https://youtu.be/Gz15lGuh84I
आफै पनि दुईदुई पटक संक्रमण अनुभवसहितको बेलका नगरपालिकाका मेयर दुर्गा थापासंगको विशेष संवाद रोचक छ साथै कोरोना खबर अपडेट विशेष छ ।
पूर्णपुष्टि, जेष्ठ ४
नेपालमा भारतीय भेरियन्ट फैलिएको पुष्टि भएको छ । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतीय भेरियन्ट सँगै अन्य तिन किसिमको भेरियन्ट हाल नेपालमा फेलिरहेको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।
...
पूर्णपुष्टि, जेष्ठ ४
उदयपुरमा आज थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ५२ पुगेको छ । आज १६ जना पुरुष र ६ जना महिलामा संक्रमण पष्टि भएको हो ।
कोरोनाबाट आज त्रियुगा नगरपालिका–१२ का एक पुरुषको मृत्यु भएसंगै जिल्लामा मृत्यु हुनेको संख्या १४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
कार्यालयका अनुसार त्रियुगामा १० जना, बेलकामा ६ जना, कटारीमा ३ जना र उदयपुरगढीमा ३ जना संक्रतिम भएका छन् । कोरोना मुक्त भएर १८ पुरुष र ८ महिला घर फर्किए संगै जिल्लामा जिल्लामा कोरोना मुक्त हुनेको संख्या २६ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।...
पूर्णपुष्टि, जेष्ठ ४
उदयपुर जेसिजले कोरोना माहामारीमा अतिआवश्यकीय साधनको रुपमा प्रयोग भईरहेको अक्सिजन सिलिन्डर रिफिलिङ गर्न उदयपुरका २ कोरोन हस्पिटललाई आर्थिक सहयोग गरेको छ । जिल्ला अस्पताल उदयपुर र उदयपुर कोभिड अस्पताल चौदण्डीगढीलाई आर्थिक सहयोग गरेको हो ।
जेसिजले करिब ४० ओटा अक्सिजन सिलिन्डर रिफिलिङ गर्ने आर्थिक उपलब्ध गराएको जेसिज उदयपुरकी अध्यक्ष शबु थापाले बताईन् । उनिहरुले उदयपुर कोभिड हस्पिटलका व्यवस्थापन समितिका संयोजक तथा नगर प्रमुख खगेन्द्र राईको टोली र जिल्ला हस्पिटल उदयपुरका प्रमुख डा. जिव नारायण मन्डललाई हस्पिटलमा पुगेर आर्थिक सहयोग गरेको हो । “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्दै बिभिन्न सहयोगी हातहरु प्रति आभार व्यक्त गर्दै माहामारीमा सबै क्षेत्र व्यक्तिहरु बाट थप सहयोगका अपेक्षा सहित कोरोना मुक्त व्यक्ति, परिवार, समाज र राष्ट्रको लागि सुरक्षित हुने चृतनाक...
पूर्णपुष्टि, जेष्ठ ४
कोरोना संक्रमित लाहानका एक चिकित्सकको सोमबार निधन भएको छ । लहान नगरपालिका वडा–६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।
उनका अनुसार डा. चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए ।
३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।
...
पूर्णपुष्टि, जेष्ठ ४
कोरोना संक्रमणका कारण सप्तरीका एक गर्भवती उपमेयरको ज्यान गएको छ । कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी ४० वर्षीया उपमेयर आशा चौधरीको उपचारका क्रममा आज बिहान विराटनगरस्थित नोबेल अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनमा दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो । त्यहाँ १० दिनअघि अस्पताल भर्ना भएकी उनको आईसियुमा राखेर उपचार भइरहेको थियो । उनको गर्भबाट यसअघि नै मृत बच्चा निकालिएको थियो । थप असहज भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा उनको ज्यान गएको हो ।...
पूर्णपुष्टि, जेष्ठ ४
झापाको भद्रपुर नगरपलिका ४ महेशपुर स्थित एक परिवार भित्र १० संक्रमित फेला परेको छ । संक्रमित परिवारमध्ये बाबु छोरको भने मृत्यु भैसकेको छ । परिवारका ७६ बर्षिय बाबु र ४८ बर्षिय छोराको कोरोना संक्रमण बाट मृत्यु भएको हो ।
संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका ४८ छोरालाई गत वैशाख २८ गते श्वासप्रश्वासमा समस्या भएको थियो ।
तत्कालै नगरपालिकाको एम्बुलेन्समा हालेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । नगरपालिकाको एम्बुलेन्समा अक्सिजन सिलिन्डरको व्यवस्था थिएन । श्वासप्रश्वासमा निकै समस्या भएका उनको बाटोमै मृत्यु भएको थियो ।
संक्रमितमध्ये बुबाको पनि मंगलबार बिहान ४ बजे होम आइसोलेसनमै मृत्यु भएको स्थानीयले जनाएको छ । ४८ बर्षिय छोराको मृत्य पश्चात तीन दिनपछि गत शुक्रबार परिवारका १३ जनाको पीसीआर परीक्षण गरिएको थियो । उनीहरुमध्ये मृतक अनुपका दुई जना छोरा र छोरीब...
पूर्णपुष्टि, जेष्ठ ४
उदयपुरमा कोरोनाको संक्रमण दर तीव्र गतिमा फैलिहरेको बेलामा चौदण्डीगढीमा एन्टिजेन्ट किट सकिएको छ । किट सकिएसंगै परिक्षण कार्यलाई पनि स्थगित गरिएको छ । पालिकाले शुरुमै ५ सय किट खरिद गर्ने भनेपनि कतै नपाएपछि १ सय ५० थान मात्र खरिद गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
पिसिआर किट पनि २ सय थानमा अब १ सय थानमात्र बाँकी रहेको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिनुभयो ।...
पूर्णपुष्टि, जेष्ठ ४
गर्भवती समेत रहेकी सप्तकोशी नगरपालिकाकी उपमेयरको कोरोना संक्रमण बाट निधन भएको छ ।
गर्भवती अवस्थामा कोरोना संक्रमणले थप असहज बनाएकी उनीको मृत्यु भएको हो । दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा ४० वर्षीया उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो । त्यहाँ १० दिनअघि अस्पताल भर्ना भएकी उनको आईसियुमा राखेर उपचार भइरहेको थियो । उनको गर्भबाट यसअघि नै मृत बच्चा निकालिएको थियो । थप असहज भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा उनको मृत्यु भएको हो । मृतक उपमेयरका चौधरीका श्...
पूर्णपुष्टि, जेठ ३ ।
जिल्ला अस्पताल उदयपुरमा दरबन्दी अनुसारको जनशक्ती नहुदा कोरोना महामारीको बेला काम गर्न असहज भएको छ । अस्पतालका प्रमुख डाक्टर निमित्त मेडिकल सुपरिटेनडेन्ट जीवनारायण मण्डलका अनुसार मुख्य गरी १४ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमा दरबन्दी अनुसारको डाक्टर छैनन् । १० जना एमडी डाक्टरको दरबन्दी रहेपनि दरबन्दीमा कोही छैनन्, २ जना करारका डाक्टर राखिएका छन् । ४ जना एमबीबीएस डाक्टरको दरबन्दी रहेकोमा १ जनामात्र स्थायी दरबन्दीका छन् भने अन्य ५ जना करारमा राखिएका छन् ।
त्यसभन्दा तलका पदहरुमा पनि दरबन्दीका जनशक्ती नभई काम चलाउन करारमा नियुक्ती गर्नु परेको छ । हाल कोरोना महामारीको अवस्थामा जनशक्तिको अति आवश्यक परेको मेसु मण्डलले बताउनुभयो ।
जनशक्तिहरु भएको खण्डमा नयाँ अप्रेशन थिएटर बनाउने, मेसिनहरु जोड्ने गर्न सकिन्थ्यो । तर त्यस्तो गर्न नसकिदा जनताको गुनासो आउने गरेको छ । ५...