Wednesday, August 19News That Matters

स्वास्थ्य

नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख ८ बितेको २४ घण्टामा नेपालमा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाईरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ८ हजार ८ सय ४४ जनामा पीसीआर परीक्षण गर्दा २ हजार २ सय २० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ३१ गरी जम्मा २ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ । मन्त्रालयका अनुसार सोमबरदेखि आजसम्म २३ हजार ९०० जनामा  परीक्षण गर्दा ५ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।...
कोरोना संक्रमित पत्रकारसहित दुईको ज्यान गयो

कोरोना संक्रमित पत्रकारसहित दुईको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख ८ कोरोना भाईरस कोभिड–१९ संक्रमणको कारण दाङमा एक पत्रकारसहित दुईको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१७ का ४० पुरुषको काठमाडौंमा मंगलबार राति ज्यान गएको हो । केही हप्ता पहिले टाइफाइड देखिएका उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि काठमाडौं लगिएको थियो । त्यसैगरी भेरी अस्पताल नेपालगन्जमा उपचाररत बांकेको नेपालगन्ज–१२ का एक पुरुषको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छ । ७० वर्षीय ती पुरुषको उपचारकै क्रममा मंगलबार राति १२ बजे ज्यान गएको अस्पतालले जनाएको छ । उनमा चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनी अस्पताल भर्ना भएका थिए ।...
भारतमा एकैदिन ३ लाख जनामा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ३ लाख जनामा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
बैशाख ८  भारतमा एकैदिन झन्डै ३ लाख जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २ सय ९० जनामा सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट दैनिक ज्यान गुमाउनेको संख्यामा पनि बृद्धि भएको छ । गत २४ घण्टामा २ हजार २१ जनाको ज्यान गएको छ । भारतको महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तर प्रदेशलगायत राज्यमा कोरोना तीव्र गतिमा फैलिइरहेको छ । भारतमा अहिलेसम्म १ करोड ५६ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने अहिलेसम्म १ लाख ८२ हजार भन्दा धेरैको ज्यान गएको छ । विश्वमा अहिले सबैभन्दा धेरै भारतमा सङ्क्रमण फैलिरहेको छ । गत २४ घण्टामा अमेरिकामा ६० हजार २ सय ८२ जनामा र ब्राजिलमा ७३ हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएको छ । अमेरिका विश्वमै कोरोनाबाट प्रभावित देशको पहिलो स्थानमा छ भने भारत दोस्रो र ब्राजिल ते...
नेपालमा थप १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ७ नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आठ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय ६७ र ६ सय ८३ जनामा एन्टिजेन परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८७ हजार पाँच सय ६७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ । थप दुई सय ५१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार आठ सय ६ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ६ सय ५९ रहेको छ ।...
नेपालमा थप ११ जनाको कोरोनाबाट मृत्यु

नेपालमा थप ११ जनाको कोरोनाबाट मृत्यु

समाचार, स्वास्थ्य
बैशाख ७  नेपालमा आज कोरोना भाइरस सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई जना पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै  गत २४ घण्टामा १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आठ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय ६७ र ६ सय ८३ जनामा एन्टिजेन परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८७ हजार पाँच सय ६७ पुगेको छ । थप दुई सय ५१ जना निको भएसँगै सङ्क्रमणमुक्त हु...
पूर्वराजा ज्ञानेन्द्रको दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि

पूर्वराजा ज्ञानेन्द्रको दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ७ पूर्वराजा ज्ञानेन्द्र शाहको दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर गत आइतवार मात्रै नेपाल फर्किएका पूर्वराजा शाह र रानी कोमलमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भएको जनाईएको छ । भारतका विभिन्न राज्यले कुम्भमेलामा सहभागीलाई अनिवार्य क्वरेण्टीनमा बस्न निर्देशन दिएका छन् ।...
अस्पताललाई बिरामीको उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन

अस्पताललाई बिरामीको उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन

समाचार, स्वास्थ्य
बैशाख ७  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल आइपुगेका बिरामीहरूको उपचारका लागि राम्रो व्यावस्था मिलाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले आज एक विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचारका लागि पुगेका बिरामीले सास्ती भोग्नुपरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । कोरोनाको बढ्दो सङ्क्रमणसँगै अस्पतालहरूको नियमित तथा आकस्मिक सेवा प्रवाहमा नागरिकले सास्ती भोग्नुपरेको गुनासो आएकाले बिरामीको उपचारमा राम्रो व्यवस्था मिलाउन सबै अस्पताललाई मन्त्रालयले निर्देशन दिएको हो । अस्पताल आइपुगेका बिरामीहरूको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितताको समन्वय गरेर मात्रै पठाउन अस्पतालाई निर्देशन रहेको छ ।...
कर्मचारीमा कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द

कर्मचारीमा कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द

समाचार, स्वास्थ्य
वैशाख ७ बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का ६ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा कार्यालयको ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर गर्दै वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडा कार्यालयले जनाएको छ । दुई जना कर्मचारीको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ । अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने नै अवस्था आएमा त्यसको वैकल्पिक बाटो खोजिने जनाएको छ । दुई जना कर्मचारीको रिपोर्ट शनिबार र चार जनाको रिपोर्ट सोमबार राति आएको जनाएको छ । संक्रमण पुष्टि भएका सबै जना कर्मचारी होमआइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।...
नेपालमा वायु प्रदूषण घट्यो

नेपालमा वायु प्रदूषण घट्यो

समाचार, स्वास्थ्य
बैशाख ७  नेपालको वायु प्रदूषण घट्दै गएको छ । केही दिनअघि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेपछि वायु प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ । केही दिनअघि काठमाण्डौ विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा रहेको थियो ।  काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा प्रदूषण कम भएको भए पनि नेपालका केही ठाउँहरु अझै प्रदूषित देखिएका जनाएको छ । अतिहानिकारक अवस्था नरहेको तर केही ठाउँमा प्रदूषण भने कायमै रहेको जनाईएको छ । धनगढी, हेटौँडालगायत ठाउँको प्रदूषण मापन गर्ने एक्यूआई अहिले पनि १ सयभन्दा धेरै रहेको छ । काठमाण्डौसहितका सहरको वायु प्रदूषण घटे पनि जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् ।...
के कोरोना भाइरस महामारीको समयमा यौन सम्पर्क गर्न सुरक्षित हुन्छ?

के कोरोना भाइरस महामारीको समयमा यौन सम्पर्क गर्न सुरक्षित हुन्छ?

स्वास्थ्य
डा. एलेक्स जर्ज: यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ । एलिक्स फक्स: आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ।-बिबिसीवाट...