Saturday, June 20News That Matters

स्वास्थ्य

उदयपुरमा कोरोना संक्रमणदर ह्वात्तै घट्यो

उदयपुरमा कोरोना संक्रमणदर ह्वात्तै घट्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १  उदयपुरमा कोरोना संक्रमणदर ह्वात्तै घटेको छ । हिजो ९ जना संक्रमित थपिएका थिए, भने आज (शुक्रबार) ३ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । आज थपिएका २ महिलार १ पुरुषसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ६३४ जना पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिएका सबै संक्रमितहरु बेलका नगरपालिकाका रहेका छन् । आज कोरोना जितेर १५ महिला र ७ पुरुष गरी २२ जना घर फर्किएका छन् । योसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ९८ महिला र १ हजार २७९ पुरुष गरी २ हजार ३७७ जना पुगेको हो । जिल्लामा संक्रिय संक्रमितको संख्या ९६ महिला र १११ पुरुष गरी २०७ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म उदयपुरमा कोरोनाबाट १६ महिला र ३४ पुरुष गरी ५० जनाले ज्यान गुमाइसकेका छन् ।...
त्रियुगामा ६० हजार बढि विरुवा रोपिने, पूर्वपश्चिम बरुवा बसपार्कबाट बृक्षरोपण सुरुवात

त्रियुगामा ६० हजार बढि विरुवा रोपिने, पूर्वपश्चिम बरुवा बसपार्कबाट बृक्षरोपण सुरुवात

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १ । क्लिन सिटि, ग्रीन सिटि शहर निर्माण अभियानको क्रममा आज हजारौं विरुवा बृक्षरोपण गरिएको छ । त्रियुगा नगरपालिकाले आजबाट १६ वटै वडालाई हरियाली बनाउन बृक्षरोपण थालेको हो । वडा नं. १३ को पूर्वपश्चिम बरुवा बसपार्कबाट बृक्षरोपणको सुरुवात गरिएको छ । आज एक समारोहको आयोजना गरी बृक्षरोपण थालिएको हो । बसपार्क क्षेत्रको खाली जमिनको ठूलो क्षेत्रमा बृक्षरोपण गरिएको हो । खाली चौरीको छेउछेउमा बृक्षरोपण गरी विरुवसुाले घेरा लगाइएको छ । नगरका मेयर बलदेव चौधरी, उपमेयर देवीकुमारी चौधरी, जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहोरो, सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी, रणसार्दुल गण बोक्सेका गणपती अर्जुन बोहोरा, वडाध्यक्ष पशुपती चौधरीले एकसाथ विरुवा रोपेर हरित अभियानको सुरुवात गरेका छन् । सुरुवातीसंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले चौरीको चारै कुना समेटेर पारेक...
मेयर, सिडियो, एसपी उत्रिए त्रियुगा सरसफाइमा

मेयर, सिडियो, एसपी उत्रिए त्रियुगा सरसफाइमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३१ ।  “स्वस्थ्य शिक्षित उद्यमशील हाम्रो शहर, समुन्नत समावेसी समृद्ध त्रियुगा नगर” भन्ने नारालाई सार्थक तुल्याउन त्रियुगा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ । यसैक्रममा क्लिन सिटि, ग्रीन सिटि शहर निर्माण नगर सरसफाई अभियान २०७८ अन्तर्गत आज गाईघाट बजारमा सरसफाई कार्यक्रम भयो । सरसफाइमा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहरा, सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी, त्रियुगा नगरपालिकाका उपमेयर देवीकुमारी चौधरी आफै अग्रसर भएका थिए । बजार क्षेत्रमा फोहोरको अवस्था निकै देखिएपछि जसको घर अगाडी फोहोर थुपारिएको छ, त्यसै घरका मानिसलाई सफा गर्न लगाइ आगामी दिनमा फोहोर ब्यवस्थित पार्न अनुरोध गरिएको थियो । सडक छेकिने गरी र मानिस हिड्ने सडक पेटी मिचेर निर्माण तथा ब्यापारिक सामानहरु राखिएको पनि ...
उदयपुरमा थप २० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २,६२२ पुग्यो

उदयपुरमा थप २० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २,६२२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ३०  उदयपुरमा आज (वुधबार) थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ११ पुरुष र ९ महिलामा संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ६२२ जना पुगेको हो । स्वास्थ्य कार्यालयका अनुसार आज थपिएका संक्रमिहरु चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका रहेका छन् । चौदण्डीगढीमा ५ पुरुष र ४ महिला गरी ९ जना, त्रियुगामा ४ पुरुष र ३ महिला गरी ७ जनामा संक्रण देखिएको छ, भने बेलकामा २ पुरुष र २ महिला गरी ४ जना संक्रमित भएका छन् । जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार २४९ पुरुष र १ हजार ६७ महिला गरी २ हजार ३१६ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १३३ पुरुष र १२३ महिला गरी २५६ जना रहेका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या जिल्लामा ३४ पुरुष र १६ महिला गरी...
नेपालमा थप २,३९८ जनामा संक्रमण पुष्टि, १२ जनाको ज्यान गयो

नेपालमा थप २,३९८ जनामा संक्रमण पुष्टि, १२ जनाको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २९ वितेको २४ घण्टामा थप २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो । वितेको २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण थप १२ जनाको ज्यान गएको छ ।...
नेपालका थप २,३७० जनामा संक्रमण पुष्टि, १८ जनाको ज्यान गयो

नेपालका थप २,३७० जनामा संक्रमण पुष्टि, १८ जनाको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २८ वितेको २४ घण्टामा नेपाल थप २ हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ । वितेको २४ घण्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४०० जना पुगेको छ । वितेको २४ घण्टामा १ हजार १३३ जनाले कोरोना जितेका छन् । योसँगै कोरोना मुक्त हुनेको कुल संख्या ६ लाख २१ हजार २७ जनाको छ । हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन्, भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् । क...
उदयपुरको ७ पालिकामा संक्रमण घट्यो, एक पालिकामा संक्रमण बढ्दो

उदयपुरको ७ पालिकामा संक्रमण घट्यो, एक पालिकामा संक्रमण बढ्दो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २७   पछिल्लो समय उदयपुरको ७ पालिकामा कोरोना संक्रमण दर निकै घटेको देखिन्छ, भने ताप्ली गाउँपालिकामा संक्रमण दर बढ्न थालेको छ । आज (आइतबार) थप १६ जनामा संक्रमण पुष्टि भएको छ । जो सबै ताप्लीका रहेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ५५२ पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १० पुरुष र ६ महिलामा संक्रमण देखिएको छ । जुन सबै ताप्ली गाउँपालिकाको वडा नम्बर ५ का रहेका छन् । जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार १९६ पुरुष र १ हजार ८ महिला गरी जम्मा २ हजार २०४ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्मा सक्रिय संक्रमित १४७ पुरुष र १५१ महिला गरी  २९८ जना हरेका छन् । जिल्लामा कोरोनाबाट ३४ पुरुष र १६ महिला गरी ५० जनाको ज्यान गएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।...
नेपालमा थप २,२३९ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु

नेपालमा थप २,२३९ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २५ वितेको २४ घण्टामा देशभर थप २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसांख्या मन्त्रालयका अनुसार ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ९५ हजार ८८ जना पुगेको छ । वितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३४० जना पुगेको मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा देशभर १ हजार ३१६ कोरोना मुक्त भएका छन् । योसँगै कोरोना मुक्त भएर घर फर्किनेको संख्या ६ लाख १६ हजार ९२९ जना पुगेको छ । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेको मन्त्रालयले जनाएको छ ।...
उदयपुरगढी गाउँपालिकाको कोरोना विरुद्धका कदमहरु

उदयपुरगढी गाउँपालिकाको कोरोना विरुद्धका कदमहरु

समाचार, स्वास्थ्य
https://youtu.be/UCPpB6F7fFE पूर्णपुष्टि, असार २५ । कोरोनाले विश्वको कुनै देश अछुतो रहेन । यसै प्रकार देशको ७७ वटा जिल्ला मध्ये उदयपुर पनि अछुतो रहेन । कोरोना महामारीसंग ठूलै युद्ध लड्नु पर्यो । चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका रहेको उदयपुरले ठुलै क्षती ब्यहोर्नु पर्यो । यो खबर तयार हुँदासम्म अर्थात २०७८ असार २० गतेसम्ममा कोरोनाका कारण उदयपुरमा ४९ जनाको मृत्यु भयो भने जिल्लामा २ हजार ४०१ ज्ना संक्रमित भए । त्यसमध्ये १ हजार ९५३ जना निको भइसकेका छन् भने ३९९ जना संक्रिय संक्रमित रहेका छन् । उदयपुरमा दोस्रो लहरको कोरोना संक्रमित चैत २४ देखि फेला परेको थियो । संक्रमण फैलिदै जाँदा त्यसको एकमहिना पछि वैसाख २५ गतेदेखि स्थानीय प्रशासनले निशेधाज्ञ जारी गर्यो । पटक पटक थप्दै जाँदा निकै लामो निशेधाज्ञ भएको जिल्ला अहिले खुकुलो पारिएको छ । यसबीच मानिसहरुले थुप्रै सास्ती, कष्ट, अभ...
इलममा कोरोनाले श्रीमान श्रीमतीको एकैदिन ज्यान गयो

इलममा कोरोनाले श्रीमान श्रीमतीको एकैदिन ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २५ इलाममा कोरोना संक्रमित श्रीमान श्रीमतीको एकैदिन ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको कारोनाले विहिबार ज्यान गएको हो । श्रीमान् टेकबहादुरको हिजो बिहान र श्रीमती लक्षीहाङमाको अपरान्ह साढे ३ बजे ज्यान गएको थियो । लावती परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि भएकामा २ जनाको ज्यान गएको हो । एकै परिवारका २ संक्रमितको ज्यान गएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस संक्रमणका कारण होमआइसोलेशनमा छन् । छ दिनअघि उनीहरुलाई संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै होमआइसोलेशनमा थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाती कोरोना संक्रमित रहेको बताइएको छ । स्थानीयहरुका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।...