Monday, June 22News That Matters

स्वास्थ्य

एक महिना विद्यालय बन्द गर्दै स्वास्थ्य मन्त्रालय

एक महिना विद्यालय बन्द गर्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्ने भएको छ। मन्त्रालयले एक महिना बन्द गर्न सिफारिस गरेको हो । साथै अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । कोरोनाको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएपछि यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको हो । मन्त्रालयका अनुसार १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन बनेको छैन । स्रोतका अनुसार यसबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ ।...
कोरोना महामारीको अन्त्य हुन समय लाग्ने

कोरोना महामारीको अन्त्य हुन समय लाग्ने

समाचार, संसार, स्वास्थ्य
चैत ३१ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा कोरोना महामारीको अन्त्य हुन समय लाग्ने जनाएको छ । विश्वमा कोरोना सङ्क्रमित थपिने क्रम बढ्दै गएको र सङ्क्रमितहरुले ज्यान गुमाएकाले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न डब्ल्यूएचओले आग्रह गरेको छ । कोरोना महामारी अन्त्य हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिईएको छ । समाज, अर्थतन्त्र, व्यापार, यात्रा जस्ता क्रियाकलाप पुनः सुरु भएको देख्ने सबैको चाहना भए पनि महामारी नियन्त्रणको विकल्प स्वास्थ्य मापदण्डका पालना गर्नु नै रहेको जनाइएको छ । कोरोनाको सङक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको डब्ल्यूएचओले जनाएको छ । कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिका रहेको छ । त्यसपछि भारत विश्वमा दोस्रो सबैभन्दा धेरै सङ्क्रमित रहेको सूचीमा छ । गत २४ घण्टामा भारतमा १ लाख ६० ह...
नेपालमा थप १३ जनाको कोरोनाबाट मृत्यु

नेपालमा थप १३ जनाको कोरोनाबाट मृत्यु

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १३ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ मा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या   मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ । त्यस्तै सात सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा एक सय ३८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार एक सय ६५ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ सय ६ रहेको मन्त्रालयले जनाएको छ ।...
नेपालमा थप ४९६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ४९६ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ । त्यस्तै सात सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा एक सय ३८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार एक सय ६५ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ सय ६ रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ मा पुगेको मन्त्रालयले जनाएको छ ।...
कोशी अस्पतालमा सफल न्यूरो सर्जरी

कोशी अस्पतालमा सफल न्यूरो सर्जरी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३० विराटनगरको कोशी अस्पतालले जटिल प्रकृतिको न्यूरो सफल शल्यक्रिया गरेको छ । न्यूरो सर्जरी सेवा शुरु गरेको दुई महिनापछि कोशी अस्पतालका चिकित्सकको टोलीले जटिल किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन् । अस्पतालका न्यूरो सर्जन डा. रोशन खतिवडाको टोलीले रंगेली नगरपालिका–२ का १८ वर्षीय रघुवीर मुडियारीको टाउकोमा पलाएको ट्युमरको सफल शल्यक्रिया गरेको अस्प्तालले जनाएको छ । मुडियारीको टाउकोबाट २ किलो ट्युमर निकालिएको जनाएको छ । गत चैत २२ गते अस्पताल भर्ना भएका उनको भोलिपल्ट शल्यक्रिया गरिएको थियो । मुडियारीको अवस्था सामान्य बन्दै गएकाले केही दिनभित्र डिस्चार्ज गर्ने तयारी रहेको जनाएको छ । मुडियारीमा वंशागुणत रोग ‘न्यूरो फाइवो म्याटोसिस टाइप १’ लागेको थियो । यस्तो रोग लाग्दा नशाको ट्युमर बढ्ने जनाईएको छ । मुडियारीको भने टाउकोमा रहेको ट्यमुर अनियन्त्रित रुपमा बढेको ...
भारतमा एकैदिन १ लाख ६९ हजारमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन १ लाख ६९ हजारमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३०  भारतमा एकैदिन एक लाख ६८ हजार ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । गत २४ घण्टामा थप ९ सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ लाख नाघेको छ । त्यस्तै संक्रमणबाट एक लाख ७० हजार १ सय ७९ को मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १२ लाख नाघेको छ । भारत संक्रमित संख्याको आधारमा पुनः दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । ब्राजिलमा एक करोड ३४ लाख ८० हजार संक्रमित फेला परेका छन् । सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म तीन करोड ११ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।...
कोरोना संक्रमित तीनको ज्यान गयो

कोरोना संक्रमित तीनको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,चैत ३० कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट तीन जनाको ज्यान गएको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको ज्यान गएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीया, अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का एकजना पुरुष ज्यान गएको छ । तीनैजनाको आज बिहान फरकफरक समयमा ज्यान गएको हो । तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७ : २७ मा ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ । त्यसैगरी अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९ : ५० बजे ज्यान गएको अस्पतालले जनाएको छ । उनमा पनि ज्वरो, दम, निमोन...
भारतको दिल्लीमा कडा प्रतिबन्ध

भारतको दिल्लीमा कडा प्रतिबन्ध

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २९ तीव्र गतिमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतको दिल्ली सरकारले कडा मापदण्ड लागू गरेको छ । घोषणा भएको प्रतिबन्धात्मक नियमअनुसार अब सामाजिक, राजनीतिक, मनोरञ्जन, खेलकुद प्रतियोगिता र सार्वजनिक कार्यक्रमहरु बन्द भएका छन् । त्यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीबाहेक अरुलाई सार्वजनिक स्विमिङ पुलमा प्रतिबन्ध लगाइएको छ । त्यस्तै विवाह समारोहमा ५० जनाभन्दा धेरै र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै सामेल हुन नपाउने भएको छ । सबै कलेज र कोचिङ सेन्टरहरु पनि बन्द गर्ने निर्णय भएको छ भने रेष्टुरेन्ट तथा बारहरुमा पनि प्रतिबन्ध लगाइएको छ । बस र गाडीहरुमा पनि सिट क्षमताभन्दा ५० प्रतिशत कम मानिस राख्नुपर्ने भएको छ । त्यस्तै महाराष्ट्रबाट हवाइमार्फत दिल्ली पुग्नेहरुका लागि पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । रिपोर्ट नलिइ दिल्ली जानेहरु...
विश्वमा एकैदिन ७ लाख ८५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

विश्वमा एकैदिन ७ लाख ८५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
विश्वमा पछिल्लो २४ घण्टामा सात लाख ८५ हजार आठ सय ९६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस्तै विश्वभर १३ हजार दुई सय ६८ जनाले ज्यान गुमाएका छन् । विश्वमा कोरोना सङ्क्रमितको संख्या १३ करोड ५२ लाख ८९ हजार आठ सय ६९ पुगेको वर्ल्डओमिटरको तथ्याङ्कले देखाएको छ । कोरोना सङ्क्रमणबाट विश्वमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या २९ लाख २७ हजार ६ सय ८४ पुगेको छ । गत २४ घण्टामा सबैभन्दा धेरै भारतमा एक लाख ४४ हजार आठ सय २९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने सात सय ७३ जनाको ज्यान गएको छ । त्यसैगरी ब्राजिलमा ८९ हजार ९० जना सङ्क्रमित थपिँदा तीन हजार ६ सय ४७ जनाको ज्यान गएको छ । गएको २४ घण्टाभित्र ब्राजिलमा ज्यान जानेको संख्या विश्वमै सबैभन्दा धेरै हो ।...
दोस्रो लहरको कोरोना बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले गर्यो  यस्तो आग्रह

दोस्रो लहरको कोरोना बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र २७ नेपाल सरकार स्वास्थ्य तथा जनसंङख्या मन्त्रालयले २५ जना भन्दा बढीको भेलालाई रोक्न अनुरोध गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ’पछिल्लो समय लक्षणहरु अलि सिरियस, जटिल देखिएका छन् । मान्छेहरु बिरामी पर्दैमा त अस्पताल भर्ना गर्नु पर्दैन तर अहिले अस्पताल भर्ना गर्नुपर्ने बिरामीहरुको संख्या ह्वात्तै बढेको मन्त्रालयले जनाएको छ । ’ पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षणहरु देखा परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो । उहाँले अहिले नै कोभिड संक्रमण भएका धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको पनि बताउनुभयो । प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था ...