किरात नामकरणको लागि विशेष अभियान संचालन गर्ने यायोक्खाको निर्णय
काठमाडौँ, साउन २४ गते ।
१ न. प्रदेशको नाम किरात राख्न विशेष अधियानका लागि किरात राई यायोक्खाको दोस्रो बैठक बसेको छ । काठमाण्डौमा बसेको बैठकले विशेष अधियानमा लाग्ने निर्णय गरेको हो ।
किरात नामाकरणको लागि करिव डेढ दशकदेखी निरन्तर संघर्ष गर्दै आएको छ । लामो संघर्ष गरेपनि किन र कस्ले किरात नामा राख्न कुन्जुसाई गरिरहेको अवस्थामा विशेष अधियान संचालन गर्ने यायोक्खाले जनाएको छ ।
दुई दिन बसेको बैठकले किरात लिपि प्रयोगको लागि सरोकारवाला संस्था तथा समुदाय संग समन्वय गर्ने, नक्छौँ र साकेला थानहरुको विवरण संकलन गरि पुस्तक प्रकाशन गर्ने, भाषिक शिक्षा लागू गराउन अभियान संचालन गर्ने लगाएतको निर्णयहरु भएको महासचिव जनक राईले बताए ।
लोकसेवा आयोगले कटौती गरेको आरक्षणको आन्दोलनमा समुदायको तर्फबाट शसक्त भूमिका खेल्ने, सस्थाको न्युनतम ३ लाख साधारण सदस्यता बितरण गर्ने, यायोक्खाको नयाँ भवन निर्माण...









