चौदण्डीगढीमा विश्वस्तनपान सप्ताहको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
पूर्णपुष्टि, साउन १८
विश्वस्तनपान सप्ताह २०७८ को उपलक्ष्यमा चौदण्डीगढी नगरपालिकास्थित सेढाई बन्धु बसपार्क बेल्टारमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईद्धारा रतmदान गर्दै उद्घाटन गरिएको कार्यक्रममा ३८ जनाले रक्तदान गरेको आयोजक लायन्स क्लव अफ चौदण्डीगढी उदयपुरका अध्यक्ष पवन कार्किले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले कोरोना महामारीको विशम परिस्थितिमा अस्पतालहरुमा रगतको अभाव भैइरहेको बेला रक्तदान कार्यक्रमको आयोजना गरेकोमा रतmदाता र आयोजकलाई धन्यवाद दिएका छन् ।
स्तनपान सम्बन्धी जनचेतना तथा प्रचारप्रसारसहित लायन्स क्लव अफ उदयपुर चौदण्डीगढीको आयोजना, चौदण्डीगढी नगरपालिकाको स्वास्थ्य शाखाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
त...






