Thursday, August 20News That Matters

स्वास्थ्य

नेपलमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि

नेपलमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २५ नेपालमा आज थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार चार सय २७ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १ हजार ५ सय ५२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७५ हजार ८ सय ४ पुगेको छ । अब नेपालमा ३१ हजार तीन सय १५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ६ सय १३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा २२ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।...
जिल्ला अस्पतालमा इमरजेन्सी र प्रसूति बाहेक सबै सेवा बन्द

जिल्ला अस्पतालमा इमरजेन्सी र प्रसूति बाहेक सबै सेवा बन्द

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २५ जिल्ला अस्पताल उदयपुरका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि ईमरजेन्सि र प्रसुती सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ । ४८ वर्षिष पुरुष रेडियोग्राफीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक र प्रसूति सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टी भएकोले थप जोखिम बढ्न नदिन तथा सर्वसाधारणको स्वास्थ्यलाई मध्य नजर गर्दै ईण्डोर सेवा, ओ.पि.डी., ल्याब, एक्सरे सेवा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म सेवा बन्द गरिएको जनाईएको छ । यस अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको स्वाव संकलनको रिपोर्ट नआएसम्म अति आवश्यक इमरजेन्सी र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाईएको छ । अहिलेसम्म जिल्लामा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टी भईसकेको छ ।...
उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २५ उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कटारी नगरपालिकामा डाक्टर सहित ११ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कटारी अस्पतालका २ डाक्टर, २ कार्यालय सहयोगी, एक स्वीपर र अस्पताल परिषरमा क्यान्टि संचालक २ जनासहित सेन्चुरी बैंकका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको कटारी नगरपालिकाले जनाएको छ । कटारी अस्पतालमा उपचार गरेर काठमाडौं रेफर गरिएको एक विरामीमा कोरोना संक्रमण पुष्टी भएपछि असोज २१ गते ६४ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौँमा पठाईएको थियो । संकलित स्वाब मध्ये ५९ जनाको रिर्पोट मध्ये ११ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ । ५ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाईएको छ । काठमाडौं रेफर गरिएको विरामीमा कोरोना संक्रमण देखिएपछि कटारी अस्पतालको सम्पूर्ण सेवा बन्द गरिएको थियो । त्यस्तै...
कोरोनाबाट उदयपुरका १ बृद्धको मृत्यु

कोरोनाबाट उदयपुरका १ बृद्धको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २५ कोरोना भाईरसको संक्रमणबाट उदयपुरको एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १० का ६६ वर्षिय वृद्धको उचपारको क्रममा आज विहान मृत्यु भएको हो । उनलाई जिल्ला अस्पताल गाईघाटमा तीन दिन उपचार गरेपछि थप उपचारको लागि विराटनगरको न्यूरो हस्पिटल रेफर गरिएको थियो । शुक्रबार न्युरो हस्पिटलमा भर्ना गरेर उपचार सुरु गरेको थियो । उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा शनिबार रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । उनलाई स्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटर भएको अस्पतालमा उपचारको लागी लगिएको मृतकका परिवारले जनाएको छ । उनी मधुमेहका विरामी समेत रहेको थियो । कहि कतै नहिडेका बृद्ध बुबामा कोरोना संक्रमण भयो भनेर अस्पतालले भन्दा आश्चर्यमा परेको परिवारले जनाएको छ ।...
कोरोनाबाट धरान र विराटजगरमा थप ५ जनाको मृत्यु

कोरोनाबाट धरान र विराटजगरमा थप ५ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि, असोज २५  कोरोनाबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नोबेल मेडिकल कलेज बिराटनगरमा थप ५ जनाको मृत्यु भएको छ । रानमा उपचाररत सुनसरीको धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया वृद्धाको हिजो राति ८ बजे, दुहवीका ६५ वर्षीय वृद्धको आज बिहान ३ः५० बजे र धनकुटाकी ६१ वर्षीया वृद्धा महिलाको पनि आज बिहान ६ः४० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै नोबेलमा उपचाररत सुनसरीको दुहवी नगरपालिका–३ की ४० वर्षीया महिलाको राति ११ बजे सुनसरी हरिनगर–४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार महिलालाई २० असोजमा नोबेल अस्पतालमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा २१ असोजमा रिपोर्ट पोजेटिभ आएको थियो । ७१ वर्षीय वृद्ध पुरुषको श्वासप्रश्वासमा समस्या भएकाले उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना ग...
कोरोनाबाट थप २ जनाको मृत्यु

कोरोनाबाट थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २५ कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–८ का  ७१ वर्षीया महिलाको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको राति ९ः५५ बजे मृत्यु र १० बजे महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना संक्रमण देखिएको थियो । दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई मृत्यु भएको जनाईएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संया २६ पुगेको छ ।...
गोर्खा वयल फेयर ट्रष्ट धरानद्धरा खानेपानी योजना हस्तान्तरण

गोर्खा वयल फेयर ट्रष्ट धरानद्धरा खानेपानी योजना हस्तान्तरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २४ उदयपुरको भोर्लेमा गोर्खा वयल फेयर ट्रष्ट धरानले भोर्ले खानेपानी योजना निर्माण कार्य सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका–१६ भोर्लेमा फेयर ट्रष्ट धरानको आर्थिक तथा प्राविधिक सहयोगमा भोर्ले खानेपानी योजना निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेको हो । घर घरमा सुरक्षित शुद्ध पानी पुगेपछी खुसी भोर्लेबासी खुसी भएका छन् । शनिबार एक कार्यक्रमको साथ प्रदेश सांसद अम्बिका थापाले आयोजनाको उद्घाट गर्नुभयो भने गोर्खा वयल फेयरको प्रोजेक्ट मेनेजर कृष्णबहादुर सुब्बाले समुदायमा हस्तान्तरण गर्नुभएको हो । आयोजनाको उत्घाटन गर्नुहुदै सांसद थापाले सफा पानी पिउनु ,स्वस्थ्य रहनु, आफू सफा हुनु, घर वरिपरि पनि सफा राख्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो । आगामी दिनहरूमा पानी बचत गर्दै कृषिजन्य वस्तु उत्पादन बढाउनमा जोड दिनु भयो । साथै आफ्नो तर्फबाट गर्नुपर्ने...
नेपालमा थप ५००८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ५००८ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २४  नेपालमा आज थप ५ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै गत २४ घण्टामा १ हजार २ सय २९ जना निको भएसँगै निको हुनेको संख्या ७४ हजार दुई सय ५२ रहेको छ । त्यस्तै गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।...
उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २४ उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिकाका दुई पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । त्रिनपा–१० का ३५ र ४८ वर्षिय पुरुष र ३७ वर्षिय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । ३५ वर्षिय पुरुष त्रियुगा नगरपालिकाका कर्मचारी हुन भने ४८ वर्षिय पुरुष जिल्ला अस्पताल गाईघाटका प्राविधिक फाँटका कर्मचारी हुन् । त्यस्तै ३७ वर्षिय महिला जिल्ला स्वास्थ्य कार्यालय उदयपुरमा कार्यरत कार्यालय सहयोगीका श्रीमति रहेको खुल्न आएको छ । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या १ सय ४३ पुगेको छ ।...
गाउँपालिका अध्यक्षसहित ११ जनामा कोरोना संक्रमण पुष्टि

गाउँपालिका अध्यक्षसहित ११ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २४ नुवाकोटका दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । आफुहरुमा कोरोना संक्रमण पोजेटिभ देखाएपछि सम्पर्कमा रहेका व्यक्तिहरुलाई सुरक्षित भएर क्वारेन्टिनमा बस्न अध्यक्षले आग्रह गर्दै स्वाब जाँचको प्रबन्ध मिलाउने जनाएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, अध्यक्षका सवारी चालक, गाउँपालिकाको कार्यालय सहयोगी, दुई जना एम्बुलेन्स चालक र पाँच जना शिक्षक रहेका छन् । गत बुधबार १८ जनाको स्वाब संकलन गरेर पठाएको नमूनामध्ये ११ जनामा रोगको संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमणपश्चात गाउँपालिकाले प्रवाह गर्ने सबै सेवाहरु अनिश्चित समयको लागि ...