Thursday, August 20News That Matters

स्वास्थ्य

भारतमा एकैदिन ९६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

भारतमा एकैदिन ९६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २६ भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार सात सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ४५ ला ५९ हजार सात सय २५ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट गत २४ घण्टामा १२ सय १३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ हजार तीन सय चार पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्वमा गत २४ घण्टामा दुई लाख ९७ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या दुई करोड ८३ लाख १३ हजारभन्दा धेरै भएको जनाईएको छ । सङ्क्रमितमध्ये नौ लाख १३ हजारभन्दा धेरैको मृत्यु भएको छ भने दुई करोड ३ लाखभन्दा धेरै निको भएका छन् ।...
५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,भदौ २५ सिराहा कारागारको ५९ कैदीबन्दीमा कोरोना संपुष्टि भएको छ । कोरोना परीक्षण गरिएकोमा कारागारका ५९ कैदीबन्दी र शेर गण नेपाली सेनाका सात जना गरी ६६ जनामा कोरोना पुष्टि भएको हो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्राप्त रिपोर्टमा कोरोना पुष्टि भएकाहरू २० बर्ष देखि ५८ वर्ष उमेर समूहका ६५ पुरुष र एक महिला रहेको  स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ । कोरोना पुष्टि भएको कैदीबन्दीहरुलाइे जिल्ला कारागारभित्र रहेको  आइसोलेसनमा राखेको जेलर महतोले बताउनुभयो । सिराहा कारागारमा रहेका पाँच सय ९४ जना कैदीबन्दीमध्ये ८० जनाको  पीसीआर परिक्षण गराउदा ५९ जनामाकोरोना पुष्टि भएको छ ।  ...
नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २५ नेपालमा आज थप एक हजार दुई सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या ५० हजार चार सय ४६  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक सय ४४ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । गत २४ घण्टामा एक हजार आठ सय १८ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३५ हजार सात सय पुगेको छ । अब नेपालमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार आठ सय ६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।...
चितवनमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

चितवनमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २५ चितवना कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा भरतपुर महानगरपालिका–११ का ६२ बर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको उपचारको क्रममा आज दिउँसो १२ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कडा निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।...
विश्वमा कोरोना संक्रमणबाट ९ लाख भन्दा बढीको मृत्यु

विश्वमा कोरोना संक्रमणबाट ९ लाख भन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पुर्णँपुष्टि,भाद्र २५ विश्वमा कोरोना संक्रमणबाट नौं लाख भन्दा बढी मानिसको मृत्यु भएको छ ।अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौं लाख दुई सय ३९ पुगेको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले जनाएको हो । विश्वमा कोरोना संक्रमितको संख्या करिब दुई करोड ७७ लाख पुगेको छ भने संक्रमितमध्ये एक करोड ८६ लाखभन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन् ।...
उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २५ उदयपुरमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–३ का मोतिगडा क्वारेन्टीनका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । केहि दिन अगाडी भारतबाट आएर क्वारेन्टीनमा बसेका त्रिनपा–५ का २१ वर्षीय पुरुष र क्वारेन्टीमा डिउटीमा खटेका ४० वर्षीय नेपाल प्रहरीका प्रहरी हवल्दारमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यही भदौ २२ गते उनीहरुसहित २२ जनाको स्वाव संकलन गरी परिक्षणको लागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको थियो । स्वाव परिक्षणमा दुई जनाको रिर्पोट पोजेटिभ आएको कार्यालयले जनाएको छ । उनीहरुलाई चौदण्डिगढी नगरपालिका–६ स्थित उदयपुर कोडिभ १९ अस्पताल पठाएको तयारी भईरहेको जनाईएको छ ।...
भारतमा एकैदिन ९५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ९५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २५ भारतमा एकै दिन ९५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९५ हजार ७ सय ३५ जनामा संक्रमण पुष्टि भएसँगै ४४ लाख ६५ हजार ८ सय ६४ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणबाट १ हजार १ सय ७२ जनाको मृत्यु भएको जनाईएको छ । सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म नौ लाख ६७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ भने २७ हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आन्ध्र प्रदेशमा पाँच लाख २७ हजारभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएका मध्ये चार हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७ सय ८४ संक्रमित निको भएका छन् भने ९ लाख १९ हजार १८ संक्रमित निको हुन बाँकी छन् ।...
नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४ नेपालमा आज थप एक हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४९ हजार दुई सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक सय ६७ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार ८१ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । त्यस्तै गत २४ घण्टामा नौ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३३ हजार आठ सय ८२ जना पुगेको छ । अब नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय ८० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।...
६४९ पालिकामा अस्पताल बनाउन रकम पठाइयो

६४९ पालिकामा अस्पताल बनाउन रकम पठाइयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४  सरकारले ६ सय ४९ वटा पालिकामा कम्तिमा पाँच शैयाको कोरोना विशेष अस्पताल बनाउन १० लाख रुपैयाँका दरले रकम पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालले ६ सय ४९ वटा पालिकामा १० लाख रुपैयाँका दरले रकम पठाइसकेकाले छिटो भन्दा छिटो अस्पताल सञ्चालनको व्यवस्था मिलाउन सबै पालिकालाई पत्राचार गरेको जनाईएको छ । सरकारले प्रतिबेड दुई लाख रुपैयाँका दरले प्रत्येक पालिकालाई तीन महिनाको लागि १० लाख रुपैयाँ पठाएको छ । यो रकममध्ये बेड, स्ट्यान्ट र लकरसहितका उपकरणको लागि पाँच लाख, एक जना डाक्टर, दुई जना नर्स र एकजना सहयोगीको लागि चार लाख ५० हजार रुपैयाँ र औषधिमा ५० हजार रुपैयाँ खर्च गर्नुपर्नेछ । कार्यप्रगतिका आधारमा तीन महिनापछि अस्पताललाई निरन्तरता दिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अस्पताल सञ्चालनको लागि मन्त्रालयले सबै पालिकामा मार्गदर्शन पनि पठाएको छ...
बेलायतमा ६ जना भन्दाबढी भेला भए जरिवाना

बेलायतमा ६ जना भन्दाबढी भेला भए जरिवाना

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४ बेलायतमा सार्वजनिक स्थानमा ६ जना भन्दा धेरै मानिस भेला भए जरिवाना तिर्नु पर्ने छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले आउँदो सोमबार अर्थात १४ सेप्टेम्बरदेखि ६ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय कार्यान्वयन गर्न लागेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । सरकारले गरेको निर्णय उल्लङ्घन गर्ने र प्रहरीको आग्रहलाई नटेर्नेलाई एक सय देखि ३२ सय युरोसम्म जरिवाना तिराइने जनाईएको छ । उक्त जरिवाना रकम नेपालीमा चार लाख ४४ हजार रुपैयाँ हुन आउँछ । यसबारेमा थप जानकारी आज प्रधानमन्त्री बोरिस जोनसोनले दिने संचारमाध्यमहरुले जनाएको छ । यसअघि कोरोना संक्रमण रोक्न प्रहरीलाई विशेष रुपमा अधिकार दिएर भेलाहरु रोक्नुपर्ने बारिसले बताएका थिए । बेलायतमा होटल तथा रेष्टुरेन्ट खोल्न पाइने छ । तर एउटै समूहमा ६ जना भन्दा धेरै बस्न पाइनेछैन । ६ जना भन्दा धेरै भेला हुन नपाउने नियम स्कुल, ...