बृटिस–गोर्खाले चिन्नुपर्ने दमदार पत्रकार
नगेन चाम्लिङ
लण्डन शहरको एउटा चोक, दिउँसो तर चहलपहल भने कम । चारैतर्फ अग्ला ऐतिहासिक घरहरु भएको साँघुरो चौकमा १०–१५ जना भलाद्मी जस्ता देखिने नेपालीको समुह देखा पर्छन् । उनिहरु वृटिस सेनामा लामो समय सेवा गरेर अवकास भएका भुपुगोर्खाहरु बेलायत सरकारसंग कुटनीतिमा दक्खल राख्ने राख्छन् । उनिहरुलाई राम्रो थाहाछ कि बेलायतमा बृटिस–गोर्खाहरुलाई अपमान ब्यावहार छ भनेर । त्यसका खातिर उनिहरु कुटनीति बाटो अपनाउने गर्छन् । तर उनिहरुले सेवा–सुविधा जन्य समान हकहरुका बारेमा सार्वजानीक रुपमा कहिल्यै आवाज उठाएका थिएनन् । किन हो कुन्नी, आज उनिहरु पहिलो पटक हकको लागि सडकमै निस्किदैछन् । थोरै संख्याका यी समुहले के बुझे कुन्नी र अन्य समुह जस्तै आज एक्कासी विरोध ¥याली निकाल्दैछन् । सायद कुटनीति बाटो रोकिएको हुनुपर्छ । यही चौकको अर्को छेउमा भने अलिक ठुलो भिड देखियो । जहाँ ६०–७० जना जति भेला भएका होलान् । यो पनि बृ...








