उदयपुरमा ब्राउन सुगर सहित दुई भारतीय पक्राउ
पूर्णपुष्टि, १६ कार्तिक ।
उदयपुर प्रहरीले ब्राउन सुगर सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनिहरुलाई त्रियुगा नगरपालिका १० गैरुन कालिखोलाबाट २९ ग्राम २९० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । मंगलबार
दिउसोको समयमा रोकी राखेको BR 11PB 1355नं. को स्कारपियो गाडीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा उक्त गाडीको गियर बस भित्र कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको पहरीले जनाएको छ ।
ब्राउन सुगर सहित सानो डिजिटल तराजु थान १ र नगद १,५४,०००९एक लाख चौउन्न हजार ० समेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार स्कारपियो चालक भारत बिहार राज्य सुपौल जिल्ला भिमनगर थाना वडा नं। ८ बस्ने दुखन मण्डलको छोरा अं। बर्ष २७ को जसबिर कुमार मण्डल , र सोही गाडीमा सवार बिरपुर थाना वडा न. १२ बस्ने देव कुमार महतोको छोरा अं बर्ष २७...









