सरकारको नयाँ सर्कुलर
साउन १५ गते ।
अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता नभई रकमान्तर तथा थप निकासाको स्विकृति नदिने भएको छ । बजेटमा समावेश कार्यक्रम वा आयोजनालाई स्रोत सुनिश्चिता भनई थप निकासाको स्वीकृति नदिने भएको हो ।
आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यान्वयन सम्बन्धी निर्देशन अनुसार स्रोत सुनिश्चितता नभई सुरु गरिएका खरीद प्रक्रिया वा अन्य कामको रकमान्तर र थप निकासा नगरिने मन्त्रलयले जनाएको छ ।
रकमान्तर एक विकृतिका रुपमा पैmलिदै गएकाले असारे खर्च नियन्त्रण गर्ने उद्देश्यले यस्तो नीति ल्याएको हो । गत आर्थीक वर्ष २०७५÷७६ मा सरकारले करिब १ खर्ब बजेट रकमान्तर गरी खर्च गरेको थियो । आर्थिक वर्षको अन्तिम तीन महिना वैशाखदेखि असारसम्मको अवधिमा ४० अर्ब २१ करोड रुपैयाँ रकमान्तर गरेर खर्च गरेको थियो । त्यसमध्ये असार महिनामा मात्र १९ अर्ब ६१ करोड ८१ लाख १३ हजार ९ सय ७३ रुपैयाँ रकमान्तर गरिएको तथ्याङकले देखाएको छ ।
...








