Friday, August 14News That Matters

Breaking News 1

उदयपुरमा हुक्केहुक्का महोत्सव –२०८० भव्य सम्पन्न, सांस्कृति जोगाउँदै थारु समुदाय

उदयपुरमा हुक्केहुक्का महोत्सव –२०८० भव्य सम्पन्न, सांस्कृति जोगाउँदै थारु समुदाय

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ कार्तिक । उदयपुरका थारुहरुले आफ्नो गुम्न लागेको पुरानो सांस्कृति फर्काउन सुरु गरेको छ । थारु समुदायमा बिषेश मनाईने हुक्केहुक्का जुन पुरानो संस्कृति समेत रहेको छ । यसको बिधिबिधानका समाग्रीहरु लोप हुँदै गएपछि मनाउन छाडिएको हुक्केहुक्का यो बर्ष भने उदयपुरमा धुमधामका साथ मनाईयो । चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा बिभिन्न संस्कृति कार्यक्रम र प्रतियोगिता सँगै हुक्केहुक्का संस्कृतिको उजागर गरिएको छ । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० तथा बृहत सांस्कृतिक कार्यक्रम नेपाल थारु संघ (समाजवादी) उदयपुरले आयोजना गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि त्रियुगाको पूर्व मेयर तथा एकीकृत समाजवादीका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरी रहेका थिए भने जिल्लाका बिशिष्ट ब्यक्तिहरु प्रमुख जिल्ला अधिकारी लगायतका अन्य अतिथिहरु रहेका थिए । हुक्क...
आज कुकुर तिहार सँगै लक्ष्मी पूजा

आज कुकुर तिहार सँगै लक्ष्मी पूजा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ कार्तिक । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केर...
बगाहामा भएको स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिताको उपाधी दमौटीको पोल्टोमा

बगाहामा भएको स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिताको उपाधी दमौटीको पोल्टोमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, २५ कार्तिक । बगाहामा सम्पन्न प्रथम स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिताको उपाधी दमौटीले चुमेको छ । बेल्टार फुटवल क्लवलाई ट्राईबेकरमा ५÷४ ले हराउँदै दमौटीले उपाधी जितेको हो । बेल्टारको तर्फबाट जर्सि नं १० का सुनिल खड्काले खेलको २७ औँ मिनेटमा गोल गरेका थिए भने खेलको अन्तिमतिर ४ मिनेट समय थपिँदा दमौटीको तर्फबाट जर्सि नं २७ का बिशाल राउतले जवाफी गोल पर्काएका थिए । दुवै टिमले बराबर गोल बनाएपछि खेल ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा दमौटीले ५ गोल गरे भने बेल्टारले ४ गोल मात्रै गरे । उपाधि जिते सँगै दमौटी फुटवल क्लवले रु ५० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । यस्तै उपविजेता बेल्टारले ३० हजार नगद शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । बिजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटवल माहासंघका माहासचिव किरण राई र स्वर्गिय युवराज राईका परिवारले ...
दुई हजार जरिवाना तिर्न नसकेपछि चौदण्डीका फरार प्रतिवादी पक्राउ

दुई हजार जरिवाना तिर्न नसकेपछि चौदण्डीका फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ कार्तिक । प्रतिवादीको सूचीमा रहेको चौदण्डीगढी नगरपालिका ४ का मदन राईलाई बेल्टार प्रहरीले पक्राउ गरेको छ । सार्वजानिक अपराधमा सजाए तोकिएको राई फरार अवस्थामा रहेका थिए । प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी सम्मानीत जिल्ला अदालतमा बुझाएको छ । इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । राईलाई अदालतबाट मिति २०७३र०४र२४ गतेको फैसलाले रु २,०००र(दुई हजार० जरिवाना तोकेका थिए ।...
प्रथम उदयपुर हुकेहुका महोत्सव(२०८० को सम्पुर्ण तयारी पुरा

प्रथम उदयपुर हुकेहुका महोत्सव(२०८० को सम्पुर्ण तयारी पुरा

Breaking News 1, समाचार
दिनेश चौधरी पूर्णपुष्टि, २५ कार्तिक । उदयपुरमा हुन लागेको प्रथम उदयपुर हुकेहुका महोत्सव(२०८० तथा बृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । शुक्रबार उदयपुरको बहेड्वा थारू होमस्टेमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । नेपाल थारू संघ ९समाजवादी० को आयोजनामा हुन लागेको सो कार्यक्रम कार्तिक २५ गते चौदण्डिगढी नगरपालिका वडा नं। ९ स्थित पश्चिमटोल, ज्यामिरेमा हुनेछ । वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाईने उक्त महोत्सवमा मुख्य आकर्षणको रूपमा हुकेहुका प्रतियोगिता राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समुहलाई क्रमसस् ५ हजार, ३ हजार र २ हजारले पुरस्कृत गरिने आयोजकले बताए । आयोजकका अनुसार प्रतियोगितामा भाग लिनेहरूको मुल्यांकन ५ आधारमा गरिने छ । हुकेहुकाको वनोट, हुकेहुकाको मन्त्र, हुकेहुक...
उदयपुरमा भोली थारु समुदायको हुकेहुका महोत्सव हुँदै

उदयपुरमा भोली थारु समुदायको हुकेहुका महोत्सव हुँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ कार्तिक । थारु समुदायको संस्कार संस्कृतिमा आधारित हुकेहुका महोत्सव भोली उदयपुरमा हुने भएको छ । चौदण्डीगढी नगरपालिका ९ जमेरियामा उक्त महोत्सव हुने आयोजकले जनाएको छ । घरघरमा मनाउँदै आएका यस पर्वलाई उदयपुरमा पहिलो पटक महोत्सवको रुपमा मनाउन लागिएको आयोजक नेपाल थारु संघ (समाजवादी) उदयपुरले जनाएको छ । यस महोत्सवमा आगोको मुस्लोलाई हुकेहुका बनाएर फाल्ने र मन्त्र पढ्ने गरिन्छ । हुकेहुका फालेर थारु समुदायको घर परिवार र समाजमा हुने आपसी गलत चिजलाई फाल्ने र लक्ष्मीलाई बोलाउने गरिन्छ । जसलाई दरिद्र जा धन आईजा भनेर आगोको मुस्लो फाल्ने चलन रहेको छ । भोलीको कार्यक्रममा हुकेहुका फाल्ने, प्रतियोगिता समेत हुने जनाईएको छ । प्रतियोगितामा क्रमश ः प्रथम, दोस्रो र तेस्रोलाई ५ हजार ३ हजार र २ हजार पुरस्कार समेत राखिएको छ । साथै यस भित्र थारु समुदायको पहिरण भेषभुषा संस्कृतिक कार्यक्रम समेत हुनेछ...
नेपाल कपडा तथा सिलाई व्यवसायी संघको शुभकामना तथा देउसी भैलो कार्यक्रम

नेपाल कपडा तथा सिलाई व्यवसायी संघको शुभकामना तथा देउसी भैलो कार्यक्रम

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ कार्तिक । नेपाल कपडा तथा सिलाई व्यवसायी संघले दशैँ तिहार र छैठ लगायत चाडपर्वको शुभकामना आदान प्रदान सँगै देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार गाईघाट स्थित जगत भवनको आफ्नै कार्यालयमा सिलाई व्यवसायी, ब्यपारी लगायत सम्बन्धित क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गरेका थिए । संघकी अध्यक्ष ज्ञानु प्रधानले संस्था र सिलाई व्यवसायीहरुको हितमा काम गर्ने भन्दै देउसी भैलो कार्यक्रम समेत गरेको जनाईन् । यसबाट उपलब्ध आर्थिक सहयोगले संस्थालाई आर्थिक क्षेत्रमा टेवा दिने प्रधानको भनाई छ । लामो समयदेखी आर्थिक संकटकै बावजुद पनि सिलाई व्यवसायीहरुको हकहितका लागि ब्यक्तिगत लगानीबाटै संस्थालाई अगाडी बढाईएको अध्यक्ष प्रधानको भनाई छ । कार्यक्रममा घरेलु माहासंघका केन्द्रीय सदस्य तथा ब्यवसायी भरत थापा, एमाले नेता तथा समाजसेवी भागवत राउत, त्रिय...
उदयपुर ट्राफिकको निष्कर्श : दुर्घटनाको मुख्य कारण तिव्र गति, चालकहरुलाई कक्षा संञ्चालन

उदयपुर ट्राफिकको निष्कर्श : दुर्घटनाको मुख्य कारण तिव्र गति, चालकहरुलाई कक्षा संञ्चालन

Breaking News 1
पूर्णपुष्टि, २३ कार्तिक । उदयपुरमा पछिल्लो समय दुर्घटनाको अवस्था बढीरहेको छ । मानिसको भिँडभाँड तिव्र सहरीकरण र मदन भण्डारी हाईवेका कारण र्दुघटना न्युनिकरणका लागि उदयपुर ट्राफिक प्रहरीलाई चुनौती बढेको छ । पछिल्लो अवस्थामा दुर्घटनाका कारण भने तिव्र गति रहेको ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याँङ्कमा उल्लेख छ । यी चुनौती समधानका निम्ति बिहिबार जिल्ला प्रहरी कार्यालयको सभाहलमा सवारी दुर्घटना न्युनिकरणका लागि चालकहरुलाई कक्ष दिईएको छ । भण्डै दुईसय सवारी चालकहरुलाई दुर्घटना न्युनिकरणबारे दुई घण्टा कक्ष दिईएको उदयपुर ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए । कक्षामा दुर्घटना न्युनिकरण गर्न सवारी चालकहरुलाई ट्राफिक नियमबारे सुझाएका थिए भने सवारी जरिवाना र ऐन कानुनबारे भने यातायात व्यवस्था सेवा कार्यालय,गाईघाटले चालकहरुलाई प्रस्ट पारेको छ । इन्चार्ज दियालीले सवारीको मुख्य कारणनै...
स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिता : तेस्रो दिन बगाहा युवा क्लवको जित

स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिता : तेस्रो दिन बगाहा युवा क्लवको जित

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, २२ कार्तिक । त्रियुगा नगरपालिका ४ बगाहा खेल मैदानमा जारी स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिताको तेस्रो दिन बगाहा युवा समुहले जित निकालेको छ । नयाँबस्ती फुटवल क्लव बोक्सेलाई २/१ ले पराजित गर्दै बगाहा युवा क्लवले जित निकालेको हो । बगाहाको तर्फबाट प्रविन राईले २ गोल गरे भने नयाँवस्तीको तर्फबाट सनम राईले १ गोल फर्काए । आज साउने फुटवल क्लव र गाईघाट फुटवल क्लवले खेल्ने छ । आयोजकका अनुसार भोली देखी क्वाटर फाईनलको खेल सुरु हुने छ भने शनिवार फाईनल हुने छ । खेलमा उपाधी बिजेताले रु ५० हजार नगद र शिल्ड प्राप्त गर्ने छ भने उपबिजेताले रु ३० हजार नगद र शिल्ड प्राप्त गर्ने आयोजक बगाहा फुटवल क्लवको अध्यक्ष सुरेन्द्र राईले जनाएको छ । खेलमा ८ टिम सहभागी छन । प्रतियोगिताको प्रथम पुरस्कार बैदेशिक रोजगारीमा रहेको नेपालीहरुले सहयोग गरेका छन् भने दोस्रो पुरस्कारका लागि स्थानीन...
स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगितामा दमौटी फुटवल क्लव बिजयी

स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगितामा दमौटी फुटवल क्लव बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, २० कार्तिक । आईतबार देखी बगाहा खेल मैदानमा जारी स्वर्गिय युवराज राई (कैलाश) स्मृति दिवसको दोस्रो दिन दमौटी फुटवल क्लवले जित निकालेको छ । मलिथम फुटवल जोगिदहलाई २÷१ को अन्तरले पराजित गर्दै दमौटी फुटवल क्लवले जित निकालेको हो । दमौटीको तर्फबाट पवन राई र बिला राउतले १÷१ गोल गरे भने मलिथमको तर्फबाट एक गोल फिर्ता भएका थिए । बगाहा युवा समूहको आयोजनामा भैरहेको खेलमा उपाधी बिजेताले रु ५० हजार नगत र शिल्ड प्राप्त गर्ने छ भने उपबिजेताले रु ३० हजार नगद र शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ । खेलमा ८ टिम सहभागी छन । प्रतियोगिताको प्रथम पुरस्कार बैदेशिक रोजगारीमा रहेको नेपालीहरुले सहयोग गरेका छन् भने दोस्रो पुरस्कारका लागि स्थानीनय बुद्धिजिवीहरुले सहयोग गरेका छन् ।...