Wednesday, August 19News That Matters

स्वास्थ्य

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ उदयपुरमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौदण्डिगढी नगरपालिका–७ निबासी ३० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन १७ गते २० जनाको स्वाव संकलन गरी परिक्षणको लागी विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा पठाईएको थियो । उक्त स्वाव परिक्षणमा उनको रिर्पोट पाजेटिभ आएको स्वास्थय कार्यालय उदयपुरले जनाईएको छ । योसँगै उदयपुर जिल्लामा कोरोना संक्रमितको संख्या ८९ पुगेको छ ।...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पर्सामा गत सोमबार मृत्यु भएको १८ वर्षीय युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएका युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएको छ । उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको जनाईएको छ । ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी खुल्न आएको छ । योसँगै कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भएको छ ।...
नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २० आज नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१ हजार ९ पुगेको हो । त्यस्तै गत २४ घण्टामा उक्त संक्रमितमध्ये ६५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या १५ हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको मन्त्रालयले जनाएको छ ।...
भारतमा २४ घण्टामा ५२ हजारभन्दा धेरैमा कोरोना पुष्टि

भारतमा २४ घण्टामा ५२ हजारभन्दा धेरैमा कोरोना पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २० भारतमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३८ हजार ९ सय ३८ पुगेको छ । कोरोना सङ्क्रमणको हिसाबले भारत विश्वकै अति प्रभावित देशमध्ये तेस्रो नम्बरमा छ । त्यसैबीच भारतको कर्नाटक राज्यका पूर्व मुख्यमन्त्री तथा विधानसभाका विपक्षी नेता सिद्वारमैया कोरोना सङ्क्रमित भएको छ । उनले आज आफ्नो ट्वीटरमार्फत् सङ्क्रमित भएको जानकारी दिनुभएको हो । उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।...
कोरोनाको उपयुक्त खोप पत्ता लाग्दैन : डब्ल्यूएचओ

कोरोनाको उपयुक्त खोप पत्ता लाग्दैन : डब्ल्यूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २० विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस विरुद्धको उपयुक्त खोप पत्ता नलाग्न नसक्ने जनाएको छ । कोरोना भाईरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप भने कहिल्यै पत्ता लाग्न नसक्ने जनाएको हो । कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्ने संगठनका महानिर्देशक डाक्टर टेड्रोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् । विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिलसमेत गरेको छ । केही खोपहरु तेस्रो चरणको मानवीय परीक्षणको क्रममा भएकाले सङ्क्रमणबाट जोगाउन खोप प्राप्त हुने आशा छ । अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै भएको जनाइएको छ । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वरेण्टीनमा राख्नुको विकल्प ...
६ महिनामा साढे ३ सय बालबालिकामा दादुरा र रुबेला सङ्क्रमण

६ महिनामा साढे ३ सय बालबालिकामा दादुरा र रुबेला सङ्क्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २० गत ६ महिनामा साढे ३ सय बालबालिकामा दादुरा र रुबेला सङ्क्रमण देखिएको छ । पछिल्लो ६ महिनामा ३ सय ५४ जना बालबालिकालाई दादुरा र रुबेला संक्रमण देखिएको हो भने दुई जनाको मृत्यु भएका छन् । जसमध्ये ३ सय ४० जना दादुरा र १४ जनालाई रुबेला भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । ६ महिनामा दादुराका कारण २ जना बालबालिकाको मृत्यु भएको जनाईएको छ । यो वर्ष धादिङ, गोर्खा, मकवानपुर, काठमाण्डौ, ललितपुर, सर्लाही र झापामा दादुरा धेरै पटक फैलिएको थियो । कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनका कारण खोप सेवा प्रभावित भएकाले दादुरा र रुबेलाको प्रकोप फैलिएको महाशाखाले जनाएको छ । अहिले खोप अभियान पूरा भएको र अरु खोप पनि नियमित भइसकेकाले अब बालबालिकालाई दादुरा र रुबेला कम हुने अनुमान छ । दादुरा र रुबेलाको फैलिएको जिल्लामा भने अभियानको रु...
उदयपुरका एक पुरुषको कोशी अस्पतालमा मृत्यु, कोरोनाको आशंका

उदयपुरका एक पुरुषको कोशी अस्पतालमा मृत्यु, कोरोनाको आशंका

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २० विराटनगरको कोशी अस्पतलामा उदयपुरका एक पुरुषको मृत्यु भएको छ । सोमबार राती कोशी अस्पतालमा बेलका नगरपालिका–१ निबासी ५५ वर्षिय एक जना पुरूषको मृत्यु भएको हो । मृत्यु भएको पुरूषमा कोरोनाको लक्षण देखिएकोले स्वाव संकलन गरिएको अस्पतालले जनाएको छ । मृतकको स्वाब परिक्षणपछि कोरोना नदेखिए मात्र शब आफन्तलाई बुझाईने जनाईएको छ । सोमबार राति उच्च ज्वरो आएको अवस्थामा विराट मेडिकल कलेज टंकीसिनुवरीमा ल्याएको भएपनी उनलाई भर्ना लिएको थिएन । कोरोनाको आशंकामा बिराटले भर्ना नलिएपछी उनलाई कोशी अस्पताल ल्याइएको आफन्तले जनाएका छन् । राती निकै अवेर कोशीमा आए पुगेका विरामीलाई आईसोलेशनमा भर्ना गर्न लाग्दा उनको मृत्यु भएको जनाएको छ । उनमा यसअघि जण्डिस देखिएको र ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेकोले कोरोनाको संक्रमण भएको आशंका गरिएको...
उदयपुरमा देखियो सरकारी कार्यलयमा कोरोना

उदयपुरमा देखियो सरकारी कार्यलयमा कोरोना

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, साउन १६ उदयपुरमा पहिलो पटक एक सरकारी कार्यलयमा कोरोना संक्रमण देखिएको छ । मालपोत कार्यलय उदयपुरमा संक्रमण देखिएको हो । मालपोतको एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । ३४ बर्षिय पुरुष कर्मचारीमा पोजेटिभ देखिएको हो । केहि दिन अघि चार कर्मचारीको कोरोना परिक्षण गरिएकोमा मालपोतका ती कर्मचारीमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो । उनलाई सेवाग्राहीबाट वा अन्य कुनै हिसावले कोरोना सरेको बारे भने प्रष्ट भइसकेको छैन । सो वारेमा सोधपुछ तथा अनुसन्धान साथै कन्ट्रयाक्टेसिङ पछि मात्र थाहा हुने बताईएको छ । सरकारी कार्यलयमा कोरोना सरेको पुष्टि भए सँगै सरकारी कार्यालयहरुमा थप सतर्कता अपनाइएको छ । मालपोत कार्यलय सिल गर्ने सन्दर्भमा जिल्ला स्थित कोरोना सम्बन्धिको सुरक्षा समिति (कमाण्ड पोष्ट) को बैठक बस...
कोरोना आशंकामा कोशी र नोवेलले उपचार नलिएपछि  उदयपुरका एक युवाको एम्वुलेन्समै मृत्यु, रिपोर्ट नेगेटिभ

कोरोना आशंकामा कोशी र नोवेलले उपचार नलिएपछि उदयपुरका एक युवाको एम्वुलेन्समै मृत्यु, रिपोर्ट नेगेटिभ

स्वास्थ्य
पूणर्पुष्टि, साउन, ९ कोरोनाको आशंकामा नोवेल र कोशिले बिरामीको उपचारनगर्दा उदयपुरका एक युवाको एम्वुलेन्समै मृत्यु भएको छ । पूर्वकै ठुलो हस्पिटलको रुपमा परिचित कोशि र नोवेलले नै युवाको उपचार गर्न मानेन । समयमै हस्पिटलले उपचार नगर्दा कटारी नगरपालिका ५ का २३ बर्षिय पदम राईको एम्वुलेन्समै मृत्यु भएको हो । मृत्यु भएपछि युवालाई कोरोना भाइरसको संक्रमण रहेको हुन सक्ने भन्दै कोसी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गरियो । तर उनको रिपोर्ट भने नेगेटिभ अयो । यसरी हस्पिटलले रोग पक्ता लगाउन नसकी कोरोनाको निहुमा अन्य सामान्य रोगका विरामीहरुलाई पनि मारिरहेका छन् । यो भन्दा पहिले पनि नोवेलले उदयपुरको सुत्केरी महिलालाई उपचार बाट बन्चित गरेका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुुमनलाल दासले रिपोर्ट नेगेभिट आएपछि शव शनिबार बिहान परिवारका सदस्यलाई बुझाइएको जानकारी दिनुभयो । शंकास्पद देखिएका का...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३ विश्वमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख नाघेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको वल्डोमिटरले जनाएको छ । कोरोना प्रभावबारे विश्वको तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरका अनुसार विश्वका १ करोड ४२ लाख १५ हजारभन्दा धेरै संक्रमित भएका मध्ये ६ लाखभन्दा धेरैको मृत्यु भएको छ भने ८४ लाख ८७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । कोरोनाको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ । अमेरिकामा ३७ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएको छ भने १ लाख ४२ हजारभन्दा धेरैको मृत्यु भएको छ । दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा २० लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ७७ हजार ९ सयभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै कोरोना तेस्रो स्थानमा भारत रहेको छ । भारतमा १० लाख ४० हजार ९ ...