Wednesday, August 19News That Matters

स्वास्थ्य

विराटनगरमा थप २ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

विराटनगरमा थप २ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

समाचार, स्वास्थ्य
वैशाख ११  विराटनगरमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएकोे छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये दुई जनाको ज्यान गएको हो । शनिबार बिहान विराटनगर महानगरपालिका–६ का ४८ वर्षीय पुरुष र शनिबार बेलुका करिब ५ बजे विराटनगर महानगरपालिका–१७ की ७० वर्षीय महिलाको ज्यान गएको अस्पतालले जनाएको छ । मृतक महिला शुक्रबार कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएको थियो । श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी महिलाको अवस्था गम्भीर थियो । इनरुवामा बस्दै आएका पुरुषलार्ई उपचारका लागि वैशाख ३ गते भर्ना गरिएको थियो । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका पुरुषको उपचारका क्रममा बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।...
नेपालमा थप २६१८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २६१८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ११  नेपालमा थप २६ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९७ हजार ८७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६८ जना निको भएसँगै दुई लाख ७७ हजार एक सय २३ जना निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा १६ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये दुई सय १३ जना आईसीयू र ६९ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । अहिले काठमाण्डौ, प...
नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

समाचार, स्वास्थ्य
बैशाख ११  नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २६ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९७ हजार ८७ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६८ सहित दुई लाख ७७ हजार एक सय २३ जना निको भएका छन् । अहिले नेपालमा १६ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये दुई सय १३ जना आईसीयू र ६९ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । अहिले काठमाण्डौ, पर्सा, भक्तपुर, ललि...
भारतमा एकैदिन झण्डै साढे ३ लाख

भारतमा एकैदिन झण्डै साढे ३ लाख

समाचार, संसार, स्वास्थ्य
बैशाख ११  भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ४५ हजार एक सय ४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा दुई हजार ६ सय २१ जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ लाख ९ हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या भने एक करोड ६६ लाखभन्दा धेरै पुगेको छ । गत २४ घण्टामा एक लाख ९२ हजारभन्दा धेरैले कोरोनालाई जितेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा निको हुनेको सङ्ख्या एक करोड ८६ लाखभन्दा धेरै पुगेको छ । त्यस्तै, पछिल्लो तीन दिनमा भारतमा कोरोनाका १० लाखभन्दा धरै सङ्क्रमित थपिएका छन् । तीन दिनमा ६ हजारभन्दा धेरैको ज्यान गएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ लाखभन्दा धेरै पुगेको छ ।...
नेपालमा थप २५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप २५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख १०  नेपालमा थप दुई हजार पाँच सय सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार सात सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार चार सय ४९ जना र आठ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९४ हजार ६ सय एक पुगेको छ । त्यस्तै गत २४ घण्टामा चार सय १० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७६ हजार सात सय ५५ पुगेको छ । गत २४ घण्टामा पाँचसहित अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार एक सय २२ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार सात सय २४ रहेको छ ।...
कोरोना सङ्क्रमितलाई भुँईमा राखेर उपचार

कोरोना सङ्क्रमितलाई भुँईमा राखेर उपचार

समाचार, स्वास्थ्य
बैशाख १०  अस्पतालमा बेड नभएपछि दाङमा कोरोना संक्रमितलाई भुँर्ईमै  राखेर उपचार गर्न थालिएको छ । कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमता भन्दा बढी बिरामी भएपछि बेड अभाव हुँदा भुईँमै राखेर उपचार भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ । कोरोनाको पहिलो लहरमा एक सय बेडमा सञ्चालन भएको कोरोना विशेष अस्पताल बेलझुण्डी अहिले भने २५ बेडमा मात्रै सीमित छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरिएको प्रदेशस्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी ‘हाउस फुल’ भए पनि उपचारको अर्को व्यवस्था भने हुन सकेको छैन । २५ बेडमा सञ्चालन भएको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड सम्म पु¥याएर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको छ । बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि भुईँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको जनाएको छ । पछिल्लो समय दाङमा...
दिल्लीको अस्पताल कोरोना सङ्क्रमितले भरियो

दिल्लीको अस्पताल कोरोना सङ्क्रमितले भरियो

समाचार, संसार, स्वास्थ्य
बैशाख १०  भारतको राजधानी नयाँ दिल्लीका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएको छ । अस्पतालमा रहेका ९९ प्रतिशत बेडमा सङ्क्रमितहरुलाई राखिएको र अब आउने सङ्क्रमित राख्ने ठाउँको अभाव भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यस्तै भारतको दिल्लीमा रहेका ६ वटा अस्पतालमा अक्सिजन सकिएको जनाईएको छ । अरु अस्पतालहरुमा पनि केही समयका लागि मात्रै पुग्ने अक्सिजन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले दिल्लीबाट अक्सिजन बोकेका ट्याङ्करहरु अरु राज्यमा जान दिइएको छैन । उनीहरुले अक्सिजन भण्डारण गरेर राखेर आपूर्ति रोकेको हुन सक्ने आशङ्का गरिएको छ । भारतमा कतिपय व्यक्तिहरुले अक्सिजन नपाएर ज्यान गुमाएको जनाईएको छ । भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएसँगै हरेक दिन विश्वमै सबैभन्दा धेरै कोरोना सक्रमित थपिइरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ३२ हजारभन्दा ध...
नेपालमा थप २४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप २४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ९  नेपालमा थप २४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार एक पीसीआर परीक्षणमा २३ सय ६५ र चार सय ४७ एन्टिजेन परीक्षणमा ६३ जना गरेर २४ घण्टामै २४ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई लाख ९२ हजार एक सय ५२ पुगेको छ । त्यस्तै थप दुई सय ५२ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७६ हजार तीन सय ४५ जना सङ्क्रमणमुक्त भएका छन् । यसैबीच कोरोना सङ्क्रमण हुने दर बढ्दो र निको हुने दर घट्दो क्रममा रहँदा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको छ । अहिले १२ हजार ६ सय ९० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै थप पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय १७ पुगेको छ ।...
विराटनरमा १ कोरोना संक्रमितको मृत्यु

विराटनरमा १ कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
वैशाख ९  मोरङको विराटनगरमा वस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बिहीबार करिब साढे ११ बजे मोरङको कटहरी गाउँपालिका–४ घर भएका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुषमा तीन दिन अघि संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा बिहीबार साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि ति पुरुषलाई वैशाख ६ गते भर्ना गरिएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएका पुरुषमा दिर्घरोगको समस्या थिएन । अस्पतालमा अहिले २३ जना कोरोना सङ्क्रमित उपचाररत छन् । योसँगै प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राति धरान उपमहानगरपा...
नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ८  नेपालमा थप दुई हजार तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आठ हजार आठ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २० जनामा र आठ सय तीन जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जना गरी २३ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८९ हजार नौ सय १८ पुगेको छ । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार पाँच सय ८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।...