालबाट निर्यात गर्ने कृषीजन्य बस्तुको गुणस्तर परीक्षण गर्न भारत जानु पर्ने झन्झट सरकारले हटाएको छ । नेपाल –भारत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विच भएको प्रारम्भिक समझदारीले झन्झट हटाएको हो । भारत निर्यातमा अदुवा, अलैंचीलगायत २१ प्रकारका कृषिजन्य वस्तुको गुणस्तर परीक्षणका लागि भारत जानु नपर्ने भएको छ । यस सम्झौताले भारत निकासी गर्ने कृषिजन्य वस्तुमा फाइदा हुनेछ । सम्झौता पूर्णकार्यान्वयनमा आएपछि काठमाडौं सहित विराटनगर, वीरगन्ज र भैरहवामा कृषीजन्य वस्तुको गुणस्तर परीक्षण गरेर भारत निर्यात गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । सम्झौताअनुसार नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रमाणित गर्ने गुणस्तर प्रमाणपत्रलाई भारतले स्वीकार गर्नेछ भने भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणको प्रमाणपत्रलाई पनि नेपालले मान्यता दिनेछ । खाद्य प्...
ला लिगामा बार्सिलोना जित

ला लिगामा बार्सिलोना जित

खेलकुद, समाचार
भदौ ९ गते । ला लिगामा रियल बेटिसलाइहराउँदै बासिंलोनाले जित हात पारेको छ । गतराती भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोललेपछि पार्दै जित हात पारेको हो । बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा रियल बेटिसले १५ औं मिनेटमा नबिल फकिरले एक गोल गरेको थियो । पहिलो हाफ्को अन्त्य तिर ग्रिजम्यानले एक गोल गर्दै गोल बराबरी बनाएको थियो । दोस्रो हाफ्को सुरुमै दोस्रो गोल गरेपछि ५६ औं मिनेटमा कार्लोस परेरज र ६० औं मिनेटमा अल्बाले गोल गरेका थिए । खेलको ७७ औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनालाई ५–१ को अग्रता दिलाए । तर दुई मिनेटपछि नै बेटिसका मोरोनले गोल गर्दै खेललाई ५–२ मा खेल टुंगिएको थियो ।...
जी सेभन शिखर सम्मेलनमा इरानी विदेशमन्त्रीको भ्रमण

जी सेभन शिखर सम्मेलनमा इरानी विदेशमन्त्रीको भ्रमण

समाचार, संसार
भदौ ९ गते । फ्रान्समा भएको जी सेभन शिखर सम्मेलनमा इरानका विदेशमन्त्रीले संक्षिप्त भ्रमण गरेको छ । विश्वका सात ठूला अर्थतन्त्र भएका राष्ट्रहरुको सम्मेलनमा ईरानका विदेश मन्त्रि जावेद जरिफ सहभागी भएको हो । सम्मेलनमा अमेरिकी राष्ट्रपतिसहित नेताहरू भेला भएका थिए । विदेशमन्त्रि जरिफको भ्रमणले अमेरिकी प्रतिनिधिमण्डल आश्र्चयचकित भएको छ । ईरानसँग अमेरिकाको तनाव चलेको बेला राष्ट्रपति ट्रम्प सहभागी भएकै सम्मेलनमा जरिफले सहभागिता जनाएका हुन् । जरिफले एक ट्विट गर्दै फ्रान्सका समकक्षी र राष्ट्रपति दुवैसँग रचनात्मक वार्ता भएको जनाएको छ । अगाडिको बाटो कठिन छ तर प्रयास गर्नुपर्ने पनि छ भने जर्मनी र ब्रिटेनका अधिकारीहरूसँग पनि संक्षिप्त भेटघाट गरेको उल्लेख गरेका छन् । वाशिङ्टनले सन् २०१५ मा इरानको पारमाणविक गतिविधिलाई सीमित बनाउने सम्बन्धी सम्झौताबाट फिर्ता हुने निर्णय गरेपछि दुई देशको सम्बन्ध...
आधा दर्जन डेरी शिलबन्दी

आधा दर्जन डेरी शिलबन्दी

समाचार
भदौ ९ गते । सिराहामा अवैध रुपमा संचालन भएको आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी गरिएको छ । बजार अनुगमनका क्रममा अनुमति तथा कागजपत्र बिनै सञ्चालन गरेको पाइएपछि छ वटा दुग्ध उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीले शिलबन्दी गरिएको हो । सदरमुकाम सिरहाको ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनाको लक्ष्मी डेरी उद्योग, नरहाको सुधा दूध डेरी उद्योग र दुई नाम नै नराखी संचालन गर्ने उद्योगमा शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीले जनाएको छ । शिलबन्दी गरिएका अधिकांश डेरी उद्योगले गाईभैँसीको दूधको साटो प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको तथा सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको अनुगमनका क्रममा पाइएको कार्यालयले जनाएको छ । उद्योगीलाई पटक–पटक डेरी उद्योगको मापदण्ड अपनाउन निर्देशन दिएको भएपनि अटेर गरेकाले शिलबन्दी ...
रित्तो गाउँमा योजनाको भारी, बजेटको सत्यानास

रित्तो गाउँमा योजनाको भारी, बजेटको सत्यानास

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
भदौ ९ गते । बैतडीको मेलौली नगरपालिकामा ४१ घर त्यसमध्ये ३० घर बसाइँ सरेपछि गाउँमा ११ घर मात्रै बाँकि छ । सुनसान लाग्दो गाउँमा विकासका योयजना चै फालाफाल छ । गत वर्ष यस ठाउँमा २ करोड लगानीमा सिँचाइ योजना बन्यो । यस वर्ष पनि ५० लाखभन्दा बढी योजना परेका छन् । केही योजना बनेको छ भने केही बनेका छैन । तर कागजमा ती सवै योजना सम्पन्न भईसकेको छ । काम नभएका योजनको काम सम्पन्न देखाएर बाँडीचुँडी खान रकम भुक्तानी भइसक्यो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
पहिलो फलाम उद्योग स्वीकृत

पहिलो फलाम उद्योग स्वीकृत

लिम्चुङबुङ डायरी, समाचार
भदौ ९ गते । गण्डकी प्रदेशको नवलपुरमा फलाम उद्योग स्थापना गर्न स्वीकृत पाएको छ । होप्से गाउँपालिकाको धौवादीमा उद्योग स्थापना गर्नका लागि मन्त्रिपरिषद्कोे निर्णयबाट स्वीकृति पाएको हो । फलामको व्यावसायिक उत्पादन गर्नका लागि संघिय मन्त्रिपरिषद्को बैठकले ‘धौवादी फलाम खानी लिमिटेड’ स्थापना गर्ने निर्णय गरेको हो । खानी उत्खनन गर्नका लागि फलाम कम्पनी स्थापना गर्ने सरकारको निर्णयले औद्योगिक क्षेत्रमा नयाँ आयाम थपिएको छ । उक्त क्षेत्रलाई फलामको व्यावसायिक उत्पादनका लागि तीन स्तरबाट काम अगाडि बढाइएको छ । सरकारले उद्योग स्थापना गर्ने निर्णयसँगै कम्पनी दर्ता तथा सञ्चालनको प्रशासनिक प्रक्रिया अगाडि बढाएको छ । खानी तथा भूगर्भ विभागले फिजिबिलिटी स्टडी, वातावरणीय अध्ययन र थप ड्रिलिङको काम अगाडि बढाएको छ । उत्पादन हुने फलामको औद्योगिक परीक्षण अहिले चीनको छेन्दुमा भइरहेको छ । यसअघि नै उक्...