Sunday, August 30News That Matters

साहित्य

‘नमेटिने घाउ’ सार्वजनिक

‘नमेटिने घाउ’ सार्वजनिक

समाचार, साहित्य
भदौ २३ गते ।  घाईते योद्धा प्रतिष्ठानले दशवर्षे जनयुद्धका काल खण्डको गतिविधिलाई समेटेर ‘नमेटिने घाउ’ कथा सार्वजनिक भएको छ । जनयुद्धको दौरानमा घाइते भएका र अंगभंग भएका योद्धाहरुको सङ्घर्षको कथा समेटिएको पुस्तक सार्वजनिक भएको हो । घाइते योद्धा प्रतिष्ठानद्वारा प्रकाशित र राजेन्द्र किराँतीद्वारा सम्पादित पुस्तकमा जनयुद्धका ३५ जना योद्धाहरुका सङ्घर्षका गांथा समाविष्ट गरिएको प्रतिष्ठानका अध्यक्ष विजय साङपाङ्ले वताए ।  कुल २ सय ७० पृष्ठ रहेको पुस्तकको नेकपा नेता एवम् लेखक लेखनाथ न्यौपानेले चिरफार गरेका थिए ।...
राष्ट्र कवि घिमिरेलाई मदन–शिला स्रष्टा सम्मान

राष्ट्र कवि घिमिरेलाई मदन–शिला स्रष्टा सम्मान

समाचार, साहित्य
भदौ २१ गते ।  मदन–शीला स्रष्टा सम्मानबाट राष्ट्र कवि माधवप्रसाद घिमिरेलाई सम्मानित गरिने भएको छ । मदन–शीला प्रतिष्ठानले एक लाख रुपैयाँ बराबर राशिको सम्मान राष्ट्रकवि घिमिरेलाई प्रदान गर्ने निर्णय गर्ने भएको हो । यसै क्रममा नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशन हुने दियालो साहित्यिक पत्रिका र काठमाडौंबाट प्रकाशित हुने उन्नयन त्रैमासिकलाई पनि मदन–शील साहित्यिक पत्रकारिता सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । यस जनही ५० हजार रुपैयाँ राशिको मदन–शिला साहित्य पत्रकारीता सम्मान उक्र पत्रिकाहरुलाई सम्मानीत गर्ने प्रतिष्ठानले जनाएको छ ।...
बैरागी काइँलालाई जगदम्बाश्री र रणहारलाई मदन पुरस्कार

बैरागी काइँलालाई जगदम्बाश्री र रणहारलाई मदन पुरस्कार

समाचार, साहित्य
भदौ १ गते ।  यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने भएको छ भने मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिने निर्णय गरेको हो । मदन पुरस्कार गुठीकोे साधारणसभाले योगेशलाई मदन पुरस्कार दिने निर्णय गरेको थियो । काइँला तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता मध्येका कवि हुन् । अघिल्लो वर्ष २ लाख रुपैया रहेको पुरस्कार गुठीले अहिले बढाएर ४/४ लाख रुपैयाँ बनाएको छ । पुरस्कार असोज १२ गते वितरण गरिनेछ । गुठीले यस अघि मदन पुरस्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।...
लाहुरेनीको “ लाहुरेनी फुल”

लाहुरेनीको “ लाहुरेनी फुल”

समाचार, साहित्य
उदयपुर, पुस १७ गते । नेपाली समाजमा लाहुरेनी भनेपछि यस, आराम, सौखिन र सुखैसुखमा मात्र भुल्ने गर्छ भन्ने सोचलाई परिवर्तन गराउदै एक लाहुरेनी नेपाली चेलीको कृति आएको छ । लाहुरेनी नेपाली चेली अर्थात गीतकार, सगीकार तथा साहित्यकार सुष्मा रुपाबुङ राईको लोकप्रीय कृति उपन्यास “लाहुरेनी फुल” हामीबीच आएको हो । काठमाण्डौको अनामनगरस्थित मण्डला थिएटरमा आइतवार (पुष १५ गते) विमोचन भएको उपन्यासले समाजभित्रको यथार्थ घटनालाई उतारिएको छ । अतिथिहरु विशिष्ट कवी तथा साहित्यकार श्रवण मुकारुङ, कवी तथा पत्रकार प्रकाश गुरागाई र नायिका सिर्जना सुब्बा द्वारा संयुक्त रुपमा उपन्यास “लाहुरेनी फुल” विमोचन गरिएको हो । सामाजिक तथा सबैखाले विकृति विसंगतीको विरुद्धमा सशक्तरुपमा कलम चलाउदै आउनुभएकीे साहित्यकार रुपाबुङको “लाहुरेनी फुल” पहिलो प्रकाशित उपन्यास कृति हो । उहाँले थुप्रै किसिमका कविता, लेख, रचना, गितसम...
उदयपुरका युवा साहित्यकार आरोही राष्ट्रव्यापी कवितामा प्रथम

उदयपुरका युवा साहित्यकार आरोही राष्ट्रव्यापी कवितामा प्रथम

समाचार, साहित्य
उदयपुर, मंसीर १५ गते । राष्ट्रब्यापी खुल्ला कविता प्रतियोगिता २०७५ मा उदयपुरका युवा साहित्यकार जीवन आरोहीले प्रथम स्थान हाँसिल गरेका छन् । नुवाकोट साहित्य प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा देशभरबाट प्राप्त २४८ कवितामा उत्कृष्ठ २० मा छनौट हुदै शनिबार भएको अन्तिम छनौट प्रतियोगितामा आरोही प्रथम भएका हुन् । वाचनसहितको कविता प्रतियोगितामा प्रथम भएसंगै उनले ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । आरोहीले “चराहरुको यात्रा” शिर्षकको कविता प्रस्तुत गरेका थिए । विद्यालयकालदेखि नै साहित्यमा राम्रो दक्खल राख्दै आएका आरोहीले राष्ट्रव्यापी कवितामा उत्कृष्टता देखाउदै आप्mनो मात्र नभई जिल्लाको नाम उचो पारेका छन् । नुवाकोटको सदरमुकाम बिदुरस्थित याङ्ग्रा होटलमा भएको प्रतियोगितामा द्वितीय बाग्लुङका बिवस बाबू, तृतीय दोलाखाकी देवकी अभिलाशी र रामेछापका जीवन खत्री भएका छन् । ...
दुई थोपा आँशु संग्रह विमोचन

दुई थोपा आँशु संग्रह विमोचन

समाचार, साहित्य
पुर्णपुष्टि उदयपुर, भदौ २ उदयपुरमा समिश्रण साहित्य संग्रह “दुई थोपा आँशु” शुक्रबार विमोचन भएको छ । दुईजनाको समग्र सिर्जनामा विभिन्न विधाको समिश्रण सिर्जनाहरुको संगालो समिश्रण संग्रह “दुई थोपा आँशु” पहिलो पटक प्रकाशन भएको हो । दुई थोपा आँशुमा गजल, मुक्तक, भावना, सायरी लगायतका विधाहरु समेटिएको छ । सर्जकहरु राजुकुमारी राई (पूजा) र अर्जुन श्रेष्ठको समग्र सिर्जनामा प्रकाशित पुस्तक “दुई थोपा आँशु” पत्रकार महासंघ शाखा उदयपुरको पूर्व अध्यक्ष महेश्वर चाम्लिङबाट विमोचन भएको सर्जक राजुकुमारी राई (पूजा)ले बताए । दुई थोपा आँशु संग्रहले प्रचलित विधाहरु समेटिएको छ भने नव युवाहरुलाई प्रोत्साहन दिने सिर्जनाहरु समेटिएकोे सर्जक अर्जुन श्रेष्ठले बताए । संग्रहमा जिवन भोगाई र राष्ट्रिय भावनालाई साहित्यमा सिर्जना गरि पाठक वर्ग सामु ल्याउने उद्देश्यले समिश्रण संग्रह प्रकाशन गरेको सर्जक राई (पूजा)ले बताए ।...
आकाशगङ्गामा नयाँ कार्यसमिति

आकाशगङ्गामा नयाँ कार्यसमिति

साहित्य
पूर्णपुष्टि/उदयपुर, फागुन २१ गते -आकाशगङ्गा साहित्यिक मञ्चको शनिबार सम्पन्न तेस्रो साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । अरुण कोइमीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा सवास आम्बोटेली, सचिव गोपाल कृति, सहसचिव जीवन आरोही, कोषाध्यक्ष रुपा दिखारी रहेका छन् । सदस्यहरुमा हिराप्रसाद दाहाल, अर्जुन बाराहाली, गोठकृृष्ण ठकुरी, रोकश नेपाली, योगराज खत्री र विमला राई रहेका छन् । उदयपुरका अग्रज साहित्यकार पुण्या कार्कीको प्रमुख आतिथ्यमा भएको सधारणसभामा अग्रज साहित्यकार, नव सर्जकहरुको सिर्जना वाचनसमेत गरिएको थियो । विभिन्न वक्ताहरुले आप्mना सिर्जना वाचन गर्दै मञ्चको साहित्यिक प्रहगीका लागि शुभकामना दिएका थिए ।...
तान बुन्ने आमासंग (कविता)

तान बुन्ने आमासंग (कविता)

साहित्य
जीवन आराेही बर्षाैदेखी रहरहरु बन्दकी राखेर तान बुनिरहेछिन प्राचीन आमाहरु । रहरसगै बन्दकमा छन् अाेठकाे मुस्कान र अधुरा सपनाहरु पनि । चर्खा तान्दा तान्दै तन्कने ठाउँ नपाएर चाउरी परिसक्याे अनुहारकाे अादिम धागाेहरु, बरु खुम्चिदै गईरहेछन जीवनकाे आयतन । र पनि चर्खासगै दाैडिरहेछन् आमाकाे प्राचीन हात र आैलाहरु । आमा र याे समयसँग केही त छ -सम्बन्ध । जस्ताे कि- बर्षाैँ पहिले जसरि नै अामाकै अाँखाकाे अागन टेकेर गएकाे घाम हरेक साझ बिहान अस्ताउदै जान्छ बैँस बिसाउदै, उदाउदै आउँछ बैँस फिजाउदै । ख्वै कहाँ कहाँसम्म पुगेर घर फिर्छन हाेला अामासगै ब्युझेका गाैथली चराहरु ? कतिवटा बगैचाकाे साैन्दर्य चुमेर अाईपुग्छन् आमासगै घरबाहिर निस्किएका प्रेमदुत जस्ता माहुरिहरु ? वा पर्याे कि कुनै दुस्मनकाे चेकपाेष्ट तिर ? पधेरामा भेट भएका आमाकाे मन जस्तै पानीका थाेपा कत्ति छागा, छहारा र नाग...
बाटो (कविता)

बाटो (कविता)

साहित्य
-राजेश चामलिङ यो बाटो कहाँ पुग्छ ? युगौंदेखि यसरी नै सोधिरहेछन् बटुवाहरु कि, यो बाटो कहाँ पुग्छ ? कति कति अन्जान यात्रीहरु कति कति जानाजान यात्रीहरु नजाने झै स्वाङ पारेर पनि सोधिरहेका छन् अझै कि, यो बाटो कहाँ पुग्छ ? बुझ्नेहरु कतिकतिले यही बाटो भएर आस्थाको सगरमाथा चढिसके थाहा पाउने कतिकतिले यही बाटो हिडेर सपनाको चन्द्रमा चुमीसके थाहा पाउने कतिकतिले यही बाटो हिडेर सपनाको चन्द्रमा चुमीसके तर पनि अझै सोधिरहेछन् मानिसहरु कि, यो बाटो कहाँ पुग्छ ? यात्रामा हिड्दा-हिड्दै दोबाटो आउछ यात्रामा हिड्दा-हिड्दै चौबाटो आउछ कोही थाकेर कोही चाखेर कोही अघाएर कोही जानाजान कोही साँच्चि नै अनजान फेरि पनि सोधिहाल्छन् कि, यो बाटो कहाँ पुग्ने हो ? ओ, जीवनको लामो यात्रामा निस्किएका यात्री हो, ओ, गन्तव्य पुग्न चाहने बटुवाहरु हो, बाटो आफै त कही पुग्दैन पुग्ने त यात...
वाम्बुले राष्ट्रिय कवितामा पुतली प्रथम

वाम्बुले राष्ट्रिय कवितामा पुतली प्रथम

समाचार, साहित्य
पूर्णपुष्टि/उदयपुर (कटारी), पुष २ गते । वाम्बुले राई भाषाको राष्ट्रिय कविता प्रतियोगितामा खोखलढुंगाको मानेभञ्याँङ्ग, गाउँपालिका–३, फोकुलका पुतली राईले प्रथम स्थान हाँसिल गर्नुभएको छ । उदयपुरको कटारीमा शनिबार सम्पन्न १९ औं राष्ट्रिय कविता प्रतियोगितामा उहाँ प्रथम हुनुभएको हो भने मानेभञ्याँङ्ग, गाउँपालिका –६ ,हिलेपानी ओखलढुङ्गाका मंगलदर्शन राई दोस्रो र सोही गाउँपालिका ५ रिचुवाका नमेश राई तृतिय हुुनुभएको छ । विजयी वाम्बुले कविहरुलाई प्रमुख अतिथि प्रा.डा.नोवल किशोर राई र राष्ट्रियगानका रचनाकार प्रदिपकुमार राई (ब्याकुल माईला) ले क्रमश नगद रु ५ हजार, ३ हजार र २ हजारका साथ प्रमाण–पत्र प्रदान गर्नुभयो । त्यसैगरी खोटाङका हलेशी तुवाचुँङ्ग नगरपालिका –१ की मुना राई र ओखलढुंगाको मानेभञ्याँग –३ उँबुका यमुना राईलाई नगद एक÷एक हजारसहित सान्वना पुरस्कार प्रदान गरिएको थियो । वाम्बुले राई समाज (वा...