Tuesday, August 18News That Matters

स्वास्थ्य

कोरोना संक्रमणबाट १ जेष्ठ नागरिकको मृत्यु

कोरोना संक्रमणबाट १ जेष्ठ नागरिकको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि जेठ २७ गते ।  कोरोना भाइरसमने संक्रमणबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । भरतपुर अस्पतालको आईसीयुमा उपचार गराइहेका भरतपुरका एक जेष्ठ नागरिकको मङ्गलबार मृत्यु भएको अस्पतालले जनाएको हो । उहाँको सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका उनको कोरोना सक्रमण भएपछि भरतपुर अस्पताल सारिएको थियो । लामो समयदेखि मुटुका बिरामी भएको उनलाई निमोनियाको लक्षण देखिएपछि सोमबार कोरोना परीक्षण गरिएको नारायणी सामुदायिक अस्पतालले जनाएको छ । कोरोनाबाट बिरामीको मृत्यु भएसँगै चितवनमा थप सुरक्षा सर्तकता अपनाइएको छ । मृतकका परिवार र उनले भेटेका मानिसको कन्ट्रयाक ट्रेसिङ गर्ने काम शुरु भइसकेको अस्पतालले जनाएको छ ।...
वेवारिसे १ महिलामा कोरोना संक्रमण पुष्टि

वेवारिसे १ महिलामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  धादिङमा वेवारिसे एक महिला सहित १७ जनामा कोरोना पुष्टि भएको छ । गजुरी गाउँपालिका–५ घाटबेसी क्षेत्रमा एक महिनादेखि बेवारिसे अवस्थामा रहेकी ३२ वर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु लगिएको गजुरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । बेवारिसे अवस्थामा भेटिएकी महिलालाई नियमित खाना खुवाउने लगायतका कार्य गर्ने मानिसलाई समेत पीसीआर जाँच गर्नका लागि गाउँपालिकाले टेकु पठाएको जनाईएको छ । सडकमा डुलिहिँड्ने बेवारिसे महिलालाई गाउँपालिकाले उद्धार गरेर पठाउन खोज्दा महिला सुरक्षा गृह र मानव सेवा आश्रमले पीसीआर रिपोर्ट माग गरेपछि परीक्षण गरिएको थियो । परीक्षणपछि कोरोनाको लक्षण देखिएकाले उनीसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत समस्या भएको छ । मनोसामाजिक समस्या भएकी महिला भएको र अन्य रोगसमेत ...
ब्राजिललाई कोरोनाको तथ्याङ्क सार्वजनिक गर्न डब्ल्यूएचओको आग्रह

ब्राजिललाई कोरोनाको तथ्याङ्क सार्वजनिक गर्न डब्ल्यूएचओको आग्रह

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते । ब्राजिललाई कोरोना सम्बन्धि तथ्याङ्क सार्वजकिन गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आग्रह गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएका मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्न छाडेको छ । शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखिएको थियो । डब्ल्यूएचओले ब्राजिलको यस कदममा चासो दिँदै तथ्य र पारदर्शिता अपनाउँदै विवरणहरु सार्वजनिक गर्न आग्रह गरेको हो । ब्राजिल कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ९१ हजार ७ सय ५८ जना संक्...
सन्धिखर्कका जनप्रतिनिधि सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि

सन्धिखर्कका जनप्रतिनिधि सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधि सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको नियमित कामकाज प्रभावित हुने भएका छन् । सन्धिखर्क नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाव संकलन गरी परिक्षणको लागी पठाइने र पीसीआर रिपोर्ट नआउंदासम्म नगरपालिकामा १० दिनसम्म नियमित कामकाज रोकिने भएको हो । नगरपालिकाका सम्पूर्ण कर्मचारीलाई होम क्वरेण्टीनमा बस्न भनिएको छ । पीसीआर रिपोर्ट नआउंदासम्म कार्यालयको सम्पुर्ण कामकाज तथा सेवा समेत बन्द रहने नगरले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । संक्रमित जनप्रतिनिधि होम क्वरेण्टीन र बाँकीलाई सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आइसोलेसन भवनमा राखिएको नगरले जनाएको छ ।...
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिस्थानमा गरिएको परीक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बाग्लुङको बरेङ गाँउपालिकाका २४,२२,१८,२४,१८,४९,२३ र २७ वर्षका पुरुष र निसीखोला गाँउपालिकाका २१,२६ र २७ वर्षका पुरुष रहेका छन् । यसैगरी नवलपरासी, सुस्तापूर्वको बौदीकाली गाँउपालिकाका ४०,१९,३०,१८,२२,२१,१९,२२,४०,२०,१८ र ३० वर्षका पुरुष रहेका छन् । यस्तै म्याग्दीको बेनी नगरपालिकाका ४६ वर्षका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाईएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ भने ३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म १ जनाको मृत्यु भएको छ ।...
आइसोलेसन कक्षका १ जनाको मृत्यु

आइसोलेसन कक्षका १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । पाल्पाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु भएकोे छ । गुल्मीको मालिका गाउँपालिका–३ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि आइतबार अस्पताल आएका उनको आइसोलेशन कक्षमा उपचमार भइरहेको थियो । उनको पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको जनाईएको छ ।...
१ न. प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

१ न. प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । आज १ न. प्रदेशमा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै १ न. प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको हो । मोरङमा ९, झापाकामा १० र सुनसरीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २/२ जना र धनपालथान गाउँपालिकामा १ महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको मेचीनगर नगरपालिकामा १, हल्दीबारी गाउँपालिकामा २, गौरीगञ्ज गाउँपालिकामा ७ जना र सुनसरीको कोसी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ । १ न. प्रदेशका संक्रमितहरूको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ । उक्त संक्रमित मध्ये ९० जना उपचारपछि निको भएर घर फर्किएका छ...
नेपालमा थप ३१४ जनामा कोरोना संक्रमित पुष्टि

नेपालमा थप ३१४ जनामा कोरोना संक्रमित पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । आज नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त भएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएको मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेको छ । आज थप २१ जना उपचार पछि डिस्चार्ज भएका छन् । यो सँग नेपालमा डिस्चार्जको हुनेको संख्या ४ सय ८८ पुगेको छ भने १४ जनाको मृत्यु भएको छ ।...
मोरङमा थप ९ जनामा संक्रमण पुष्टि

मोरङमा थप ९ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । आज मोरङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २÷२ जना र धनपालथान गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लेटाङ नगरपालिकाका ३० र २९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । संक्रमित पुरुष जेठ ४ गते आएर  क्वारेन्टाइनमा बस्दै आएको नगरले जनाएको छ । धनपालथान गाउँपालिकामा ५ जनामा संक्रमित भारतबाट आएका ३ पुरुष, एक ३० वर्षीय महिला र १२ वर्षीय बालकमा रहेको गाउँपालिकाले जनाएको छ ।...
रौतहटमा थप १० जना कोरोना संक्रमित पुष्टि

रौतहटमा थप १० जना कोरोना संक्रमित पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । आज रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । क्वारेन्टिनमा रहेका उनीहरुको स्वाब परीक्षणको नतिजा सोमबार प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । संक्रमण पुष्टि भएका सबै भारत बाट फर्किएर अहिले क्वारेन्टिनमा बसेका रहेका छन् ।...